समाचार

विश्व बैंकको सहयोगमा पोखरामा तीन सडक निर्माणाधीन

कास्की, जेठ २९ नेपाल सहरी शासकीय पूर्वाधार आयोजना अन्तर्गत पोखरा महानगरपालिकामा विश्व बैंकको आर्थिक सहयोगमा तीन वटा सडकको स्तरोन्नतिको कार्य जारी छ। निर्माणाधीन सडकहरूमा तालचोक–बेगनास सडक, शिशुवा–सिसाघाट सडक, र दोबिल्ला–बाघमारा–लामेआहाल–पुँडीटार सडक पर्छन्। पोखरा महानगरपालिका र सहरी विकास तथा भवन निर्माण विभागबीच सन् २०२१ को मार्चमा सम्झौता भई परियोजना सुरु गरिएको हो। प्रारम्भमा पाँच वर्षको अवधिका लागि गरिएको उक्त सम्झौतामा हाल एक वर्ष थप गरिएको महानगरपालिकाले जनाएको छ। हालसम्म शिशुवा–सिसाघाट सडकको भौतिक प्रगति ६५ प्रतिशत, तालचोक–बेगनास सडकको ५५ प्रतिशत, र दोबिल्ला–बाघमारा–लामेआहाल–पुँडीटार… पुरा पढौ

नागरिकले उचित मूल्यमा औषधि पाउने ंः मन्त्री पौडेल

जेठ २७ काठमाडौँ, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलसमक्ष औषधिको मूल्यबारे सुझाव दिन गठित समितिले आफ्नो प्रतिवेदन पेस गरेको छ । स्वास्थ्य मन्त्रालयमा आज आयोजित कार्यक्रममा समितिका संयोजक डा पोषराज पाण्डेले प्रतिवेदन प्रस्तुत गर्दै हरेक दुई वर्षमा मूल्य समायोजनका लागि सुझाव दिइएको बताए । प्रतिवेदन ग्रहण गर्दै मन्त्री पौडेलले लामो समयसम्म औषधिको मूल्यको गहन रुपमा अध्ययन नहुँदा कतिपय औषधिको मूल्य समयअनुसार बढी भएको हुन सक्ने देखिएकाले समायोजनका लागि समिति गठन गरिएको बताए । स्वास्थ्यमन्त्रीको निजी सचिवालयका अनुसार प्रतिवेदनका माध्यमबाट औषधिको गुणस्तर… पुरा पढौ

गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले इस्लाम धर्मावलम्बीहरूको पवित्र पर्व ईद–उल–अज्हा (बकर इद)–२०८२ को अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ । २४ जेठ पोखरा । आज एक शुभकामना सन्देश जारी गर्दै प्रदेश प्रमुख भट्टले मुस्लिम समुदायमा ईद–उल–फित्रपछिको दोस्रो ठूलो पर्वको रूपमा बकर इद आपसी रिस, राग र द्वेषलाई बिर्सेर एकआपसमा खुसी, सद्भाव तथा शुभकामना आदानप्रदान गरी मनाउने पर्व भएको उल्लेख गर्नुभएको छ । ‘यस पर्वले मेलमिलाप, एकता र सहकार्यको वातावरण निर्माणमा सहयोग पुग्नेछ । साथै, सामाजिक संस्कृति, परम्परा, रीतिरिवाज, जातजाति र भेषभूषाको… पुरा पढौ

साहित्यकार धर्मराज पौडेल “अल्पायु ” को नयाँ कृति “ न घाम न जून ” लोर्कापण ।

तुलसी राम सुवेदी पोखरा, २३ जेठ पोखराका साहित्यकार धर्मराज पौडेल “अल्पायु ” को नयाँ कृति “न घाम न जून” एक समारोहका बीच सार्वजनिक गरिएको छ । पोखरा १३ निवासी पौडेलको यो दोस्रो काव्य सङ्ग्रह हो । यसअघि, उनले २०६९ सालमा “अखन्ड दीप ” काव्य सङ्ग्रह प्रकाशित गरेका छन । यस समारोहको आयोजन लेखनाथ साहित्य प्रतिष्ठानले गरेको थियो, जसमा प्रमुख अतिथि वरिष्ठ साहित्यकार सरुभक्त थिए । कार्यक्रमको सभापतित्व संस्थाका अध्यक्ष पदम राज ढकालले गरेका थिए, भने कार्यक्रम सन्चालन अम्बिका प्रसाद भट्टराई… पुरा पढौ

पोखराको पल टासी छयोलिङ गुम्बा बिद्यालयलाई स्टेसनरी सामाग्री हस्तान्तरण ।

पोखरा २३ जेठ २०८२ पोखराको पल टासी छयोलिङ गुम्बा विद्यालयमा अध्ययनरत बिद्यार्थीहरूलाई पोखरा महानगरपालिका वडा नम्बर १० द्वारा स्टेशनरी सामग्री हस्तान्तरण गरिएको छ । एक विशेष कार्यक्रमका बीच हस्तान्तरण गरिएको सो सहयोगले गुम्बामा अध्ययनरत दुर्गम क्षेत्रका एक सय बिद्यार्थीहरूलाई प्रत्यक्ष फाइदा पुर्याउने अपेक्षा गरिएको छ । पोखरा महानगरपालिका वडा नम्बर १० ले रु. ५० हजार बराबरको स्टेशनरी सामग्री पोखरा १० रामघाटमा अवस्थित पलटासी छयोलिङ गुम्बा द्धारा सञ्चालित पलटासी छयोलिङ गुम्बा विद्यालयमा अध्ययनरत बिद्यार्थीहरूलाई हस्तान्तरण गरेको हो । गुम्बाले दुर्गम क्षेत्रबाट… पुरा पढौ

रुद्रा शर्मा कास्कीको प्रमुख जिल्ला अधिकारीमा नियुक्त

२२ जेठ, पोखरा कास्की जिल्लाको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी रुद्रा शर्माले बुधबारदेखि औपचारिक रूपमा सम्हालेकी छन्। लामो समयदेखि गृह मन्त्रालय अन्तर्गत विभिन्न जिल्लामा प्रशासकीय जिम्मेवारी सम्हाल्दै आएकी शर्मा हालै कास्कीमा पदस्थापन भएकी हुन्। जिम्मेवारी सम्हालेसँगै उनले जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरूसँग भेटघाट गर्दै शान्ति सुरक्षासहित समग्र जिल्ला अवस्थाबारे जानकारी लिने काम अगाडि बढाएकी छन्। उनको स्वागत गर्न जिल्ला प्रशासन कार्यालयमा पुगेकाहरूको उपस्थिति उल्लेखनीय रहेको छ। शर्माको प्रशासनिक यात्रा रामेछापबाट सुरु भएको हो। त्यसपछिका वर्षहरूमा उनले गुल्मी, काभ्रे, भक्तपुर, बर्दिया लगायत जिल्लाहरूमा… पुरा पढौ

गुरुङ समुदायमा दशहरा पूजा धुमधामका साथ मनाइँदै ।

२२ जेठ पोखरा गण्डकी प्रदेशका लमजुङ, स्याङ्जा, कास्की र गोरखालगायत विभिन्न जिल्लामा बसोबास गर्ने गुरुङ समुदायले परम्परागत पर्व दशहरा (विजयादशमी) पूजालाई यस वर्ष पनि विशेष उत्साह र धार्मिक श्रद्धाका साथ मनाइरहेका छन । यी पर्वहरू गुरु रिम्पुचे (पद्मसंभव) को शिक्षामा आधारित छन्, जसले बौद्ध र बोन धर्मको संयोजनलाई प्रोत्साहन गर्छ । पर्वको माध्यमबाट गुरुङ समुदायले प्रकृतिप्रति आस्था, पितृप्रति श्रद्धा र सामाजिक एकतालाई अझ सुदृढ बनाउँदै मनाईने प्रमुख पर्व दशैलाई दशराका रुपमा मनाउदै आएको त्रिरत्न गुम्बा पोखराका मुख्य लामा हितमान लामाले… पुरा पढौ

यातायात व्यवसायीहरूको आन्दोलन फिर्ता

जेष्ठ २० पोखरा गण्डकी प्रदेश सरकारले सार्वजनिक गरेको “राइड सेयरिङ (नियमन तथा व्यवस्थापन) नियमावली २०८२” लाई एक महिनाका लागि रोक्ने निर्णय गरेको छ। यस निर्णयसँगै यातायात व्यवसायीहरूको आन्दोलन पनि हाललाई स्थगित भएको छ। गण्डकी प्रदेश सरकारले नियमावली कार्यान्वयन एक महिनाका लागि रोक्ने निर्णय गरेपछि आफूहरूले आन्दोलन फिर्ता लिएको सार्वजनिक यातायात संरक्षणका लागि गठित संयुक्त संघर्ष समितिका सचिव योगेन्द्र केसीले जानकारी दिए । प्रदेश सरकारका अनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट जनजीवन सहज बनाउन र सार्वजनिक यातायात सञ्चालनमा ल्याउन नियमावली कार्यान्वयन हाललाई… पुरा पढौ

पाँचौं अन्नपूर्ण म्याराथन सम्पन्न, नेपाली सेनाका तिलक सुनुवार र सुनमाया बुढा च्याम्पियन

२० जेठ,कास्की अन्नपूर्ण गाउँपालिका–१०÷११ मा अन्नपूर्ण आरोहण दिवसको अवसरमा आयोजित पाँचौं अन्नपूर्ण म्याराथन सम्पन्न भएको छ । अन्नपूर्ण सेञ्चुरी पर्यटन समितिद्वारा आयोजित यो म्याराथन समुद्री सतहबाट ४,१३० मिटर उचाइमा रहेको अन्नपूर्ण आधार शिविर बाट सुरु भई पर्यटकीय गाउँ घान्द्रुकमा समापन भएको हो। पुरुषतर्फ नेपाली सेनाका तिलक बहादुर सुनुवारले ४ घण्टा २४ मिनेट ४ सेकेन्डमा म्याराथन दूरी पार गर्दै च्याम्पियन बने र नगद १ लाख ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गरे। सेनाकै होमलाल श्रेष्ठ दोस्रो स्थानमा रहे, उनले ४ घण्टा ३०… पुरा पढौ

पोखराको रामघाटमा गीता आश्रम निर्माण हुने, डिपिआर तयार

पोखरा,१९ जेठ पोखरा–११ रामघाटस्थित गीता मन्दिर परिसरमा गीता आश्रम निर्माण कार्य अघि बढाइएको छ । निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भइसकेको निर्माण समितिले जनाएको छ। डिपिआर अनुसार आश्रम निर्माणमा करिब ३ करोड ७२ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । गीता आश्रम निर्माण समिति सम्योजक बजीरमान श्रेष्ठका अनुसार निर्माणको प्रारम्भिक तयारी पूरा भइसकेको छ र रकम जुटाउने पहल तीव्र पारिएको छ। गण्डकी प्रदेशका सामाजिक विकास युवा तथा खेलकुद मन्त्री बिन्दु कुमार थापाले आश्रम निर्माण समाज र संस्कृतिका… पुरा पढौ