लुम्बिनी फोटोग्राफर संघको अध्यक्षमा अर्याल

-


     तुलसी राम सुवेदी    
     चैत्र २६ गते २०८० मा प्रकाशित


चैत्र २६, बुटवल ।
सनिवार सम्पन्न लुम्बिनी फोटोग्राफर संघ लुम्बिनीको १७ औं साधारणा सभा तथा छैठौ अधिवेशनबाट दिनेश अर्याल अध्यक्षमा चयन भएका छन ।
त्यसैगरी बरिष्ठ उपाध्यक्षमा राम प्रसाद भण्डारी, प्रथम उपाध्यक्षमा माधव प्रसाद पन्थ, द्धितिय उपाध्यक्षमा मन बहादुर क्षेत्री, महासचिवमा त्रिभुवन पाण्डे, सचिवमा कमला घर्ति, सह सचिवमा गिता पंगेनी र कोषाध्यक्षमा काशिराम पोखरेल चयन भएको अध्यक्ष दिनेश अर्यालले बताए ।


सनिवार सम्पन्न अधिवेशनले लेखा समिती संयोजक सहित १३ सदस्यीय कार्यसमिती गठन गरेको हो । समितीका सदस्यहरूमा आकाश पन्थ, नविन खरेल, दिपक भट्टराइ, वेचन्दर यादव, ज्ञान प्रसाद पाण्डे, जिवन अर्याल, गिता कंडेल, सुरज भुषाल, लोकहरी पाण्डे, हिरा बहादुर थापा, थान प्रसाद डुम्रेलाइ चयन गरेको छ । लेखा संयोजकमा दिपक पौडेल र समिती सदस्यमा विष्णु प्रसाद पोखरेल चयन हुनुभएको छ ।
नेपाल फोटोग्राफर महासंघका संयोजक तथा संस्थाका पुर्व अध्यक्ष महेन्द्र प्रसाद चापागाई को प्रमुख अथित्यता संचालित कार्यक्रमको सभापति मनिष पन्थ रहेका थिए भने कार्यक्रमको संञ्चालन महासचिव माधव प्रसाद पन्थले गरेका थिए ।