
जेठ ३ गते ,पोखरा
गीताञ्जली साहित्य परिवार पोखराको २६९ औं श्रड.खलाको साधना प्रभात एवम नियमित रचना वाचन कार्यक्रम सम्पन्न भएको छ ।
पोखरा रामघाट स्थित गितामन्दिर परिसरमा प्रत्येक महिनाको पहिलो शनिवार नियमित रुपमा रचना वाचन तथा साधना प्रभात कार्यक्रम संचालन हुदै आएको छ ।
पोखरेली साहित्यकारहरुको साहित्यीक जमघट हुने थलोका रुपमा गीताञ्जली साहित्य परिवार रहेको र प्रत्येक महिनाको पहिलो सनिवार नियमित रुपमा कार्यक्रम आयोजना हुदै आएको र कार्यक्रममा बाल, नवोदित साहित्यकार देखि बरिष्ठ साहित्यकारहरुको समेत उपस्थिती हुने गरेको छ ।
कार्यक्रममा पोखराका ३२ जना बाल, नवोदित साहित्यकार देखि बरिष्ठ साहित्यकारहरुले, देशको बर्तमान राजनैतिक अवस्था साथै सुख दुःख र माया प्रितीका बिषयमा रचनाहरु पस्केर कार्यक्रमको रौनकता बढाएका थिए ।
कार्यक्रममा प्रभात नायकका रुपमा पोखरा साहित्य प्रतिष्ठानका पुर्व कुलपती पदमराज ढकाल रहेका थिए । संस्थाका अध्यक्ष भानुभक्त भण्डारी क्षितीज को अध्यक्षतामा संचालित कार्यक्रमको संचालन सचिव नरेन्द्र रानाभाटले गरेका थिए भने कार्यक्रममा स्वागत बरिष्ठ उपाध्यक्ष धर्मराज पौडेल अल्पायुले गरेका थिए ।
साथै संस्थाका कार्यसमिती सदस्य नारायण प्रसाद बराल द्धारा रचित सपना र स्वर्ग नामक कृतिलाई साहित्यकारहरु माझ सार्वजनिकरण गर्दे बितरण समेत गरिएको थियो ।




