
चैत्र १२, पोखरा
पृथ्वीनारायण क्याम्पस स्ववियु निर्वाचनमा अनेरास्ववियुको प्यानल निर्वाचित भएको छ । २३ औं अध्यक्षका लागि विष्णु पोखरेल भारी मतान्तर कायम गर्दै निवाचित हुन सफल भएका हुन् ।
मंगलबार बिहान सम्पन्न अन्तिम मतपरिणाममा २८९५ मतमध्ये पोखरेलले ११०५ मत प्राप्त गरी बिजयी बनेका हुन । उनका निकटतम् प्रतिस्पर्धी नेवि संघका सुशील न्यौपानेले ५०३ ल्याएका थिए भने
यस्तै, अध्यक्ष पदमा स्वतन्त्र उम्मेदवार विप्लवी न्यौपानेले ४६९ प्राप्त गरेकी थिईुन् । अध्यक्ष पदमै अखिल (क्रान्तिकारी) का नवीन अधिकारीले २२३, संयुक्त प्यानलका सन्तोष पौडेलले १९६, स्वतन्त्र उम्मेदवार कमल सुवेदीले ९९, प्राज्ञिक विद्यार्थी परिषद् नेपालका दिप्सन गुरुङले ७६ र अखिल (छैटौं) का मिलन सुनारले २८ ल्याएको निर्वाचन समितिले जनाएको छ ।
अनेरास्ववियु सचिव र कोषाध्यक्ष पदमा पनि फराकिलो मतान्तर कायम गर्दै निर्वाचित भएको छ । सचिवमा बिराट दुवाडीले १४१३ मत प्राप्त गर्दा कोषाध्यक्षमा सन्दीका गुरुङले १३०४ मत ल्याएकी छन् । सचिवमा निकटतम् प्रतिस्पर्धी नेवि संघका विवेक भट्टराईले ६२८ र कोषाध्यक्षमा नेवि संघकै अमिषा यादवले ६४७ मत ल्याएकी छन् ।
त्यसैगरि प्रत्यक्षतर्फ ८ सदस्यमा अनेरास्ववियुका एलिशा भट्टराईले ११८७, सुशील अधिकारीले १२३५, विशाल लम्सालले १२८२, प्रचण्ड शक्ति गुरुङले १२५८, वृषभ चालिसले १२२६, अनुजराज अधिकारीले १२३७, जमुना शर्माले १२५४ र सुजन शर्मा सापकोटाले ११९६ मत प्राप्त गरे ।
मतपत्रमा त्रुटि भेटिएपछि गत ५ चैतमा स्थगित मतदान आइतबार सम्पन्न भएको हो ।




