समाचार

प्रदेश प्रमुख समक्ष मुख्य न्यायाधिवक्ताको कार्यालयको वार्षिक प्रतिवेदन पेश

पोखरा, १२ भदौ गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्ट समक्ष मुख्य न्यायाधिवक्ताको कार्यालयले आर्थिक वर्ष २०८१÷८२ को वार्षिक प्रतिवेदन पेश गरेको छ । बिहीबार आयोजित एक विशेष कार्यक्रममा मुख्य न्यायाधिवक्ता चिरञ्जीवी शर्मा पौडेलले प्रतिवेदन हस्तान्तरण गर्नुभयो । प्रतिवेदन ग्रहण गर्दै प्रदेश प्रमुख भट्टले मुख्य न्यायाधिवक्ता मुख्यमन्त्रीका कानुनी सल्लाहकार मात्र नभई प्रदेश सरकारको सम्पूर्ण न्यायिक कार्यसम्पादनमा प्रमुख भूमिका निर्वाह गर्ने संवैधानिक दायित्व रहेको उल्लेख गर्नुभयो। उहाँले भन्नुभयो, “प्रदेश सरकारलाई कानुनी सल्लाह प्रदान गर्नु र न्यायिक कामकारबाहीमा सहयोग गर्नु मुख्य न्यायाधिवक्ताको प्रमुख जिम्मेवारी… पुरा पढौ

नेपाल फोटोग्राफर महासंघको धनगढी बैठक बिधान संशोधनसहित सम्पन्न

१० भाद्र, धनगढी नेपाल फोटोग्राफर महासंघको मेची–महाकाली अभियान अन्तर्गत सुदूरपश्चिमको धनगढीमा आयोजित केन्द्रीय बैठक बिधानका विभिन्न धारामा छलफल गर्दै संशोधनसहित सम्पन्न भएको छ । संस्थाले बुटवलमा गरेको प्रारम्भिक भेलाबाट सुरु भएको संस्थागत यात्रालाई “फोटोग्राफी क्षेत्रको विकास र प्रवद्र्धनका लागि महासंघको आवश्यकता” भन्ने मूल नारासहित देशव्यापी अभियान मार्फत अघि बढाउँदै आएको थियो । यसै अभियानको अन्तिम चरणमा धनगढीमा सम्पन्न बैठकले आगामी पौष महिनामा पहिलो महाधिवेशन गर्ने निर्णय समेत गरेको महासचिव डिगम्बर राजवंशीले जानकारी दिनुभयो । बैठकलाई सम्बोधन गर्दै महासंघका अध्यक्ष महेन्द्र… पुरा पढौ

रामघाटमा सम्पन्न तीज गीत प्रतियोगितामा पोखरा नर्सिङ क्याम्पस प्रथम

पोखरा, भाद्र — १० रामधाट महिला समूह द्धारा पोखराको रामघाट स्थित शिवमन्दिर गिता मन्दिर प्राड.गणमा आयोजना गरिएको तीज गीत प्रतियोगितामा पोखरा नर्सिङ क्याम्पसका विद्यार्थी समूह प्रथम भएका छन् । प्रतियोगितामा द्वितीय स्थान ऊर्जाशील दिदीबहिनी दृष्टिविहीन समूहले हासिल गर्दा तृतीय स्थान प्रगतिशील आमा समूहले प्राप्त ग¥यो । यसैगरी, सान्त्वना पुरस्कार अधिकारी दिदीबहिनी समूहलाई प्रदान गरिएको थियो । प्रतियोगितामा उत्कृष्ट भेषभूषाको उपाधि नर्सिङ क्याम्पस शिक्षक समूहले प्राप्त गरे भने उत्कृष्ट नृत्यमा अनिता गौतम पुरस्कृत भइन ्। त्यस्तै, दर्शकदीर्घाबाट भएको खुला नृत्यतर्फ इन्दिरा… पुरा पढौ

दीपक मनाङे पदमुक्त, मनाङमा कात्तिक १७ गते उपनिर्वाचन हुने

२०८२ भदौ ९ गते ,पोखरा सर्वोच्च अदालतले दीपक मनाङे (राजीव गुरुङ) लाई पदमुक्त गर्ने फैसलाको पूर्णपाठ सार्वजनिक गरेसँगै निर्वाचन आयोगले मनाङ प्रदेश सभा २ मा कात्तिक १७ गते उपनिर्वाचन गर्ने भएको छ । सर्वोच्चको फैसलाको पूर्णपाठ नआउँदा अन्योलमा रहेको आयोगले सोमबार फैसला सार्वजनिक भएलगत्तै उपनिर्वाचनको मिति टुङ्गो लगाएको हो । आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले रुपन्देही–३ सँगै मनाङमा पनि सोही मितिमा निर्वाचन गराउन दल दर्ता लगायतका प्रक्रिया छोट्याइने जानकारी दिए । ‘सर्वोच्च अदालतको फैसलाले अब आयोगलाई प्रक्रिया अघि… पुरा पढौ

राष्ट्रपति पौडेलसँग उपराष्ट्रपति सुआनको शिष्टाचार भेट

२०८२ भदौ ९ काठमाडौँ, राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपाल भ्रमणमा रहेकी समाजवादी गणतन्त्र भियतनामका उपराष्ट्रपति वो थि आन्ह सुआनले आज शिष्टाचार भेट गरेकी छिन्। राष्ट्रपति भवन शीतल निवासमा भएको सो भेटमा राष्ट्रपति पौडेलले नेपाल र भियतनामबीच व्यापार, पर्यटन, लगानी र प्रविधि हस्तान्तरणका क्षेत्रमा द्विपक्षीय आर्थिक सम्बन्ध प्रगाढ बनाउने धेरै सम्भावना रहेको बताएका थिए । “यसका लागि द्विपक्षीय सहकार्यलाई तीव्रता दिन नेपाल सरकार इच्छुक छ”, भेटवार्तामा राष्ट्रपति पौडेलको भनाइ उद्धृत गर्दै राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए । नेपाल अहिले कृषि,… पुरा पढौ

जग्गा विकाससँग सम्बन्धित कम्पनीले कर्जा पुनर्तालिकीकरण गर्न पाउने

२०८२ भदौ ९ गते ,काठमाडौँ, नेपाल राष्ट्र बैंकले जग्गा विकास र भवन निर्माणसँग सम्बन्धित फर्म वा कम्पनीलाई प्रवाह गरेको कर्जाको पुनर्तालिकीकरण वा पुनः संरचना गर्न पाउने व्यवस्था गरेको छ । केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थालाई जारी गरिएको एकीकृत निर्देशिकाअनुसार आगामी असोज मसान्तभित्र ऋणको पुनः संरचना गरिसक्नुपर्ने छ । त्यस्तो कर्जालाई आगामी चैत्र मसान्तमा जुन वर्गमा वर्गीकरण गरिएको थियो कम्तीमा सोही वर्गमा वर्गीकरण गर्नुपर्नेछ । एकीकृत निर्देशिका अनुसार, पुनः संरचना गरिएको कर्जा नोक्सानी व्यवस्था ‘राइट ब्याक’ गर्न नपाइने प्रबन्ध छ… पुरा पढौ

पोखराका फोटोपत्रकारले ‘विश्व फोटोग्राफी दिवस’ भब्य रुपमा मनाए ।

३ भाद्र, पोखरा नेपाल फोटो पत्रकार संघ, कास्कीले १८६औं ‘विश्व फोटोग्राफी दिवस’ विभिन्न कार्यक्रमसहित मनाएको छ । यस अवसरमा मादी गाउँपालिका–५, सुनपदेलीमा शुभकामना आदान–प्रदान, बधाई कार्यक्रम आयोजना गरिएको थियो। कार्यक्रमका क्रममा संघका अध्यक्ष राम गुरुङलाई नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्डकीले प्रदान गर्ने कञ्चन पत्रकारिता पुरस्कार प्राप्त गरेकोमा बधाई दिइएको थियो । संघका सल्लाहकार तथा पूर्वअध्यक्ष कृष्णमणि बरालले फोटो पत्रकारितामा रचनात्मकता र उत्कृष्टताले मात्र सफलता दिलाउने उल्लेख गर्दै चुनौतीलाई अवसरमा बदल्दै अघि बढ्नुपर्ने सुझाव दिए । त्यस्तै, अर्का सल्लाहकार… पुरा पढौ

गृह मन्त्रालयद्वारा सङ्घसंस्था दर्ता, नियमन तथा व्यवस्थापनसम्बन्धी विधेयक रायका लागि सार्वजनिक

२०८२ भदौ ३ गते ,काठमाडौँ, गृह मन्त्रालयले सङ्घसंस्था दर्ता, नियमन तथा व्यवस्थापनसम्बन्धी कानुनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधेयक सम्बन्धित सरोकारवाला सबै र सर्वसाधारणको रायको लागि ढाँचासहित सार्वजनिक गरेको छ । नेपालको सामाजिक सेवा तथा विकासको क्षेत्रमा क्रियाशील संस्थाको भूमिकालाई सामाजिक विकासको प्रक्रियामा मूलप्रवाहीकरण गरी संस्थागत सङ्गठन, विकास र कार्य सञ्चालनको मामिलामा सुशासनको स्थिति कायम राख्नका लागि तथा संस्थालाई पारदर्शी, जवाफदेही, उत्तरदायी र जिम्मेवार बनाउन संस्थाहरूको व्यवस्थापन समेत गर्न सङ्घसंस्था दर्ता सम्बन्धमा व्यवस्था गर्न नयाँ ऐन निर्माण गर्न आवश्यक देखिएकाले… पुरा पढौ

पोखरामा १८६औं विश्व फोटोग्राफी दिवस विविध कार्यक्रमसहित सम्पन्न

३ भाद्र, पोखरा। पोखरा फोटोग्राफर संघ नेपालले १८६औं विश्व फोटोग्राफी दिवस पोखरामा विविध कार्यक्रमसहित भव्यरुपमा सम्पन्न गरेको छ । दिवसको सुरुवात कुंडहर आधारभूत विद्यालयमा अध्ययनरत दृष्टिबिहीन बालबालिकालाई सहयोग हस्तान्तरण गर्दै गरिएको थियो । विशेषगरी हरितालिका तीज पर्वको समेत अवसर पारेर संघको महिला उपसमितिले यो वर्षको कार्यक्रम दृष्टिबिहीन बालबालिकाको हितमा समर्पित गरेको महिला उपसमित संयोजक मिरु लम्सालले केन्द्रिय आवाजलाई बताउनु भयो । सहयोग हस्तान्तरणपछि मानवअधिकार चोकबाट सुरु भएको प्रभातफेरी चिप्लेढुंगा हुँदै संघको कार्यालयमा पुगेर शुभकामना आदानप्रदानसहित सम्पन्न भएको थियो । कार्यक्रमका… पुरा पढौ

पोखरा रामघाट अवस्थित गिता मन्दिरमा श्रीकृष्ण जन्माष्टमी पर्व शोभा यात्रा सहित सम्पन्न ।

३१ श्रावण,पोखरा पोखरा रामघाट अवस्थित गिता मन्दिरले श्रीकृष्ण जन्माष्टमी पर्वको अवसरमा शोभा यात्रा सहित सम्पन्न गरेको छ । कार्यक्रम पोखरा महानगरपालिका वडा नं ११ का वडा अध्यक्ष प्रेम प्रसाद कार्मचार्यको प्रमुख आतित्थ्यतामा आयोजना गरिएको थियो । प्रमुख अतिथि कर्माचार्यले बिजेता समूहलाई नगद तथा सम्मानपत्र प्रदान गर्नुभएको थियो । शोभा यात्रा सहित गरिएको ¥यालीमा पोखरा १० का बिभिन्न महिला समूहको भजनकृतन सहितको सहभागीता रहेको थियो । त्यस्तै राधा र कृष्णको भेषभुषामा सजिएका दर्जर्नौ बालबालिकाहरु उक्त ¥यालीमा सहभागी थिए । साथै झाँकीमा… पुरा पढौ