समाचार

टिआइएलाई व्यवस्थित र प्रभावकारी बनाउन लागिपरेका छौँः पर्यटनमन्त्री पाण्डे ।

२०८२ असार २२ काठमाडौँ, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल (टिआइए) लाई व्यवस्थित र प्रभावकारी बनाउन लागिपरेको बताएका छन् । प्रतिनिधिसभा अन्तर्गतको अन्तरराष्ट्रिय सम्बन्ध र पर्यटन समितिको सिंहदरबारमा आज भएको बैठकमा मन्त्री पाण्डेले विमानस्थलको सेवा सुधारका लागि कार्ययोजनाका साथ अघि बढेको विश्वास व्यक्त गरे । उनले भने, “टिआइएलाई व्यवस्थित बनाउन धेरै प्रयास गरिरहेका छौँ, विमानस्थलको साजसज्जा तथा सेवालाई चुस्त र प्रभावकारी बनाउन योजनाबद्ध कार्यक्रम अगाडि सारिएको छ, विमानस्थलमा अध्यागमन, भन्सार, सुरक्षा निकाय, एयरलाइन्स आदि अन्तरसरोकारवाला निकाय… पुरा पढौ

गोर्खाका फोटोग्राफर एकजुट, भट्टको नेतृत्वमा समिति चयन फोटोग्राफर सघं गण्डकीको संस्थागत विस्तार अभियान अन्तर्गत कार्यक्रम सम्पन्न ।

तुलसी राम सुवेदी २२ असार, पोखरा गण्डकी प्रदेशका क्रियाशील फोटोग्राफरहरूको साझा संस्था फोटोग्राफर संघ गण्डकीले आफ्नो संस्थागत विस्तार अभियान अन्तर्गत गोर्खा जिल्लामा विशेष कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा गोर्खाका अग्रज फोटोग्राफर रामप्रसाद भट्टको अध्यक्षतामा नयाँ जिल्ला समिति चयन गरिएको छ । उक्त कार्यक्रमका प्रमुख वक्ताका रूपमा फोटोग्राफर संघ गण्डकीका अध्यक्ष नारायण बहादुर केसीले गोर्खा जिल्ला समितिको गठन सँगै संघले पूर्णता पाएको बताउँदै अब सबै मिलेर फोटोग्राफरहरूको हकहित र व्यावसायिक सशक्तिकरणको पक्षमा आवाज उठाउने प्रतिबद्धता जनाउनुभयो । त्यसैगरि फोटोग्राफर संघ… पुरा पढौ

वायुसेवा निगम ६७ वर्षमा, ऋण दायित्व ५० अर्ब पुग्यो

असार १७ गते काठमाडौँ । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले ६७ वर्षे यात्रा सुरु गरेको छ । सन् १९५८ जुलाई १ मा स्थापना भएको निगमले २८ सिट क्षमतायुक्त डोग्लस डिसी ३ डाकोटाबाट सेवा प्रारम्भ गरी ६७ वर्षे दौरानमा पछिल्लो पटक वाइडबडी ए ३३०–२०० सिरिजको विमान भित्र्याएर सेवा दिइरहेको छ । निगमले हाल अन्तरराष्ट्रियतर्फ भारतको नयाँदिल्ली, बेङ्लोर र मुम्बई तथा हङ्कङ, मलेसिया, थाइल्याण्ड, जापानको नारिता, कतारको दोहा, युनाइटेड अरब इमिरेटसको दुबई र साउदी अरबको रियादमा उडान भर्दै आएको… पुरा पढौ

२२औँ राष्ट्रिय धान दिवस देशभर भव्य रूपमा मनाइयो

असार १५, पोखरा “हरियो डाँडा माथि हलो जोत्ने साथी हो हो तारे...” नेपालका पहाडदेखि तराईसम्म आज देशभर असार १५ अर्थात् राष्ट्रिय धान दिवस विशेष उल्लासका साथ मनाइएको छ । ‘मानो रोपेर मुरी फलाउने’ परम्परागत भनाइसँगै यो दिन नेपाली कृषकहरूले खेतबारीमा हिलोमा रमाउँदै धान रोप्ने गर्छन । यही अवसरमा यस वर्षको २२औँ राष्ट्रिय धान दिवस देशभर विविध कार्यक्रमसहित भव्य रूपमा सम्पन्न भएको छ । राजधानीस्थित राष्ट्रपति भवन शीतल निवासमा पनि विशेष कार्यक्रमको आयोजना गरी राष्ट्रपति रामचन्द्र पौडेल तथा प्रथम महिला सबिता… पुरा पढौ

प्रतिनिधिसभाबाट आर्थिक विधेयक, २०८२ पारित

असार १४ काठमाडौँ, प्रतिनिसभाबाट आर्थिक विधेयक, २०८२ पारित भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उक्त विधेयक पारित गरियोस् भनी प्रस्ताव पेस गरेका थिए । उक्त विधेयक बहुमतले पारित भएको हो । आजको बैठकमा आर्थिक विधेयक, २०८२ माथि प्राप्त संशोधनहरु माथि छलफल भएको थियो । संशोधन प्रस्तावमाथिको छलफलका क्रममा छलफलमा उठेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री पौडेलले कर नीतिमा स्थिरता कायम गरी लगानीको वातावरण बनोस् भन्ने उद्देश्यसहित धेरै हेरफेर नभएको बताए । करको दायरा विस्तार गर्ने, राजस्व… पुरा पढौ

पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई ३५ लाख धरौटीमा रिहा गर्न अदालतको आदेश

फाईल तस्बिर
काठमाडौँ, विशेष अदालतले पतञ्जलि योगपीठलाई हदबन्दी छुटमा जग्गा दिन मन्त्रिपरिषद्बाट निर्णय गराएको विषयमा भ्रष्टाचारको आरोप लागेका पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाललाई ३५ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको भ्रष्टाचार मुद्दामा बुधबार विशेष अदालतमा भएको बयान र थुनछेक बहसपछि अदालतले नेपाललाई धरौटीमा छोड्न आदेश दिएको हो। फैसला विशेष अदालतका न्यायाधीश तेजनारायण सिंह राई, रामबहादुर थापा र विदुर कोइरालाको संयुक्त इजलासबाट भएको हो। नेपालको पक्षबाट वरिष्ठ अधिवक्ता शम्भु थापा, खम्बबहादुर खाती,… पुरा पढौ

नेपाल पत्रकार महासंघ कास्कीद्वारा निःशुल्क आँखा शिविर सम्पन्न, १५२ जनाले सेवा लिए

१२ असार, पोखरा नेपाल पत्रकार महासंघ कास्की शाखाको ४९औं स्थापना दिवसको अवसरमा आयोजित निःशुल्क आँखा शिविर सफलतापूर्वक सम्पन्न भएको छ । नेपाल नेत्र ज्योति संघ कास्की अन्तर्गत हिमालय आँखा अस्पतालको प्रविधिक सहयोगमा सम्पन्न उक्त शिविरबाट १५२ जना पत्रकार, सञ्चारकर्मी तथा स्थानीय बासिन्दाहरू लाभान्वित भएका छन ्। शिविरमा नेपाल नेत्र ज्योति संघ कास्कीका अध्यक्ष सुरेन्द्र थापा मगरले आँखा उपचारको क्षेत्रमा नेपाल दक्षिण एशियामै अब्बल रहेको बताए । उनले भने, “अन्य रोगको उपचारका लागि नेपाली विदेश जाने गरेका छन्, तर आँखा उपचारका… पुरा पढौ

दमौलीमा खानेपानी संकटः एक गाग्री पानीका लागि घन्टौँ लाइन ।

असार १२, तनहुँ तनहुँ जिल्लाको सदरमुकाम दमौलीमा खानेपानी अभाव चुलिँदै गएको छ। व्यास–४ मा रहेको दमौली खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको वितरण प्रणाली अवरुद्ध भएपछि स्थानीयवासीलाई पानीको चरम अभाव भएको हो । व्यास–२ र ३ का बासिन्दा अमरापुरीस्थित प्रेम कुवा, पानी घट्टा र पञ्चमन्दिर जस्ता वैकल्पिक स्रोतमा भर पर्न बाध्य छन्। एक गाग्री पानीका लागि बिहानैदेखि लामबद्ध हुनुपरेको स्थानीयको गुनासो छ। धाराबाट पानी आउन छाडेपछि सर्वसाधारण सार्वजनिक कुवा र धारातर्फ धाउँन बाध्य छन्। मंगलबार साँझदेखि पानी वितरण बन्द भएपछि कुवा… पुरा पढौ

अत्यधिक गर्मीले अण्डा उत्पादन घट्यो, मूल्य बढ्यो

चितवन, असार ११ चितवनमा पछिल्ला दिनमा अत्यधिक गर्मी बढेसँगै अण्डाको उत्पादनमा उल्लेख्य गिरावट आएको छ, जसका कारण बजारमा अण्डाको मूल्य वृद्धि भएको छ । विगतको तुलनामा करिब २५ प्रतिशत उत्पादन घटेपछि माग उच्च भएको र त्यसले मूल्य बढाएको व्यवसायीहरू बताउँछन् । नेपाल लेयर्स कुखुरापालक सङ्घले जनाए अनुसार उत्पादन घट्दा बजारमा माग धान्न कठिन भइरहेको छ । सङ्घले आज (असार ११) बाट लागू हुने गरी समर्थन मूल्य निर्धारण गरेको छ । नयाँ समर्थन मूल्यअनुसार चितवनमा फार्म स्तरमा ठूलो साइजको अण्डाको प्रतिकरेट… पुरा पढौ

भिजिट भिसाबारे गठित उच्चस्तरी छानविन समितिको कार्यादेशबारे सदनलाई जानकारी

असार १० गते,काठमाडौँ, गृहमन्त्री रमेश लेखकले भिजिट भिसा प्रकरणबारे गठित उच्च स्तरी छानविन समितिको कार्यादेशबारे सदनलाई जानकारी गराएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा समय लिएर बोल्दै उनले सो समिति गठन र कार्यादेशका बारेमा जानकारी गराएका हुन । उनले भने, “अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट हाल भइरहेको अनुसन्धानकार्यमा असर नपर्ने गरी अध्यागमन व्यवस्थापन, भिजीट भिसालगायत अन्य भिसा र सोबाट सृजित समस्याका सम्बन्धमा अध्ययन एवं छानबिन गरी देहायका क्षेत्रमा केन्द्रीत रही सुझावसहितको प्रतिवेदन पेश गर्ने समितिको कार्यक्षेत्र रहेको छ । ”अध्यागमन व्यवस्थापन, भिजिट… पुरा पढौ