फोटोग्राफर संघ गण्डकीको फोटोप्रतियोगिता घोषणा

-


     तुलसी राम सुवेदी    
     श्रावण १८ गते २०८२ मा प्रकाशित


श्रावण १७ गते,पोखरा
फोटोग्राफर संघ गण्डकी को स्थापना दिवस तथा १८६ औं बिश्व फोटोग्राफी दिवसको अवसरमा फोटो प्रतियोगिताको घोषणा कार्यक्रम सम्पन्न गरेको छ ।
संघ ले फोटोग्राफरहरुको सम्मान प्रविधिको ज्ञान, व्यवसायिहरुलाई उत्साह र फोटोग्राफरहरुको मनोवल उच्च प्रदान गर्ने उदेश्यले उक्त प्रतियोगिताको घोषणा गरेको संस्थाका महासचिव प्रेम प्रसाद पराजुलीले जानाकारी गराए ।
कार्यक्रमका प्रमुख अतिथि नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका अध्यक्ष रमेश पौडेल र संस्थाका अध्यक्ष नारायण बहादुर केसी ले ब्यानर खोलि प्रतियोगिताको शुभारम्भ गर्नुभएको थियो ।
कार्यक्रमको समुद्धघाटन पश्चात सम्बोधन गर्दै प्रमुख अतिथि पौडेलले फोटोग्राफी क्षेत्रमा फोटोग्राफर संघ गण्डकीले देशै भरिका फोटोग्राफरहरुलाई प्रोत्साहीत गर्नका लागि स्थापना गरेको यो प्रतियोगिता निकै सह्रायिन कार्य भएको बताउनु भयो साथै उहांले पत्रकारीता क्षेत्रमा फोटोको निकै ठुलो महत्व हुने भएको हुंदा पत्रकारीता र फोटोग्राफीको नङ र मासुको सम्बन्ध रहेको बताउनु भयो ।
फोटोग्राफर संघ गण्डकी को स्थापना दिवस भाद्र २० गते समापन गरिने प्रतियोगितामा मिराज राष्ट्रिय बैवाहिक फोटो प्रतियोगिता अन्र्तगत बिभिन्न ६ ओटा विधा सार्वजनिक गरेको छ ।
बेष्ट फोटो अवार्ड, ब्राईड एण्ड ग्रुम हेड सट,बेष्ट कलरिङ एण्ड रिटचिङ, बेष्ट मोमेन्ट क्याप्चरिङ, बेष्ट कपल पोजिङ, बेष्ट कल्चर गरी ६ ओटा बिधा रहेका छन । बेष्ट बैवाहिक फोटो अवार्डका लागी रु १५,५५५ नगद ट्रफी र प्रमाण पत्र रहेको छ भने अन्य बिधामा ट्रफी र प्रमाण रहेका छन् । मिराज राष्ट्रिय बैवाहिक फोटो प्रतियोगिता भने बर्ष भरिनै सामाजिक संजाल संस्थाको फेसबुक पेज मार्फत चलिरहेको छ र प्रत्येक महिनाका उत्कृष्ट प्रतियोगिहरुलाई समेत गुगल फर्म मार्फत समेटेर छनोट गरिने र बैबाहिक फोटो प्रतियोतिामा नेपालका बिभिन्न जात जातीका धार्मीक एवम संकृतीक पहिचान लाई प्राथमिकतामा राखेर पुरस्कृत गर्नुपर्ने मिराज राष्ट्रिय बैवाहिक फोटो प्रतियोगिताका अक्ष्यकोषदाता भक्त बहादुर तामाङले बताउनुभयो । मिराज राष्ट्रिय बैवाहिक फोटो प्रतियोगिताका लागि मिराज फोटोका संचालक भक्त तामाङ÷बृहस तामाङले रु ३ लाखको अक्षयकोषको स्थापना गरिदिनुभएको छ र त्यसैको प्राप्त ब्याज बाट पुरस्कृत गरिदै आएको छ ।
यसैगरी संस्थाका बरिष्ठ उपाध्यक्ष तुलसी राम सुवेदीले फोटो प्रतियोगिता घोषणा सार्वजनिक गर्दै फोटो ब्यवसायीहरुको मुख्य आम्दानीको श्रोतका रुपमा रहेको वैवाहिक फोटोग्राफीको उजागर साथै हौसला र सम्मानका लागि मिराज राष्ट्रिय बैवाहिक फोटो प्रतियोगिताका साथै संस्थाले गण्डकी प्रदेशलाई बिश्वभरी नै चिनाउने उद्येश्यका साथ यहाँका प्राकृतिक छटाहरुलाई उजागर गर्ने र आन्तरिक पर्यटनलाई प्रोत्साहन गर्नका लागी नेचर एण्ड ल्याण्डस्केप बिधामा पनि प्रतियोगिताका घोषणा गरिएको कुरा बताउनु भयो ।
नेचर एण्ड ल्याण्डस्केप बिधा अन्र्तगत फोटोहरु गण्डकी प्रदेश भित्रको हुनुपर्नेछ भने देशै भरिका फोटोग्राफरहरु यस प्रतियोगितामा भाग लिन पाउनेछन । उक्त प्रतियोगितामा बेस्ट फोटोले नगद रु १०,००१ ट्रफि र प्रमाणपत्र पाउनेछन भने उत्कृष्ट १० तस्विरलाई पुरस्कृत गरिने छ ।
कार्यक्रममा पर्वत फोटोग्राफर संघका अध्यक्ष तथा पर्वत जिल्ला संयोजक बिजय शर्मा जैसी, संस्थाका पुर्व सल्लाहाकर तथा पत्रकार ईन्द्र प्रसाद पौडेल, नेपाल फोटोग्राफर महासंघका केन्द्रिय सदस्य रविनाथ दाहाल , प्रेस स्वतन्त्रता सेनानी पदम पाणी रेग्मी लगायतले शुभकामना मन्तब्य राख्नु भएको थियो ।

प्रतियोगिता घोषणा कार्यक्रममा फोटोग्राफर संघ गण्डकी का अध्यक्ष नारायण बहादुर केसीको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाका कोषाध्यक्ष रामचन्द्र पोख्रेलले स्वागत मन्तब्य राख्नुभएको थियो भने कार्यक्रम संचालन संस्थाका महासचिव प्रेम प्रसाद पराजुलीले गर्नुभएको थियो ।

बिधा
प्रकृति तथा सुन्दर प्रकृति
(Nature & Landscape)
प्रतियोगिता सम्वन्धि नियमहरु ः
१. फोटो प्रकृति तथा वातावरण (Nature & Landscape) सम्वन्धि हुनु पर्नेछ ।
२. फोटो गण्डकी प्रदेश क्षेत्रभित्र खिचिएको हुनु पर्नेछ ।
३. सहभागिताका लागि नेपाली नागरिक हुनुपर्नेछ
४. फोटो क्यामरा तथा मोवाइल ले खिचेको हुनु पर्नेछ तर हाई रेजुलेसनको हुनुपर्नेछ ।
५. एरियल फोटो, ड्रोन सट फोटोहरु समावेशगर्न पाइने छैन ।
६. फोटोलाई सामान्य Crop & color Correction गर्न सकिनेछ । असामान्य कांटछाट गरिएको फोटो अयोग्य ठहरीनेछ ।
७. फोटोमा Logo & Water Mark राख्न पाईने छैन ।
८. फोटो Photographer Association Gandaki ले जारी गरेको गुगल फर्म मार्फत पठाउनु पर्नेछ ।
९. फोटोग्राफी क्षेत्रका ३ जना निर्णायक (जुरी) द्वारा मूल्यांकन गरिनेछ ।
१०. फोटो सम्बन्धी विवाद आएमा संस्थाको निर्णय नै अन्तिम निर्णय हुनेछ ।
११. निर्णयक मण्डल (जुरी) को निर्णय प्रति कसैले आलोचना गर्न पाईनेछैन ।
१२. निर्णायक (जुरी) मण्डलका सदस्य वा आफन्त को फोटोप्रतियोगितामा सहभागिता भएको खण्डमा जुरी सदस्यले निर्णय दिन पाउने छैन । त्यस्तो ठहरेमा स्वतः बदर मानिनेछ ।
१३. सर्वोत्कृष्ट पुरस्कार पहिलो, प्रदान गरिनेछ ।
१४. उत्कृष्ट १० -Top–10_ लाई पुरस्कृत गरिनेछ ।
१५. अरु कुनै प्रतियोगितामा भाग लिएको फोटो समावेश गर्न पाइने छैन ।
१६. एक प्रतियोगीले बढिमा ३ वटा फोटो समावेश गर्न पाउने छ ।
१७. एक प्रतियोगिलाई रु १०० शुल्क लाग्नेछ ।
-Winner_ पहिलो पुरस्कार रु १०००१।– प्रमाण पत्र तथा ट्रफी प्रदान गरिनेछ ।

प्रतियोगिता शुरु
शुरु मितिः २०८२ साउन १५ विहीबार
फोटो पोष्ट गर्ने अन्तिम मितिः २०८२ भाद्र १४ गते शनिवार राती १२ बजे सम्म
नतिजा प्रकाशन
२०८२ भाद्र २० गते शुक्रबार

मिराज राष्ट्रिय वैवाहिक फोटो प्रतियोगिता २०८२
-Mirage National Wedding Photography Contest_
Bride or groom portrait
Coloring & retouching
Moment capture belongs to wedding
Couple posing on wedding day
Typical culture of any religion
Best Photo of The Year

१. पुरस्कार राशी हाललाई रु १५,५५५। अक्षरुपी पन्ध्र हजार पाँच सय पचपन्न रुपैयाको हुनेछ । पुरस्कार रकम सहित
प्रमाण पत्र, मायाको चिनो र दोसल्लाले सम्मानित गरिनेछ ।
२. संचालन ः पुरस्कारको संरक्षण तथा संचालन फोटोग्राफर संघ गण्डकी नेपालले गर्नेछ ।
३. संस्थापक ः यो पुरस्कारको संस्थापक अक्षयकोष दाता भक्त तामाङ तथा श्रीमती बृहस गुरुङ हुनेछन ।
४. पुरस्कार प्राप्त गर्ने व्यक्ति निम्नलिखित योग्यता पुग्ने व्यक्तिले यो पुरस्कार प्राप्त गर्न सक्नेछ ः
क) नेपाली नागरिक हुनुपर्नेछ ।
ख) नेपालभरि फोटोग्राफीमा कार्यगर्ने महिला तथा पुरुष फोटोग्राफर, फोटोपत्रकार स्वतन्त्र फोटोग्राफर, सौखिन
फोटोग्राफर जस्ले आफनो परिचय खुलाएर प्रतियोगिताका लागि फोटो समावेस गरिएको हुनुपर्नेछ ।
ग) निर्णायक (जी) समितिमा बसेका कुनैपनि ब्यक्ति यो पुरस्कार प्राप्तीको लागि योग्य मानिने
छैनन ।
५.फोटोलाई सामान्य ऋचयउ Crop & color Correction गर्न सकिनेछ । असामान्य काटछाट गरिएको फोटो अयोग्य
ठहरीनेछ ।
६. फोटोमा Logo & Water Mark राख्न पाईने छैन ।
७. फोटो Photographer Association Gandaki ले जारी गरेको गुगल
फर्म मार्फत पठाउनु पर्नेछ ।
८. अरु कुनै प्रतियोगितामा भाग लिएको फोटो समावेश गर्न पाइने छैन ।
९. फोटोग्राफी क्षेत्रका ३ जना निर्णायक (जुरी द्वारा मूल्यांकन गरिनेछ ।
१०.फोटो सम्बन्धी विवाद आएमा संस्थाको निर्णय नै अन्तिम निर्णय हुनेछ ।
११.निर्णयक मण्डल (जुरी) को निर्णय प्रति कसैले आलोचना गर्न पाईनेछैन ।
१२.निर्णायक (जुरी) मण्डलका सदस्य वा आफन्त को फोटोप्रतियोगितामा सहभागिता भएको खण्डमा जुरी सदस्यले
निर्णय दिन पाउने छैन। त्यस्तो ठहरेमा स्वतः बदर मानिनेछ ।
१३. उत्कृष्ट बिधालाई ट्रफी, प्रमाणपत्र तथा खादाले सम्मानित गरिनेछ ।
१४. एक प्रतियोगीले एक बिधामा २ वटा फोटो गरी ५ बिधामा १० वटा फोटो समावेश गर्न पाउने छन ।
१५. एक प्रतियोगिलाई रु २०० शुल्क लाग्नेछ ।