चौथो नेपालगन्ज फोटो फेस्टिबल शुरु , आर्यान धिमालको तस्बिर बन्यो उत्कृट बर्ष तस्बीर ।

-


     तुलसी राम सुवेदी    
     असार ४ गते २०८२ मा प्रकाशित


hfh/sf]6 s]Gb|ljGb' eP/ uPsf] ljgfzsf/L e"sDkdf 3/ elTsPkl5 ?Fb} ?s'd klZrdl:yt 5]kf/] ufpFsL Ps dlxnf .

२०८२ असार ४ गते ,नेपालगन्ज

नेपालगन्जमा चौथो नेपालगन्ज फोटो फेस्टिभल आज देखि सुरु भएको छ । अन्तरालको आयोजनामा भएको यस फोटो फेस्टिभलमा नेपाली काँग्रेसका सहमहामन्त्री एवम् बाँके क्षेत्र ३ का सङ्घीय सांसद किशोर राठौरले चौथौँ नेस्सनल फोटो कन्टेष्ट, नेपाल २०८१ को वर्ष फोटो घोषणा गरि उद्घाटन गरेका हुन् ।
राठौरले फोटो फेस्टिभल नेपालगन्जमा आयोजना गरिनु खुसीको कुरा भएको बताउँदै नेपालगंज सगै समग्र देशको फोटोहरूको प्रदर्शनीले देशको पर्यटनलाई टेवा पुराउने हुँदा यसको विशेष महत्व रहेको बताए ।
साथै उनले यस प्रकारको सृजनशील कार्यमा सबैले सहयोग रहनुपर्ने र आगामी वर्षहरूमा यस फेस्टिभलका लागी आफ्नो तर्फ विशेष सहयोग रहने समेत बताए ।
नेपालगन्ज फोटो फेस्टिभलमा नौ विधामा २ हजार १ सयभन्दा बढी फोटोहरू प्रतिस्प्रर्धामा सहभागि थिए भने ती मध्ये उत्कृष्ट १११ फोटोहरू फेस्टिभलमा आयोजित फोटो प्रदर्शनीमा राखिएका छन् ।
फोटो प्रतियोगितामा डेली लाइफ, कल्चर, टुरिजम, नेचर एन्ड कन्जरभेटर, स्र्पोट्स, नेपाल स्माईल, एग्रीकल्चर, वाईल्ड लाइफ र न्युज विधाका फोटो समावेस थिए ।

आर्यान धिमालको जाजरकोट भूकम्पमा आफ्नो भत्किएको घर अधि रुँदै गरेकी महिलाको तस्बिरले वर्ष तस्बिर भएको छ भने एग्रीकल्चर विधामा बबी साई, कल्चर विधामा सञ्जय महर्जन, डेली लाइफ विधामा विजय थापा , टुरिजम, नेचर एन्ड कन्जरभेटर विधामा रेमिन थारु, स्र्पोट्स विधामा तिलक महामगर, नेपाल स्माईल विधामा जीवन लामा, वाईल्ड लाइफ विधामा विनय रावल, टुरिजम बिधाामा मनोज पौडेल र न्युज विधामा बरम बुढाका तस्बिर विधागत उत्कृष्ट भएको छ ।
यसबर्षबाट पिपुल च्वाईस अवाई समेत सुरु भएको छ । ईसेवा संगको सहकार्यमा भएको यस विधामा आम मानिसले आफूलाई मन परेको फोटोलाई भोट दिन सक्नेछन् । यसको लागी असार ५ गतेसम्म भोटिङ गर्न सकिने छ ।
वरिष्ठ फोटो पत्रकार, फोटो पत्रकार क्लबको पूर्व अध्यक्ष तथा जर्नालिज्म एकेडेमीका निर्देशक विकास कार्की, वरिष्ठ फोटोग्राफर रमेश मल्ल र वरिष्ठ फोटो पत्रकार केशवराज थोकर रहेको निर्णायक समितिले उत्कृष्ट फोटोहरूको छनौट गरेको थियो ।
नेपालगन्जको होटल सिटी प्यालेसमा आयोजना भएको फेस्टिभलमा ९ विधामा आयोजना गरिएको नेसनल फोटो कन्टेष्ट विजेता सहित फोटोहरूको प्रदर्शनी, फोटोग्राफी र फोटो पत्रकारिताका बारेमा छलफल र तालिम समेत आयोजना गरिएको अन्तरालका प्रमुख कार्यकारी जयनारायण शाहले बताए । प्रत्येक विधाको उत्कृष्ट फोटोलाई नगद ५ हजार र प्रतियोगिताको सर्वोकृष्ट (वर्ष तस्बिर) फोटोलाई नगद ५१ हजार १ सय ११ रुपैयाँ पुरस्कार रहेको छ भने पिपुल च्वाईस अवार्डमा छानिएको उत्कृष्ट फोटोलाई ५१ हजार १ सय ११ रुपैयाँ पुरस्कार रहेको सबै पुरस्कारहरू समापनको दिन प्रदान गरिने पनि शाहले बताए ।
नेपाल पर्यटन बोर्ड प्रवद्र्धक रहेको यस फेस्टिभललाई पर्यटन डिभिजन कार्यालय, कोहलपुरको सहकार्यमा सुरु भएको चौथो नेपालगन्ज फोटो फेस्टिभललाई नेपालगन्ज उपमहानगरपालिका, लगायत डुडुवा गाउँपालिका लगायतको सहयोग रहेको छ । चौथो नेपालगन्ज फोटो फेस्टिभल २ दिन चल्नेछ ।

A NIGHT GUARD
#CLOSEUP #ENCOUNTER
BHAAGI male leopard spotted on a near village named khalla..
bardiyaNP