
पोखरा, जेष्ठ ३१
“रगत दिऔं, आशा जगाऔं, सबै मिलेर जीवन जोगाऔं“ भन्ने नारासहित २२औं विश्व रक्तदाता दिवस पोखरामा भव्य रूपमा सम्पन्न भएको छ।
कार्यक्रमको शुरुवात चिप्लेढुंगा स्थित मानवअधिकार चोकबाट भएको ¥यालीले महेन्द्रपुल हुँदै पुनः चिप्लेढुंगामै पुगेर समापन गरिएको थियो।
कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेशका मुख्य न्यायाधिवक्ता चिरञ्जीवी शर्मा पौडेलले पानसमा बत्ती बालेर कार्यक्रमको औपचारिक उद्घाटन गर्नुभयो।
कार्यक्रममा विशिष्ट अतिथिको रूपमा नेपाल रेडक्रस सोसाइटी गण्डकी प्रदेश प्रमुख सूर्य प्रसाद ढकाल, रोटरी क्लब अफ पोखरा भ्यालीका नोमिनी प्रेसिडेन्ट नविन बराल, नेपाल रेडक्रस सोसाइटी कास्कीका निवर्तमान सभापति दण्डराज शर्मा, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका वरिष्ठ मृगौला रोग विशेषज्ञ डा. अमृत के.सी, साथै नेपाल थोक औषधि व्यवसायी संघ कास्कीका अध्यक्ष हिमलाल काफ्ले, प्रादेशिक रक्तसञ्चार सेवा पोखराका प्रमुख अर्जुन ज्ञवाली, र गीता शान्ति मार्ग टोल सुधार समितिका अध्यक्ष विष्णु शर्मा तिमिल्सिना लगायतका व्यक्तित्वहरूले शुभकामना मन्तव्य राखेका थिए।
सो अवसरमा नेपाल स्वयंसेवी रक्तदाता समाज कास्की शाखाले दुर्लभ रगत समूह भएका ३१ जना रक्तदाताहरूलाई दोसल्ला ओढाई सम्मान गरेको थियो।
त्यसैगरी, कार्यक्रम स्थलमै आयोजना गरिएको रक्तदान कार्यक्रममा २९ जना युवा–युवतीहरूले स्वेच्छिक रक्तदान गरेका थिए।
कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष दिपेन्द्र अधिकारीले गर्नुभएको थियो भने सञ्चालन उपाध्यक्ष उपेन्द्र अधिकारीले गर्नुभएको थिया े।
विश्व रक्तदाता दिवस_ जीवन जोगाउने उत्सव.wav
WAV Audio File (.wav)






