पोखरामा विदेशी पर्यटकहरु होली मा रमाउदै ।

-


     तुलसीराम सुवेदी     
     फागुन २९ गते २०८१ मा प्रकाशित


२९ फाल्गुण , पोखरा
रङ्गको पर्व होली पर्व पर्यटनको राजधानी पोखरामा विदेशी पर्यटकहरु समेत रमाउदै हर्स उल्लाहासका साथ मनाइएको छ ।

रेष्टुरेण्ट एण्ड वार एशोसियसन नेपाल (रेवान) पोखराको आयोजनामा पोखराको लेक साईडमा विदेशी पर्यटकसंगै पोखरेलीले पनि होली पर्व धुमधामका साथमा मनाएका हुन ।


नेपालीहरुको चार्ड होली पर्वको बारेमा विदेशी पाहुनाहरुलाई जानकारी गराउदै पोखराको अम्वोटदेखि गौरीघाट, बाराहीघाट, सेन्टर प्वाइट, हल्लनचोक हुदै खहरेचोकसम्म स्वदेशी तथा विदेशीहरु बिच सामुहिक रुपमा होली पर्व मनाइएको हो ।
यसैबिच, नेपाल पत्रकार महासंघ कास्की शाखाले पनि पोखरामा पत्रकारहरु बिच एक आपसमा सदभाव कायम हुने गरी होली पर्व मनाइयो ।