
२० श्रावण , पोखरा
पोखराको प्रख्यात धार्मीक स्थल रामघाटमा अवस्थित गीता मन्दिर ब्यवस्थापनका लागि गठित गीता अध्ययन मण्डलको ४६ औं साधारण सभा तथा ३८ औं अधिवेशन सम्पन्न भयो ।
अधिवेशनबाट संस्थाका बरिष्ठ उपाध्यक्ष डा.प्रेम प्रसाद उलक निबिरोध अध्यक्षमा चयन भएका छन । अन्य पदाधिकारीहरुमा बरिष्ठ उपाध्यक्षमा बजिरमान श्रेष्ठ, उपाध्यक्षमा प्रेम प्रसाद कर्माचार्य सचिवमा शिव प्रसाद गौतम सहसचिवमा पुष्प गौतम कोषाध्यक्षमा शंकर गौतम र सदस्यहरुमा ऋषिराम सापकोटा,राम बहादुर केसी ,कृष्ण केसी, पवन गौतम , मीना गीरी , लक्ष्मी तिमिल्सीना , प्रेम प्रसाद गौतम चयन भएको नवनिर्वाचित अध्यक्ष डा.प्रेम प्रसाद उलकले जानाकारी गराउनु भयो ।
गितामन्दिर परिषरमा आयोजित कार्यक्रमको नेपाल सन्त समाजका केन्द्रिय अध्यक्ष १००८ स्वामी ज्ञानानन्द सरास्वती महाराजको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।
कार्यक्रमको समुद्धघाटन पश्चात प्रमुख अतिथि सरास्वती महाराजले रामघाट क्षेत्र आफैमा पवित्र स्थान रहेको र गीता झनै पवित्र रहेको हुंदा सवैले त्यहि रुपमा बुझनुपर्ने कुरा बताउनु भयो ।
संस्थाका कार्यबाहक अध्यक्ष डा.प्रसाद प्रेम उलकले संस्थाको बार्षिक प्रतिबेदन साथै भावी कार्ययोजना सभामा प्रस्तुत गर्नुभएको थियो । संस्था संगै जोडिएको गण्डकी प्रदेशकै ठूलो अस्पताल पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचार गराउन आउने बिरामीका कुरुवाहरु साथै पोखरामा धार्मीक पर्यटनका रुपमा देशका बिभिन्न स्थान लागाएत भारत बाट समेत आउने धार्मिक तिर्थयात्रीहरु बास बस्नका लागि गीता आश्रमको परियोजना ल्याईएको र सो को डिपिआर समेत तयार भैसकेको अध्यक्ष उलकले बताउनु भयो ।
त्यसै गरि पोखरा महानगरपालिका वडा नं ११ का वडा अध्यक्ष समेत रहेका संस्थाका कोषाध्यक्ष प्रेम प्रसाद कर्माचार्यले संस्थाको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । उहांले गीता आश्रमको लागि आफुहरु स्थानिय तथा प्रदेश सरकार सम्म सहयोगका लागि प्रपोजल लिएर गएको बताउदै पोखरा महानगर पालिकाले सो परियोजनाका लागि रु एक करोड रुपैया बजेट बिनियोजन गरिदिएको र प्रदेश सरकारले पनि अर्केा बर्ष बजेट बिनियोजनमा राखीदिने आश्वासन दिएको बताउनु भयो ।
साथै शुभकामना मन्तब्य राख्दै करिव चार करोडको लागतमा तयार हुन लागेको सो गीता आश्रमका लागि गीता मन्दिरका संस्थापक डासु पण्डितका शुपुत्र पुर्व माननिय कृष्ण प्रसाद आचार्यले उक्त गीता आश्रमका लागि लाग्ने खर्चको २० प्रतिसत आफुले ब्यर्होने बताउनु भयो ।
संस्थाका कार्यबाहक अध्यक्ष डा.प्रेम प्रसाद उलकको सभापतित्वमा आयोजित कार्यक्रमको संस्थाका सचिव पवन गौतमले सञ्चालन गर्नु भएको थियो भने संस्थाका कार्यसमिति सदस्य बजिर मान श्रेस्ठले स्वागत मन्तब्य राख्नु भएको थियो ।
कार्यक्रममा रबिन्द्र माकाजु , अनिता तिमिल्सिना , दिपक बहादुर थापा, लगायतले शुभकामना मन्तब्य राख्नु भएको थियो । साथै सस्थालाई बिशेष योगदान पु¥र्याउने ब्यक्तिहरुलाई सम्मान समेत गरिएको थियो सम्मानित हुनेहरुमा ज्योति गुरुङ, लिलाधर आचार्य र अध्यक्ष तोयानाथ गौतमलाई सम्मान गरिएको थियो ।
सचिब को बार्षिक प्रगती प्रतिबेदन पवन गौतमले प्रस्तुत गर्नु भएको थियो । नब निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई निर्बाचन सम्योजक सालिक राम भट्राई ले सपथ खुवाउनु भएको थियो ।






