
चैत्र १२ विराटनगर
प्रेस चौतारी नेपालको आइतबारदेखि विराटनगरमा सुरु भएको १० औं राष्ट्रिय महाधिवेशनबाट अध्यक्षमा गणेश पाण्डे निर्वाचित भएका छन् । प्रेस चौतारीका निवर्तमान अध्यक्ष गणेश बस्नेतले अध्यक्षमा गणेश पाण्डेसहित उपाध्यक्ष चेतन अधिकारी, उपाध्यक्ष (महिला) कृपा भण्डारी र महासचिव हिरामान लामाको नाम घोषणा गरेका हुन् । अध्यक्षका दाबेदार राजेश राईले अन्तिम समयमा उम्मेदवार फिर्ता लिएपछि पाण्डेलाई अध्यक्ष घोषणा गरिएको हो । राईले मतदान प्रक्रियाबाट नेतृत्व चयन हुनुपर्ने माग राख्दै आएका थिए ।
उपमहासचिवमा हरिबल्लभ नेपाल, सचिव (संगठन) मा विष्णु तारुके, सचिव (अर्थ) मा प्रदीप आचार्य, सचिव (प्रचार÷प्रशिक्षण) मा विक्रम लुइँटेल र सचिव (विदेश) मा नरेश भण्डारी चयन भए ।




