समाचार

पोखरा महानगरपालिका र युङजिन विश्वविद्यालयबीच शैक्षिक समझदारी ।

२९ श्रावण, पोखरा पोखरा महानगरपालिका र गणतन्त्र कोरियाको युङजिन विश्वविद्यालयबीच प्राविधिक शिक्षामा छात्रवृत्ति तथा शैक्षिक आदानप्रदानका लागि समझदारी पत्रमा हस्ताक्षर गरिएको छ। पारस्परिक लाभ, समानता, पारदर्शिता र साझा विकासको सिद्धान्तमा आधारित उक्त समझदारीमा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य र युङजिन विश्वविद्यालयका प्रोफेसर चोइ जेइयोङले हस्ताक्षर गरे। समझदारी अनुसार, प्राज्ञिक, सांस्कृतिक र प्राविधिक सहयोगमार्फत पोखरा महानगरको अन्तर्राष्ट्रिय प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गरिनेछ। साथै शिक्षा, पर्यटन र प्रविधिको क्षेत्रमा अन्तर्राष्ट्रिय सहकार्यलाई सुदृढ बनाउन मानव संसाधन तथा सूचना आदानप्रदान, अनुकूल शैक्षिक कार्यक्रम सञ्चालन, भ्रमण… पुरा पढौ

बसाइँसराइको असर: पहाड रित्तिँदै, तराईमा जनचाप बढ्दै

२९ श्रावण, भीमदत्त – सुदूरपश्चिमका पहाडी जिल्लामा तीव्र बसाइँसराइका कारण गाउँहरू रित्तिँदै गएको छन् भने तराई क्षेत्रमा जनसंख्या दिनानुदिन बढ्दै गएको छ। नौवटा जिल्लामध्ये कैलाली र कञ्चनपुरमा मात्र प्रदेशको आधाभन्दा बढी जनसंख्या बसोबास गर्छ। २०७८ को राष्ट्रिय जनगणना अनुसार सुदूरपश्चिम प्रदेशको कुल जनसंख्या २६ लाख ९४ हजार ७८३ छ। यसमध्ये ५२.७७ प्रतिशत महिला (१४ लाख २१ हजार ९९७) र ४७.२३ प्रतिशत पुरुष (१२ लाख ७२ हजार ७८६) रहेका छन्। भारत तथा तेस्रो मुलुकमा रोजगारीका लागि ठूलो संख्यामा पुरुष बाहिरिने भएकाले… पुरा पढौ

हिमाली यात्रामा सावधानी अपनाउन होटल संघ गण्डकीको आग्रह

२३ साउन, पोखरा । होटल संघ नेपाल गण्डकीले पर्यटकलाई अल्पसमयमै होचो उचाइबाट अग्ला हिमाली गन्तव्यमा पु¥याउने जोखिमपूर्ण यात्राबाट बच्न र बचाउन सरोकारवालाहरूलाई अपिल गरेको छ। संघले विहीबार एक प्रेस विज्ञप्ति जारी गर्दै, विशेषगरी तराई र सिमावर्ती क्षेत्रबाट एकैदिनमा अन्नपूर्ण क्षेत्रका उच्च भागसम्म पुग्ने प्रवृत्तिका कारण पर्यटकमा लेक लाग्ने, शरीरको तापक्रम नमिल्ने जस्ता स्वास्थ्य समस्याहरू देखिने खतरा रहेको जनाएको छ। संघका अध्यक्ष हरिप्रसाद शर्मा गैह्रेको हस्ताक्षर रहेको विज्ञप्तिमा भनिएको छ– “पर्यटकले क्रमशः उचाइ समायोजन (एक्ल्मेटाइजेसन) गर्दै यात्रा गर्ने वातावरण सिर्जना गर्न… पुरा पढौ

बागमती प्रदेशको मुख्यमन्त्रीमा कांग्रेसका बानियाँ नियुक्त,

२० श्रावण हेटौँडा, नेपाली कांग्रेस बागमती संसदीय दलका नेता इन्द्रबहादुर बानियाँ बागमती प्रदेश सरकारको मुख्यमन्त्रीमा नियुक्त भएका छन्। बागमती प्रदेशका प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले मंगलवार बानियाँलाई मुख्यमन्त्री नियुक्त गरेका हुन्। सोमबार नेपाली कांग्रेसको ३७ र नेकपा एमालेको २७ सांसदको समर्थन सहित मुख्यमन्त्रीको लागि दाबी पेस गरेका बानियाँलाई मंगलवार प्रदेश प्रमुख देवकोटाले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । यस अगाडिका मुख्यमन्त्री बहादुर सिंह लामाले मुख्यमन्त्री पदबाट राजीनामा दिएपछि रिक्त रहेको मुख्यमन्त्री पदमा कांग्रेस संसदीय दलका नेता बानियाँले एमाले संसदीय दलका नेता… पुरा पढौ

गीता अध्ययन मण्डल रामघाटको अधिवेसन सम्पन्न अध्यक्षमा डा. उलक चयन ।

२० श्रावण , पोखरा पोखराको प्रख्यात धार्मीक स्थल रामघाटमा अवस्थित गीता मन्दिर ब्यवस्थापनका लागि गठित गीता अध्ययन मण्डलको ४६ औं साधारण सभा तथा ३८ औं अधिवेशन सम्पन्न भयो । अधिवेशनबाट संस्थाका बरिष्ठ उपाध्यक्ष डा.प्रेम प्रसाद उलक निबिरोध अध्यक्षमा चयन भएका छन । अन्य पदाधिकारीहरुमा बरिष्ठ उपाध्यक्षमा बजिरमान श्रेष्ठ, उपाध्यक्षमा प्रेम प्रसाद कर्माचार्य सचिवमा शिव प्रसाद गौतम सहसचिवमा पुष्प गौतम कोषाध्यक्षमा शंकर गौतम र सदस्यहरुमा ऋषिराम सापकोटा,राम बहादुर केसी ,कृष्ण केसी, पवन गौतम , मीना गीरी , लक्ष्मी तिमिल्सीना , प्रेम… पुरा पढौ

एमाले गण्डकी प्रदेश कमिटीको चौथो पूर्ण बैठक पोखरामा सुरु

साउन१७,पोखरा। नेकपा (एमाले) गण्डकी प्रदेश कमिटीको चौथो पूर्ण बैठक पोखरामा सुरु भएको छ। बैठकको उद्घाटन सत्रलाई सम्बोधन गर्दै नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले २०८४ सालमा एकल बहुमतको सरकार बनाउने लक्ष्यसहित विधान संशोधन प्रस्ताव ल्याइएको जानकारी दिनुभयो। महासचिव पोखरेलले समृद्ध नेपाल र सुखी नेपालीको अभियानलाई सफल बनाउन मिसन र भिजनसहितको सबल नेतृत्व आवश्यक रहेको उल्लेख गर्दै त्यसकै आधारमा संशोधन प्रस्ताव अघि सारिएको बताउनुभयो। उहाँले जनताले विश्वास गरिसकेको पार्टीलाई अब अत्यधिक बहुमतले स्वीकार्ने वातावरण बनाउन विशेष ध्यान दिन जरुरी रहेको धारणा… पुरा पढौ

तायाः मचा नृत्य प्रतियोगीता शिशुवामा आयोजना गरिदै ।

१७ पोखरा पोखरामा प्रत्येक वर्ष आयोजना हुँदै आएको तायाः मचा नृत्य प्रतियोगीता यसवर्ष पोखरा ३० शिशुवामा हुने भएको छ । नेवा खल कास्कीको आह्वान तथा नेवाः खलः शिशुवाको आयोजनामा श्रावण ३१ गते शनिबार कास्की जिल्लास्तरीय तायाः मचा नृत्य प्रतियोगीता हुने पत्रकार सम्मेलनमार्फत नेवाः खलः शिशुवाले जानकारी दिएको हो । कला संस्कृतिको संरक्षण भावि पुस्तालाई हस्तान्तरण भन्ने मुल नाराका साथ कृष्ण जन्माष्ठमीको अवसर पारेर साविक लेखनाथमा पहिलोपटक प्रतियोगीता गर्न लागिएको प्रतियोगीता मुल आयोजक समिति संयोजक अर्जुन कुमार ताम्राकारले जानकारी दिए ।… पुरा पढौ

फोटोग्राफर संघ गण्डकीको फोटोप्रतियोगिता घोषणा

श्रावण १७ गते,पोखरा फोटोग्राफर संघ गण्डकी को स्थापना दिवस तथा १८६ औं बिश्व फोटोग्राफी दिवसको अवसरमा फोटो प्रतियोगिताको घोषणा कार्यक्रम सम्पन्न गरेको छ । संघ ले फोटोग्राफरहरुको सम्मान प्रविधिको ज्ञान, व्यवसायिहरुलाई उत्साह र फोटोग्राफरहरुको मनोवल उच्च प्रदान गर्ने उदेश्यले उक्त प्रतियोगिताको घोषणा गरेको संस्थाका महासचिव प्रेम प्रसाद पराजुलीले जानाकारी गराए । कार्यक्रमका प्रमुख अतिथि नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका अध्यक्ष रमेश पौडेल र संस्थाका अध्यक्ष नारायण बहादुर केसी ले ब्यानर खोलि प्रतियोगिताको शुभारम्भ गर्नुभएको थियो । कार्यक्रमको समुद्धघाटन पश्चात सम्बोधन… पुरा पढौ

अन्नपूर्ण आधार शिविरमा पर्यटक भरिभराउ

२०८२ श्रावण १२ गते पोखरा अन्नपूर्ण हिमालको आधार शिविरसम्म पुग्न वर्षात्को समयमा पनि दैनिक पर्यटक आउने क्रम निरन्तर चलेको छ । मनसुनको याम भए पनि दैनिक ५० जनाभन्दा बढी पर्यटक अहिले पनि अन्नपूर्ण आधार शिविर आउने गरेका छन् । छोमरोङ पर्यटन व्यवस्थापन समितिका सचिव दिलीप गुरुङका यस याममा छिटोछिटो फुल्ने र ओइलाउने बुकी फूलका साथै विभिन्न प्रजातिका फूल एवं यहाँ देखिने हरियाली र खोलानालाले यहाँ आउने जोकोहीलाई पनि लोभ्याउने गर्छ । पदयात्रा पर्यटनका क्षेत्रमा विश्वका उत्कृष्ट पदमार्गमध्येमा अन्नपूर्ण आधार शिविर… पुरा पढौ

अमेरिका र चीनबिच अमेरिकी कर वृद्धिबारे सम्झौताका लागि पुनः वार्ताको तयारी

२०८२ श्रावण १२ स्टकहोम, साउन १२ गते अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको व्यापार नीति एक महत्त्वपूर्ण हप्तामा प्रवेश गर्दै गर्दा संयुक्त राज्य अमेरिका र चीनका उच्च आर्थिक अधिकारीबिच सोमबार वार्ता हुने भएको छ । विश्वका शीर्ष दुई अर्थतन्त्रबिच स्वीडेनको राजधानी स्टकहोममा हुने वार्ता आगामी दुई दिनसम्म चल्ने छ । अन्य देशहरू पनि वासिङ्टनसँग सम्झौतालाई अन्तिम रूप दिन हतारिएका बेला यो वार्ता हुन लागेको हो । दर्जनौं व्यापारिक साझेदारहरूका लागि आगामी दिनहरूमा सम्झौता गर्न असफल हुनुको अर्थ उनीहरूले आगामी शुक्रबार (अगस्ट १)… पुरा पढौ