
१३ जेठ पोखरा
नेकपा एमाले सम्बद्ध राष्ट्रिय युवा संघ नेपालको १०औं महाधिवेशन पश्चात नयाँ नेतृत्व चयनका लागि पोखराको सभागृहमा मंगलबार बिहान १० बजेदेखि मतदान शुरू भएको छ ।
महाधिवेशन जेठ ९ देखि ११ गते सम्म निर्वाचन सम्पन्न गर्ने योजना भए पनि नेतृत्व चयनमा आकांक्षीहरु बिच सर्वसम्म गराउन खोजिएको तर सवै आकांक्षी मित्रहरुको राय प्रजातान्त्रीक प्रकृयाबाट नै जाउं भन्ने सुझाब आएको हुंदा सवै प्रकृया मिलाएर लैजादा केहि समय लागेको राष्ट्रिय युवा संघ नेपालका ईन्चार्ज राजिव पहारीले जनाए ।
अध्यक्ष पदका लागि क्षितिज थेबे र सुमन पुरी बिच प्रतिस्प्रर्धा रहेको छ । थेबे हालका अध्यक्ष हुन् भने पुरी हालका महासचिव । दुवैले आ–आफ्नो टिम सहित प्रतिस्पर्धा गरिरहेका छन ्। थेबेको टिमबाट उपाध्यक्षमा महाराज गुरुङ र विनय शाह उम्मेदवार छन् भने पुरीको टिमबाट प्रकाश गौतम र पर्वत भण्डारीले उपाध्यक्षमा उम्मेदवारी दिएका छन् । यस्तै, महासचिव पदमा थेबेको तर्फबाट महेश चौलागाईं र पुरीको तर्फबाट कुबेर अधिकारीले उम्मेदवारी दिएका छन्।
कुल १७ सय ६४ मतदाता रहेको र मतदानलाई व्यवस्थित बनाउन ४२ वटा विद्युतीय मेसिन प्रयोग गरि मतदान गरिएको निर्वाचन प्रमुख मदन प्रसाद तिवारीले जनाएका छन ।
प्रत्येक प्रदेशका लागि छुट्टै मतदान केन्द्र बनाइएको र विद्युतीय मेसिनले मतदातालाई सहजता प्रदान गरि छिटो हुने उनले बिश्वास लिएका छन । मतदान प्रक्रिया शान्तिपूर्ण र उत्साहजनक रूपमा अघि बढिरहेको छ र राती आठ बजे सम्ममा मत गणना पनि सकिने सम्भावना रहेको तिवारीले बताएका छन ।
यो मतदानले संघको आगामी नेतृत्व र कार्यदिशा निर्धारण गर्ने जनाईएको छ ।






