२०८२ वैशाख १२ पोखरा १९ औं लोकतन्त्र दिवसको सन्दर्भमा कास्कीमा पोखराका सबै नागरिक संगठन, सामाजिक संघसंस्था, पेशागत संगठनहरुको सहभागितामा ‘लोकतन्त्रको सवाल, चुनौती र सवलीकरण विषयक अन्तक्र्रिया तथा संवाद सम्पन्न भयो । गण्डकी प्रदेशका सामाजिक विकास युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले लोकतन्त्र केवल शासन प्रणाली मात्र नभएर नागरिक अधिकार, उत्तरदायित्व र समावेशी सहभागिताको आधारशिला भएको बताए । उनले सबै सरोकारवाल मिलेर स्वतन्त्रता, समानता र सामाजिक न्यायमा आधारित लोकतान्त्रिक मूल्यहरूको संरक्षण र प्रवद्र्धन गर्नुपर्नेमा जोड दिए । लोकतन्त्रको संरक्षण र सुदृढीकरणमा…
पुरा पढौ