समाचार

भूकम्पपछिको पुर्ननिर्माणले अब तिव्रता पाउँने , गृहमन्त्री लेखक

फाल्गुण १५ काठमाडौँ,गृहमन्त्री रमेश लेखकले भूकम्पपछिको क्षति आँकलन, पुनःनिर्माण र पुनःस्थापनालाई तीव्रता दिइएको बताएका छन् ।सिंहदरबारमा आज बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको २९औँ बैठकमा गृहमन्त्री लेखकले जाजरकोट, डोटी र बझाङमा भूकम्पपछिको क्षतिको आँकलन, पुनःनिर्माण र पुनःस्थापनालाई सरकारले तीव्र रूपमा अघि बढाएको जानकारी दिए । भूकम्पपछिको पुनःनिर्माण एवं पुर्नस्थापनाका लागि जाजरकोट, डोटी र बझाङमा पुर्ननिर्माण तथा पुनःस्थापना आयोजना कार्यान्वयन इकाइको कार्यालय उद्घाटनगर्ने तयारी गरिएको उनले जानकारी दिए ।“हामीले बितेको ६ महिनामा विस्तृत क्षति आँकलन र नीजि घरको पुनःनिर्माण… पुरा पढौ

राष्ट्रपतिद्वारा ग्याल्पो लोसारको शुभारम्भ

फाल्गुण १५ काठमाडौँराष्ट्रपति रामचन्द्र पौडेलले शेर्पालगायत हिमाली, आदिवासी समुदायको नयाँ वर्ष श्यिङ मो डुल लो २१५२ ग्याल्पो ल्होसारको शुभारम्भ गरेका छन् ।राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित एक कार्यक्रममा फेमार (शेर्पा परिकार) काटेर राष्ट्रपति पौडेलले ग्याल्पो ल्होसारको शुभारम्भ गरेका हुन् । सो अवसरमा राष्ट्रपति पौडेलले बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विविधतायुक्त नेपाली समाजमा ग्याल्पो ल्होसारजस्ता पर्वहरूले सबै नेपालीबीच आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ गर्न योगदान दिने विश्वास लिएको बताए ।उनले नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक र… पुरा पढौ

राष्ट्रियसभाद्वारा सरकारको ध्यानाकर्षण

फाल्गुण ११ गते काठमाडौँ,राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले सभाको आकस्मिक, शून्य र विशेष समयमा सांसदले उठाएका विषयको सम्बन्धित मन्त्रीबाट सात दिनभित्र जवाफ दिन सरकारको ध्यानाकर्षण गराएका छन् ।सभाको आजको बैठकमा उनले राष्ट्रियसभा नियमावली, २०७५ मा भएको सो व्यवस्थाको प्रभावकारी कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण गराए । राष्ट्रियसभा नियमावलीमा नेपाल सरकारले बनाएको प्रत्यायोजित विधायन र सार्वजनिक नीति सम्बन्धित निकायबाट स्वीकृत भएको १५ दिनभित्र सांसदलाई वितरण गर्ने प्रयोजनार्थ सभालाई उपलब्ध गराउनुपर्ने व्यवस्था छ ।यस्तै आकस्मिक, शून्य र विशेष समयमा सांसदहरूले उठाएका विषयको जवाफ सम्बन्धित… पुरा पढौ

तथ्यभन्दा बाहिर गएर राजनीतिक दल र नेतालाई गाली गर्नु गलत ः महासचिव पोखरेल

पोखरा, ९ फागुन नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले तथ्यभन्दा बाहिर गएर राजनीतिक दल र नेतालाई गाली गर्ने गलत काम भइरहेको बताएका छन् । वडा केन्द्रित अभियानको सन्दर्भमा पार्टी कास्की जिल्ला कमिटीले शुक्रबार पोखरामा आयोजना गरेको अभिमुखीकरण कार्यक्रममा बोल्दै उनले देशको समस्या अस्थिर सरकार भएपनि तथ्य बाहिर गएर प्रचारबाजी भएको बताए । एउटै दलले बहुमत नपाउनु, साना दल धेरै हुनु, समीकरण फेरिइरहनु अस्थिर सरकारको कारण भएकोतर्फ महासचिव पोखरेलले इंगित गरे । छिमेकी देश चीन र भारतमा स्थिर सरकार हुँदा विकासमा फड्को… पुरा पढौ

सबै धर्म र सम्प्रदायको लक्ष्य मानव सेवा ः राष्ट्रपति पौडेल

फाल्गुण ९ गते धरान (सुनसरी)राष्ट्रपति रामचन्द्र पौडेलले जुनसुकै धर्म, सम्प्रदाय भए पनि सबैको लक्ष्य भनेको मानव सेवा नै भएको बताएका छन् । श्री कृष्ण प्रणामी धर्मशाला निर्माण समितिले धरानमा निर्माण गरेको धर्मशाला उद्घाटनपछि आयोजित समारोहलाई सम्बोधन गर्दै उनले भने, “जुनसुकै धर्म, सम्प्रदाय भए पनि सबैको लक्ष्य भनेको मानव सेवा नै हो, हरेक धर्म, सम्प्रदायलाई यही रुपमा बुझ्नसके यसले समाजमा सहिष्णुता बढाउन मद्धत पुग्छ भन्ने म ठान्दछु ।”राष्ट्रपति पौडेलले हाम्रा धर्मशास्त्रहरूले पनि सेवालाई अत्यधिक महत्व र प्रधानता दिएको बताए । उनले… पुरा पढौ

आज अन्तरराष्ट्रिय मातृभाषा दिवस

फाल्गुण ९ गते ,काठमाडौं,आज अन्तरराष्ट्रिय मातृभाषा दिवस नेपालसहित विश्वका विभिन्न मुलुकमा भाषिक जागरुकता, संस्कृतिक विविधता र बहुभाषावाद प्रवद्र्धनसम्बन्धी विविध कार्यक्रम आयोजना गरी मनाइँदै छ । विविधतामा एकता र अन्तरराष्ट्रिय समझदारीलाई प्रवद्र्धन गर्नु यो दिवसको मुख्य उद्देश्य हो ।सन् १९९९ को नोभेम्बरमा बङ्गलादेशले अन्तरराष्ट्रिय मातृभाषा दिवस मनाउन गरेको प्रस्तावलाई संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को)ले अनुमोदन गरेसँगै यो दिवस मनाउन थालिएको हो । यद्यपि संयुक्त राष्ट्रसङ्घको महासभाले भने सन् २००२ मा यो दिवसको घोषणा गरेको हो ।आज भाषाहरूले विकास,… पुरा पढौ

एमाले घर–घर पार्टी निर्माण अभियानमा

पोखरा, ९ फागुनसंगठन विस्तारको उद्देश्यसहित नेकपा (एमाले)ले थालेको वडा केन्द्रीत पार्टी निर्माण अभियान २०८१ कास्कीमा आज देखि सुरू हुँदैछ । टोलसम्म पार्टी कमिटी विस्तार गर्ने, सदस्यता नवीकरण तथा वितरण गरेर संगठन विस्तार गर्ने पार्टी केन्द्रीय कमिटीको उद्देश्यअनुसार कास्कीमा शुक्रबारदेखि तीन महिना लामो अभियान सुरू गर्न लागिएको हो ।अभियानको सुरूआत जिल्लाका एमाले नेता–कार्यकर्तालाई अभिमुखीकरण गराएर हुने नेकपा (एमाले)कास्की अध्यक्ष बैनबहादुर अधिकारी क्षेत्रीले जानकारी दिए । पोखरा सभागृहबाट कार्यक्रम सुरू हुदैछ । कार्यक्रममा सहभागी हुन पार्टी महासचिव शंकर पोखरेल ,उपमहासचिव एवं सञ्चार… पुरा पढौ

घान्द्रुक पर्यटन महोत्सव सुरु,घान्द्रुकको मौलिकता जोगाउन पर्नेमा जोड ,अन्नपूर्ण गाउँपालिकाको समृद्धको मुख्य आधार पर्यटनः अध्यक्ष केसी

७ फाल्गुण कास्की कास्कीको अन्नपूर्ण गाउँपालिका १० र ११ स्थित घान्द्रुकमा आजदेखि घान्द्रुक पर्यटन महोत्सव सुरु भएको छ ।घान्द्रुक पर्यटन व्यवस्थापन समिति घान्द्रुकको आयोजनामा आज देखि सुरु भएको घान्द्रुक पर्यटन महोत्सव फागुन १० गतेसम्म सञ्चालन हुनेछ । घान्द्रुक पर्यटन महोत्सवको उद्घाटन अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर केसीले गरे । महोत्सवको उद्घाटनपछि बोल्दै गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर केसीले अन्नपूर्ण गाउँपालिकाको समृद्धको आधार कृषि, पर्यटन, उर्जा र पूर्वाधार भएको बताए । बाइट गाउँपालिका अध्यक्ष केसी ‘हामीले घोषणा गरेका छौं अन्नपूर्ण गाउँपालिकाको समृद्धको आधार कृषि,… पुरा पढौ

समृद्धिमा राससले सहयोग गर्नुपर्नें ।

७ फाल्गुण कास्कीराष्ट्रि««य समाचार समिति (रासस)ले सुशासन र गण्डकीको समृद्धिका आधार पहिल्याउन सहयोग गर्नुपर्नेमा वक्ताहरूले जोड दिएका छन् । राससको ६४ औँ वार्षिकोत्सवका अवसरमा मंगलबार गण्डकी प्रदेश कार्यालयले पोखरामा आयोजना गरेको ‘सुशासन र समृद्धिका लागि रासस’ विषयक अन्तरक्रियामा वक्ताहरूले समृद्धिका लागि सुशासन अनिवार्य रहेकाले समाचारका माध्यमबाट राससले खबरदारी गर्नुपर्नेमा जोड दिएका हुन् ।कार्यक्रममा प्रदेश सरकारका सामाजिक विकास युवा तथा खेलकुदमन्त्री विन्दुकुमार थापाले स्वतन्त्र, विश्वसनीय र उत्तरदायी सञ्चार माध्यम सुशासनको महत्वपूर्ण आधारशीला रहेको बताए । भने, ‘राससले देशभरका जनतालाई सत्य, सन्तुलित… पुरा पढौ

पोखरामा बिहीबार राप्रपाको विरोध सभा हुने

फागुन ७ गते पोखराराष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) गण्डकी प्रदेशले फागुन ९ गते शुक्रबार पोखरामा विरोध सभा गर्दै छ । केन्द्रीय अध्यक्ष राजेन्द्र लिङदेनको उपस्थितिमा राप्रपाले पोखरामा विरोध सभा गर्न लागेको हो ।नवीन समझदारीमार्फत मुलुकलाई निकास दिने उद्देश्यले विरोध सभा आयोजना गरिएको राप्रपा गण्डकी अध्यक्ष पञ्चराम गुरुङले बताए । पोखरामा बुधबार पत्रकार सम्मेलन गर्दै अध्यक्ष गुरुङले भ्रष्ट्राचार र कुशासनको भण्डारफोर गर्न विरोध सभा आयोजना गरिएको बताए ।‘हामीले ४२ बुँदे ज्ञापनपत्र बुझायौं । प्रधानमन्त्रीदेखि स्थानीय तह, जिल्लामा गएर ज्ञापनपत्र बुझाइसकेका छौं तर,… पुरा पढौ