समाचार

वसन्तकालीन यामको हिमाल आरोहण अनुमति सुरु

१३ पोखरायस वर्षको वसन्तकालीन यामको हिमाल आरोहणका लागि आरोहण अनुमति दिन सुरु गरिएको छ । पर्यटन विभागका अनुसार अन्नपूर्ण–१ सहित विभिन्न चुली आरोहणका लागि आठ आरोही समूहका १८ महिला र ४० पुरुष गरी कूल ५८ जनाले अनुमति पाइसकेका छन् ।हालसम्म नेपालसहित २४ देशका आरोहीले आरोहण अनुमति लिएका छन् । विभागका निर्देशक लिलाधर अवस्थीले वसन्त यामको हिमाल आरोहणका लागि अनुमति दिन सुरु गरिएको बताउनुभयो । “यो यामको हिमाल आरोहणका लागि अनुमति दिन सुरु गरिएको छ, सगरमाथा आरोहणका लागि छिट्टै अनुमति दिइनेछ”,… पुरा पढौ

पृथ्वीनारायण क्याम्पसमा अनेरास्ववियुका विष्णु पोखरेल निर्वाचित

चैत्र १२, पोखरापृथ्वीनारायण क्याम्पस स्ववियु निर्वाचनमा अनेरास्ववियुको प्यानल निर्वाचित भएको छ । २३ औं अध्यक्षका लागि विष्णु पोखरेल भारी मतान्तर कायम गर्दै निवाचित हुन सफल भएका हुन् ।मंगलबार बिहान सम्पन्न अन्तिम मतपरिणाममा २८९५ मतमध्ये पोखरेलले ११०५ मत प्राप्त गरी बिजयी बनेका हुन । उनका निकटतम् प्रतिस्पर्धी नेवि संघका सुशील न्यौपानेले ५०३ ल्याएका थिए भनेयस्तै, अध्यक्ष पदमा स्वतन्त्र उम्मेदवार विप्लवी न्यौपानेले ४६९ प्राप्त गरेकी थिईुन् । अध्यक्ष पदमै अखिल (क्रान्तिकारी) का नवीन अधिकारीले २२३, संयुक्त प्यानलका सन्तोष पौडेलले १९६, स्वतन्त्र उम्मेदवार… पुरा पढौ

प्रेस चौतारी अध्यक्षमा पाण्डे

चैत्र १२ विराटनगरप्रेस चौतारी नेपालको आइतबारदेखि विराटनगरमा सुरु भएको १० औं राष्ट्रिय महाधिवेशनबाट अध्यक्षमा गणेश पाण्डे निर्वाचित भएका छन् । प्रेस चौतारीका निवर्तमान अध्यक्ष गणेश बस्नेतले अध्यक्षमा गणेश पाण्डेसहित उपाध्यक्ष चेतन अधिकारी, उपाध्यक्ष (महिला) कृपा भण्डारी र महासचिव हिरामान लामाको नाम घोषणा गरेका हुन् । अध्यक्षका दाबेदार राजेश राईले अन्तिम समयमा उम्मेदवार फिर्ता लिएपछि पाण्डेलाई अध्यक्ष घोषणा गरिएको हो । राईले मतदान प्रक्रियाबाट नेतृत्व चयन हुनुपर्ने माग राख्दै आएका थिए ।उपमहासचिवमा हरिबल्लभ नेपाल, सचिव (संगठन) मा विष्णु तारुके, सचिव (अर्थ)… पुरा पढौ

गण्डकी प्रदेश सभाबाट सडक विधेयक पारित, अब सडक अतिक्रमण रोकिने ः मन्त्री केसी

पोखरा, १२ चैतगण्डकी प्रदेश सभाबाट सार्वजनिक सडक निर्माण विस्तार तथा मर्मत सम्भार गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित भएको छ । मंगलबारको प्रदेश सभा बैठकले उक्त विधेयक सर्वसम्मतिले पारित गरेको हो ।विधेयकले प्रदेशभित्रका सडकलाई प्रदेश लोकमार्ग र प्रादेशिक सडक गरी सडकको दायाँबायाँको मापदण्ड तय गरेको छ । तराई क्षेत्रमा प्रदेश लोकमार्गको सडकको केन्द्रबाट दुवैतर्फ १२.५ मिटर, प्रादेशिक सडक १० मिटर, पहाडी क्षेत्रमा प्रदेश लोकमार्ग १० मिटर, प्रादेशिक सडक ७ मिटर र हिमाली क्षेत्रमा प्रदेश लोकमार्ग ७.५ मिटर, प्रादेशिक सडक… पुरा पढौ

प्रहरी महानिरीक्षक थापाद्वारा पदबहाली, देशको शान्तिसुरक्षा प्रमुख प्राथमिकता

चैत, ५ काठमाडौँप्रहरी महानिरीक्षक दीपक थापाले आज अपराह्नदेखि कार्यभार सम्हादेका छन् । पद बहालीसँगै उनले मुलुकको शान्ति सुरक्षा आफ्नो प्रमुख प्राथमिकता भएको स्पष्ट गरेका छन् ।मन्त्रिपरिषद्को सोमबारको निर्णयअनुसार उक्त पदमा पदोन्नति पाएका उनलाई आजै गृहसचिव गोकर्णमणि दुवाडीले दज्र्यानी चिह्नबाट सुशोभन गरेका थिए ।त्यस अवसरमा गृहसचिव दुवाडीले गौरवशाली सङ्गठनको प्रमुख जस्तो गरिमामय पद प्राप्त गरेकामा प्रहरी महानिरीक्षक थापालाई हार्दिक बधाई तथा सफल कार्यकालको सफलताको कामना गरे ।सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक हुतराज थापा, प्रहरी अतिरिक्त… पुरा पढौ

गीताञ्जली साहित्य परिवार पोखराको नियमीत रचना वाचन कार्यक्रम सम्पन्न ।

चैत्र २ गते ,पोखरा,पोखराको अग्रणी साहित्यीक संस्था गीताञ्जली साहित्य परिवार पोखराको २६७ औं श्रड.खलाको साधना प्रभात एवम नियमित रचना वाचन कार्यक्रम सम्पन्न भएको ।पोखरा रामघाट स्थित गितामन्दिर परिसरमा रहेको संस्थाको प्राड.गणमा प्रत्येक महिनाको पहिलो शनिवार नियमित रुपमा रचना वाचन तथा साधना प्रभात कार्यक्रम संचालन हुदै आएको छ ।पोखरेली अग्रज देखि उदयीमान साहित्यकारहरुको साहित्यीक जमघट हुने थलोका रुपमा गीताञ्जली साहित्य परिवार रहेको र प्रत्येक महिनाको पहिलो सनिवार नियमित रुपमा कार्यक्रम आयोजना गर्ने गरिएको हुंदा कार्यक्रममा बाल, नवोदित साहित्यकार देखि बरिष्ठ साहित्यकारहरुको… पुरा पढौ

पोखरामा विदेशी पर्यटकहरु होली मा रमाउदै ।

२९ फाल्गुण , पोखरारङ्गको पर्व होली पर्व पर्यटनको राजधानी पोखरामा विदेशी पर्यटकहरु समेत रमाउदै हर्स उल्लाहासका साथ मनाइएको छ । रेष्टुरेण्ट एण्ड वार एशोसियसन नेपाल (रेवान) पोखराको आयोजनामा पोखराको लेक साईडमा विदेशी पर्यटकसंगै पोखरेलीले पनि होली पर्व धुमधामका साथमा मनाएका हुन । नेपालीहरुको चार्ड होली पर्वको बारेमा विदेशी पाहुनाहरुलाई जानकारी गराउदै पोखराको अम्वोटदेखि गौरीघाट, बाराहीघाट, सेन्टर प्वाइट, हल्लनचोक हुदै खहरेचोकसम्म स्वदेशी तथा विदेशीहरु बिच सामुहिक रुपमा होली पर्व मनाइएको हो ।यसैबिच, नेपाल पत्रकार महासंघ कास्की शाखाले पनि पोखरामा पत्रकारहरु बिच… पुरा पढौ

पोखराको पर्यटनमा नयाँ आशा,पोखरा–छेन्दु अन्तर्राष्ट्रिय उडान सुरु हुँदै

२८ फाल्गुण पोखरापोखराबाट अन्तर्राष्ट्रिय उडानको प्रतिक्षा समाप्त भएको छ । चिनियाँ एयरलाइन्स सिचुआनको जहाजमार्फत १२७ चिनियाँ पर्यटक चैत ५ गते बिहान १० बजे पोखरा अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गर्नेछन्। सोही दिन १२७ नेपाली पर्यटन व्यवसायीहरू दिउँसो १२ बजे छेन्दु प्रस्थान गर्नेछन् ।पहिलो चार्टर्ड उडानमा पोखरा महानगरपालिकाका मेयर, नेपाल पर्यटन बोर्ड गण्डकी प्रमुख, पोखरा भ्रमण वर्ष २०२५ कार्यक्रम संयोजक, पोखरा पर्यटन परिषद अध्यक्ष, विभिन्न पर्यटन संघसंस्थाका प्रतिनिधिहरू तथा व्यवसायीहरू रहनेछन्।पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको दुई वर्ष भए पनि नियमित अन्तर्राष्ट्रिय उडान नहुँदा… पुरा पढौ

स्थानीय तहको काम स्थानिय तह मै छोड्नु पर्ने , उपप्रधानमन्त्रि पौडेल

२०८१ फाल्गुण २८ काठमाडौउपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले स्थानीय तह र प्रदेशले गर्ने काम स्थानिय तह मै छोड्नु पर्ने बताएका छन । सङ्घ सरकारले संविधान र सङ्घीयताको मर्म तथा भावनाविपरीत हुने गरि सवै काम गर्न नहुने बताएका छन् ।आगामी आर्थिक वर्ष २०८२÷८३ को बजेटबारे अर्थ मन्त्रालयले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयसँग गरेको छलफलमा अर्थमन्त्री पौडेलले स्थानीय तह र प्रदेशले गर्ने काम अब सङ्घले गर्न नहुने बताए ।संविधानमा सङ्घको एकल अधिकार अनुसूची ५ मा, प्रदेशको एकल अधिकार अनूसूची ६… पुरा पढौ

फोनिज गण्डकी अध्यक्षमा खिमा गुरुङ

०८१ फागुन २८ पोखरानेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्डकी प्रदेशको अध्यक्षमा खिमाकुमारी गुरुङ (कास्की) निर्वाचित भएकी छिन् । पोखरामा बुधबार भएको तेस्रो प्रादेशिक महाधिवेशनले गुरुङको नेतृत्वमा १५ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको हो ।समितिमा उपाध्यक्ष (खुला) धनबहादुर गुरुङ (कास्की), उपाध्यक्ष (महिला) शिला गुरुङ (नवलपुर), महासचिव सुरज थापा (कास्की), सचिव (खुला) दिलप्रसाद गुरुङ (कास्की), सचिव (महिला) कला राना (स्याङ्जा) र कोषाध्यक्ष सुमन थापामगर (कास्की सर्वसम्मत निर्वाचित भएका छन् । सदस्यहरूमा चेतबहादुर थापा ‘प्रविन’ (कास्की) यमबहादुर सोमै मगर (नवलपुर) ,… पुरा पढौ