साहित्यकार धर्मराज पौडेल “अल्पायु ” को नयाँ कृति “ न घाम न जून ” लोर्कापण ।

-


     तुलसी राम सुवेदी    
     जेठ २४ गते २०८२ मा प्रकाशित


तुलसी राम सुवेदी
पोखरा, २३ जेठ
पोखराका साहित्यकार धर्मराज पौडेल “अल्पायु ” को नयाँ कृति “न घाम न जून” एक समारोहका बीच सार्वजनिक गरिएको छ । पोखरा १३ निवासी पौडेलको यो दोस्रो काव्य सङ्ग्रह हो । यसअघि, उनले २०६९ सालमा “अखन्ड दीप ” काव्य सङ्ग्रह प्रकाशित गरेका छन ।
यस समारोहको आयोजन लेखनाथ साहित्य प्रतिष्ठानले गरेको थियो, जसमा प्रमुख अतिथि वरिष्ठ साहित्यकार सरुभक्त थिए । कार्यक्रमको सभापतित्व संस्थाका अध्यक्ष पदम राज ढकालले गरेका थिए, भने कार्यक्रम सन्चालन अम्बिका प्रसाद भट्टराई ले गरेका थिए !
कार्यक्रममा स्रष्टाको परिचय साहित्यकार प्रतिभा शर्मा तिमिल्सीनाले गरेकी थिईन ।
कृतिका बारेमा डा. लक्ष्मी शरण अधिकारीले परिचर्चा गरेका थिए, जसमा पौडेलको लेखन शैलि र काव्यमा रहेको गहिराईका बारेमा विस्तृत रूपमा चर्चा गरिएको थियो ।
समारोहमा अग्रज साहित्यकार सूर्य खड्का बिर्खची, वरिष्ठ पत्रकार कृष्ण प्रसाद बास्तोला, प्रा. डा. याम ब. क्षेत्री, कलाकार यादब चन्द्र भुर्तेल लगायतका साहित्यिक तथा सांस्कृतिक क्षेत्रका प्रतिष्ठित व्यक्तिहरूको बाक्लो उपस्थिति रहेको थियो ।
धर्मराज पौडेललाई विभिन्न साहित्यिक र सामाजिक संघ–संस्थाहरूले सम्मान गरिसकेका छन्, र उनको लेखन सृजनामा एकदमै गहिरो प्रभाव परेको छ । उनका काव्यहरू नेपाली साहित्यमा एक नयाँ धाराको प्रतिनिधित्व गर्छन ।