
३१ श्रावण,पोखरा
पोखरा रामघाट अवस्थित गिता मन्दिरले श्रीकृष्ण जन्माष्टमी पर्वको अवसरमा शोभा यात्रा सहित सम्पन्न गरेको छ ।
कार्यक्रम पोखरा महानगरपालिका वडा नं ११ का वडा अध्यक्ष प्रेम प्रसाद कार्मचार्यको प्रमुख आतित्थ्यतामा आयोजना गरिएको थियो ।
प्रमुख अतिथि कर्माचार्यले बिजेता समूहलाई नगद तथा सम्मानपत्र प्रदान गर्नुभएको थियो ।
शोभा यात्रा सहित गरिएको ¥यालीमा पोखरा १० का बिभिन्न महिला समूहको भजनकृतन सहितको सहभागीता रहेको थियो ।
त्यस्तै राधा र कृष्णको भेषभुषामा सजिएका दर्जर्नौ बालबालिकाहरु उक्त ¥यालीमा सहभागी थिए ।
साथै झाँकीमा प्रथम , द्धितीय र तृतीय हुने समूहलाई नगद तथा सम्मान पत्रले सम्मान गरिएको थियो । उक्त कार्यक्रममा रामघाट महिला समूह प्रथम , गीताशान्ती मार्ग महिला समूह द्धितीय र गौतमबुद्ध मार्ग महिला समूह तृतीय भए ।
त्यसै गरि उक्त कार्यक्रममा राधा र कृष्णको भेषभुषामा सजिएका बालबालिकाहरुलाई समेत सम्मान गरिएको थियो ।
भजनकृतन सहित गिता मन्दिरबाट सुरु भएको शोभायात्रा पोखरा स्वाथ्य बिज्ञान हस्पिटलचोक ,अमरसिंह मार्ग,पिपलडाली चोक हुदै लक्ष्मीनारायण मन्दिर परिक्रमा गरि पुनः गीतामन्दिरमा पुगेर समापन भएको थियो ।
संस्थाका अध्यक्ष डा. प्रेम कुमार उलकको सभापतित्वमा आयोजना गरिएको कार्यक्रमको संचालन संस्थाका सचिव शिव प्रसाद गौतमले संचालन गर्नुभएको थियो भने निर्णायक समितिका संयोजक पवन गौतमले नतिजा घोषणा गर्नु भएको थियो ।





