समाचार

स्वास्थ्य बिमा बोर्डको कार्यकारी प्रमुखमा डा.काफ्ले

फागुन २७ पोखरास्वास्थ्य बिमा बोर्डको कार्यकारी प्रमुखमा रघुराज काफ्ले नियुक्त भएका छन् । सोमबार राति बसेको मन्त्रिपरिषद् बैठकले तनहुँका काफ्लेलाई नियुक्त गरेको हो । उनी गण्डकी प्रदेशको नीति तथा योजना आयोगका पूर्व उपाध्यक्ष हुन् ।समितिले आवेदन स्वीकृत भएका १० जना उम्मेदवारहरूमध्ये गत फागुन १८ र १९ गते प्रस्तुतीकरण तथा अन्तर्वार्ता लिई तीन जनाको नाम मन्त्रिपरिषदमा सिफारिस गरेको थियो । सिफारिस गरिएका नामहरूमा कमल पन्थी, डा कृष्णप्रसाद अधिकारी र डा रघुराज काफ्ले परेका थिए ।डा काफ्लेसँग करिब १२ वर्ष संयुक्त राष्ट्रसंघीय… पुरा पढौ

आत्मनिर्भरताको बाटोमा लाग्न गैह्रसरकारी संस्थालाई प्रधानमन्त्री ओलीको आग्रह

२०८१ फाल्गुण २७ काठमाडौप्रधानमन्त्री केपी शर्मा ओलीले बाह्य अनुदानमा भर नपरी आत्मनिर्भरताको बाटोमा लाग्न गैह्रसरकारी संस्थाहरुलाई आग्रह गरेका छन् ।गैह्रसरकारी संस्था महासङ्घको ११औँ महाधिवेशन तथा नागरिक सम्मेलनको आज यहाँ उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले विश्वव्यापीकरणको अवस्थामा सबै काम एक्लै गर्न नसकिने स्थिति भए पनि उर्वर नेपाली भूमिलाई प्रयोग गरेर उत्पादन तथा उत्पादकत्व वृद्धि गर्नुपर्नेमा जोड दिए ।उनले सामाजिक संस्थाले असफलताको मात्र नभई सफलता, आशा र उपलब्धिको चर्चा गर्न सुझाव दिँदै विकासको प्रयासमा कुनै प्रकारको अवरोध सृजना हुन नदिने स्पष्ट पारे ।… पुरा पढौ

पोखरा–मुग्लिन सडकको पश्चिमतर्फ ४३ प्रतिशत काम सम्पन्न ।

फाल्गुण २७ गते पोखरापोखरा–मुग्लिन सडक आयोजना (पश्चिम खण्ड)को भौतिक प्रगति ४३ दशमलव ३४ प्रतिशत पुगेको छ । कूल ३८ दशमलव ८८ किमी दूरीको उक्त खण्डमा हालसम्म २९ दशमलव ४७ किमी सडक कालोपत्र भएको छ ।चार लेनको उक्त सडकमा १५ दशमलव ३२ किमीमा दुईतर्फी र १४ दशमलव १५ किमीमा एकतर्फी कालोपत्र गरिएको आयोजनाका इञ्जिनियर सौजन्य नेपालले जानकारी दिए । उक्त सडक निर्माणको म्याद विसं २०८२ पुससम्म छ । यसअघि दुईपटकसम्म म्याद थप भएको थियो । पश्चिमतर्फ तनुहँमा दुई किमी सडक मात्र… पुरा पढौ

पूर्व राजा ज्ञानेन्द्र शाहलाई काठमाडौँमा भब्य स्वागत

२६ फाल्गुण काठमाडौँपूर्वराजा ज्ञानेन्द्र शाह केहि समयको पोखरा बसाईंपछि आइतबार काठमाडौँ फर्किएका छन । करिब १ महिना लामो गण्डकी प्रदेशको बसाई पछि पूर्वराजा ज्ञानेन्द्र शाह आइतबार काठमाडौँ फर्किएका हुन । उनी काठमाडौँ फर्किँदा त्रिभुवन विमानस्थल क्षेत्रमा ठुलो संख्यामा उपस्थित राजावादीहरुले राष्ट्रिय झण्डासहित स्वागत गरे ।उनलाई स्वागत गर्न राजावादीले केही दिनदेखि नै सार्वजनिक रुपमा आह्वान गरेका थिए । जसअनुसार राप्रपा, राप्रपा नेपाल सहित दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका साथै विभिन्न धार्मिक र राजावादी संघ÷संगठनका प्रतिनिधिहरु… पुरा पढौ

आफ्नै कागज उद्योगमा रमाउँदै पासाङ, पाँच जनालाई रोजगारी

फाल्गुण २६ गते,गोरखा,भोजपुरको सिलिचोङबाट रोजगारीका लागि ३५ वर्षअघि भौतारिएर हिँड्नुभएका पासाङ निमा शेर्पाले ताप्लेजुङको एक नेपाली हाते कागज उद्योगमा काम पाउनुभयो । घरमा चौंरी पाल्न दुःख भएपछि गाउँ छोडेर जागिरको खोजीमा निस्कनुभएका उहाँलाई के काम पाइन्छ र के गर्ने भन्ने टुङ्गो थिएन । हाते कागज उद्योगमा काम छाडेर फेरि कामकै खोजीमा उहाँ बाजुरा पुग्नुभयो । पासाङले बाजुरामा काम त पाउनुभयो तर त्यहाँ पनि हाते कागज उद्योगमै । केही समयमा बाजुरा छोडेर सुर्खेत जानुभएका उहाँ फेरी कागज उद्योगमै पुग्नुभयो । “त्यो… पुरा पढौ

फोटोपत्रकार संघ कास्कीको अधिवेशन सम्पन्न अध्यक्षमा राम गुरुङ निर्वाचित ।

पोखरा, २६ फागुन,नेपाल फोटो पत्रकार संघ (एनपिजेए) कास्कीको पोखरामा भएको नवौं अधिवेशनबाट अग्रज फोटो पत्रकार गुरुङको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित भएको छ ।संघको उपाध्यक्षमा राधिका कँडेल, सचिवमा धनबहादुर गुरुङ, सदस्यहरुमा संजय शाक्य, गिरीधारी पोख्रेल र प्रवेश पोखरेल निर्वाचित भएका हुन् । रिक्त रहेको सहसचिव र ३ सदस्यहरु कार्य समितिले पछि मनोनित गर्ने निर्वाचन समितिका संयोजक कृष्णमणि बरालले जानकारी दिए ।अधिवेशनको नेपाल पत्रकार महासंघ, गण्डकी प्रदेशका अध्यक्ष रमेश पौडेलले उद्घाटन गरेका थिए । कार्यक्रममा अध्यक्ष पौडेलले समाचार लेख्ने भन्दा फोटो… पुरा पढौ

दामनका महिला अल्लोको कपडा बुनेर स्वरोजगार बन्दै

फाल्गुण २० हेटौँडा,हेटौँडा, जिल्लाको थाहा नगरपालिका दामनका महिला स्वरोजगार बन्ने उद्देश्यले अल्लोको कपडा बनाउन थालेका छन् । वनमा जताजतै उपलब्ध हुने अल्लोको पाटबाट कपडा बुन्ने यहाँका स्थानीय महिलाले वार्षिक कार्यतालिका बनाएर काम गरिरहेका हुन् ।तरकारीको मौसम सकिएपछि महिला वनमा गएर अल्लो ल्याउने र पाटबाट धागो बनाएर कपडा बुन्न व्यस्त हुने गरेका छन् । अहिले यहाँका महिला अन्य जिल्लामा अल्लोको पाट निकाल्न र धागोसहित कपडा बुन्न सिकाउन पनि जान थालेका छन् ।लामो समयसम्म अल्लोको कपडा बनाउने तालिम लिएर काम गर्दै आएकी… पुरा पढौ

श्रमिकलाई न्यूनतमभन्दा कम पारिश्रमिक दिइए दण्डनीय ः प्रधानमन्त्री ओली

२०८१ फाल्गुण २० काठमाडौँ,प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै पनि बहानामा न्यूनतमभन्दा कम पारिश्रमिक दिएर श्रमिकलाई काम लगाएको पाइए दण्डनीय हुने बताएका छन् ।नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट)द्वारा आज आयोजित नेपाली ट्रेड युनियन आन्दोलनको ७८औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नर्सले पनि न्यूनतम पारिश्रमिक पाइरहेका छैनन् भन्ने सुनिएको उल्लेख गर्दै कुनै पनि बहानामा न्यूनतमभन्दा कम पारिश्रमिक दिएर श्रमिकलाई काम लगाउन पाइँदैन भने ।श्रमिकको मन प्रशन्न नभइकन उद्योग–व्यवसायका काम सहजरूपमा अघि बढ्न नसक्ने उल्लेख गर्दै प्रधानमन्त्री ओलीले श्रमिक रोजगारदातामा रुपान्तरण हुनसक्ने… पुरा पढौ

नेपालमा पहिलोपटक त्रिदेशीय एक्स्पो सम्पन्न

२०८१ फाल्गुण १८ पोखरानेपालमा पहिलोपटक आयोजना भएको त्रिदेशीय पर्यटन एक्स्पो (नेपाल इन्डिया चाइना एक्स्पो) नाइस–२०२५ मा नेपालको प्रवद्र्धन गरिएको छ । छिमेकी मुलुक भारत र चीनबाट बढीभन्दा बढी पर्यटक आकर्षण गर्ने र पर्यटन प्रवद्र्धनमा समन्वय तथा सहकार्य अभिवृद्धि गर्ने उद्देश्यले पोखरामा यही फागुन १२ देखि १४ गतेसम्म प्रदर्शनी आयोजना गरिएको थियो ।‘प्यासिफिक एसिया ट्राभल एशोसिएसन (पाटा) नेपाल च्याप्टर’ले नेपाल पर्यटन बोर्ड, पोखरा पर्यटन परिषद् र अन्य सरकारी तथा निजी क्षेत्रका साझेदार सरोकारवालाको सहकार्यमा आयोजना गरेको एक्स्पोमा एक सयभन्दा बढी अन्तरराष्ट्रिय… पुरा पढौ

राष्ट्रपतिबाट सराङकोट धामको उद्घाटन,

१७ फागुन पोखरा,राष्ट्रपति रामचन्द्र पौडेलले आज पर्यटकीय नगरी पोखरा स्थित सराङकोट धामको उद्घाटन गरें । हेलीकप्टर मार्फत काठमाण्डौंबाट सिधै सराङकोट धाम पुगी उनले सराङकोट टपमा निर्माण भएका विशाल पञ्चमुखि गणेश मुर्ति, कैलाशेश्वर शिव मन्दिर, १०८ शिवलिङग तथा जलधारा, ऐतिहासिक भूमेकालिका तथा भैरव मन्दिर सहितका धार्मिक संरचना एवम् त्यहाँ जारी श्रीमद्भागवत् ज्ञानमहायज्ञ एवम् धार्मिक पर्यटन महाउत्सवको विधिपूर्वक पुजाअर्चना गरी उद्घाटन गरेका हुन ।त्यस अवसरमा राष्ट्रपति पौडेलले जीवनमा एक पटक पुग्नैपर्ने धामका रुपमा सराङकोटलाई चिनाउदै त्यहाँ निर्माण भएका संरचनाको उद्घाटन गर्न पाउदाँ… पुरा पढौ