गुरुङ समुदायमा दशहरा पूजा धुमधामका साथ मनाइँदै ।

-


     तुलसी राम सुवेदी    
     जेठ २३ गते २०८२ मा प्रकाशित


२२ जेठ पोखरा
गण्डकी प्रदेशका लमजुङ, स्याङ्जा, कास्की र गोरखालगायत विभिन्न जिल्लामा बसोबास गर्ने गुरुङ समुदायले परम्परागत पर्व दशहरा (विजयादशमी) पूजालाई यस वर्ष पनि विशेष उत्साह र धार्मिक श्रद्धाका साथ मनाइरहेका छन ।
यी पर्वहरू गुरु रिम्पुचे (पद्मसंभव) को शिक्षामा आधारित छन्, जसले बौद्ध र बोन धर्मको संयोजनलाई प्रोत्साहन गर्छ । पर्वको माध्यमबाट गुरुङ समुदायले प्रकृतिप्रति आस्था, पितृप्रति श्रद्धा र सामाजिक एकतालाई अझ सुदृढ बनाउँदै मनाईने प्रमुख पर्व दशैलाई दशराका रुपमा मनाउदै आएको त्रिरत्न गुम्बा पोखराका मुख्य लामा हितमान लामाले बताए ।
साथै गुरु रिम्पुचेले प्रकृति र पितृको सम्मान गर्न सिकाउनु भएको बताउदै पूजाले त्यही सन्देश दिने उनले जनाए ।
दशहरा पर्व आश्विन शुक्ल दशमीका दिन मनाइन्छ । यस दिन गुरुङ समुदायका गुम्बाहरूमा विशेष प्रार्थना, ध्यान र बुद्ध वाणीको वाचन गर्ने गरिन्छ । यस पर्वले भगवान रामको रावणमाथिको विजयलाई मात्र होइन, गौतम बुद्धको जन्म, बुद्धत्व प्राप्ति र महापरिनिर्वाणलाई समेत स्मरण गराउने भएकाले यसलाई शान्ति र करुणाको पर्वको रूपमा पनि लिने गरेको उनले बताए ।
त्यस्तै, पूजा गुरु रिम्पुचेको प्रकृति र पितृ पूजासँग जोडिएको धार्मिक संस्कार हो । यो पूजामा गाउँको चारै कुनामा भकिम्लो र पैंयोका हाँगाहरू गाडिन्छन् । पच्यू (शामान) को अगुवाइमा गोबर छर्कने, मन्त्रपाठ गर्ने र तान्त्रिक विधि अपनाउने चलन रहिआएको छ, जसले गाउँलाई रोग, बाधा र संकटबाट जोगाउने विश्वास त्रिरत्न गुम्बाका लामा भक्तबहादुर गुरुङले बताए ।
धार्मिक चेतना फैलाउन र नयाँ पुस्तालाई शिक्षित गर्न यस्ता पर्वहरूलाई मौलिक रूपमा जोगाउनु आवश्यक रहेको उनको धारणा रहेको छ ।
बुद्धको शिक्षालाई संरक्षण गर्न निरन्तर लागिरहेको र दशहरा पूजाले गुरुङ समुदायको पर्यावरणीय चेतना र प्रकृतिसँगको सहअस्तित्वलाई पनि प्रतिविम्बित गर्ने साथै सामूहिक रूपमा मनाइने यस पर्वमा समग्र गुरुड. समुदाय, समाज, महिला समूह, गुम्बा तथा स्थानीय अगुवाहरूको सक्रिय सहभागिता सधै रहिरहेको धार्मीक तथा सामाजिक अभियन्ताहरुको धारणा रहि आएको छ ।
गुरुङ समुदायको लागि यी पर्वहरू केवल धार्मिक अनुष्ठान मात्र होइन, सांस्कृतिक पहिचान र आत्मसम्मानका आधार पनि हुन्। आधुनिकीकरणसँगै परम्परालाई बचाउँदै अगाडि बढ्नु अहिलेको प्रमुख चुनौती र अवसर दुवै बनेको छ ।