
पोखरा, भाद्र — १०
रामधाट महिला समूह द्धारा पोखराको रामघाट स्थित शिवमन्दिर गिता मन्दिर प्राड.गणमा आयोजना गरिएको तीज गीत प्रतियोगितामा पोखरा नर्सिङ क्याम्पसका विद्यार्थी समूह प्रथम भएका छन् । प्रतियोगितामा द्वितीय स्थान ऊर्जाशील दिदीबहिनी दृष्टिविहीन समूहले हासिल गर्दा तृतीय स्थान प्रगतिशील आमा समूहले प्राप्त ग¥यो । यसैगरी, सान्त्वना पुरस्कार अधिकारी दिदीबहिनी समूहलाई प्रदान गरिएको थियो ।
प्रतियोगितामा उत्कृष्ट भेषभूषाको उपाधि नर्सिङ क्याम्पस शिक्षक समूहले प्राप्त गरे भने उत्कृष्ट नृत्यमा अनिता गौतम पुरस्कृत भइन ्। त्यस्तै, दर्शकदीर्घाबाट भएको खुला नृत्यतर्फ इन्दिरा बस्नेत पुरस्कृत भइन ्।
प्रथम स्थान हासिल गर्ने नर्सिङ क्याम्पस विद्यार्थी समूहले नगद रु १५ हजार ५ सय सहित प्रमाणपत्र प्राप्त ग¥यो। द्वितीय हुने ऊर्जाशील दिदीबहिनी दृष्टिविहीन समूहलाई नगद रु १० हजार ५ सय र प्रमाणपत्र प्रदान गरियो भने तृतीय हुने प्रगतिशील आमा समूहलाई रु ७ हजार ५ सयसहित प्रमाणपत्र दिइयो। त्यस्तै, सान्त्वना, उत्कृष्ट भेषभूषा र उत्कृष्ट नृत्यतर्फ विजेताहरूलाई जनही रु २ हजार ५ सय रुपैयाँसहित प्रमाणपत्र प्रदान गरिएको थियो।
प्रतियोगितामा १२ समूह सहभागी रहेको समूहकी संरक्षक अनिता तिमिल्सिनाले केन्द्रिय आवाजलाई बताउनु भएको हो । कार्यक्रमको प्रमुख आतिथ्य गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री प्रकाश बहादुर के.सी.ले गर्नुभएको थियो।
निर्णायकको भूमिकामा इन्दिरा सापकोटा, कलाकार सन्तोष सुवेदील गायतको उपस्थिति रहेको प्रतियोगितामा शुभकामना मन्तव्य पोखरा वडा नं १० का वडाअध्यक्ष राजेश गुरुङ, नबिन सिग्देल, निशा मल्ल ठकुरी, डा. बिनिता शर्मा, डा. प्रेमकुमार उलक लगायतले व्यक्त गर्नुभएको थियो।
समूहकी अध्यक्ष दुर्गा केसीको सभापतित्वमा सम्पन्न कार्यक्रममा सचिव सुकुमाया श्रेष्ठले सञ्चालन गर्नुभएको थियो भने स्वागत उपाध्यक्ष कलावती शर्माले गर्नुभएको थियो।





