समृद्धिमा राससले सहयोग गर्नुपर्नें ।

-


     केन्द्रीय आवाज    
     फागुन ७ गते २०८१ मा प्रकाशित


अन्तरक्रिया कार्यक्रम उद्घाटन समारोह सहभागी पोखरा ६ फागुनः राष्ट्रिय समाचार समिति (रासस) गण्डकी प्रदेश कार्यालय, पोखराद्वारा राष्ट्रिय समाचार समितिको ६४औँ वार्षिकोत्सवका अवसरमा आयोजित ‘सुशासन र समृद्धिका लागि रासस’ विषयक अन्तरक्रिया कार्यक्रमको उद्घाटन समारोह सहभागी हुनुहुँदै प्रमुख अतिथि गण्डकी प्रदेशका सामाजिक विकास युवा तथा खेलकुदमन्त्री बिन्दुकुमार थापालगायत । तस्बिरः राधिका कँडेल÷रासस

७ फाल्गुण कास्की
राष्ट्रि««य समाचार समिति (रासस)ले सुशासन र गण्डकीको समृद्धिका आधार पहिल्याउन सहयोग गर्नुपर्नेमा वक्ताहरूले जोड दिएका छन् । राससको ६४ औँ वार्षिकोत्सवका अवसरमा मंगलबार गण्डकी प्रदेश कार्यालयले पोखरामा आयोजना गरेको ‘सुशासन र समृद्धिका लागि रासस’ विषयक अन्तरक्रियामा वक्ताहरूले समृद्धिका लागि सुशासन अनिवार्य रहेकाले समाचारका माध्यमबाट राससले खबरदारी गर्नुपर्नेमा जोड दिएका हुन् ।
कार्यक्रममा प्रदेश सरकारका सामाजिक विकास युवा तथा खेलकुदमन्त्री विन्दुकुमार थापाले स्वतन्त्र, विश्वसनीय र उत्तरदायी सञ्चार माध्यम सुशासनको महत्वपूर्ण आधारशीला रहेको बताए । भने, ‘राससले देशभरका जनतालाई सत्य, सन्तुलित र निष्पक्ष समाचार प्रवाह गर्दै समृद्ध राष्ट्र निर्माणको यात्रामा महत्वपूर्ण भूमिका खेल्दै आएको छ । गण्डकी प्रदेशका समस्या, चुनौती र समृद्धिका आधार पहिल्याउन, समाजमा देखिएका विभिन्न विकृति, विसंगति समस्या र समाधानका उपायबारे पनि उजागर गर्न आवश्यक छ ।’
सरकार मातहतको सञ्चार संस्था भए पनि राससले सरकारका कामको प्रशंसा गर्ने मात्र नभइ आलोचनासमेत गर्न सक्नुपर्नेमा मन्त्री थापाको जोड छ । उनले अहिले अर्थतन्त्रमा समस्या रहेको र व्यवसायीले बैंकबाट ऋण लिएर लगानी गर्न डराइरहेको अवस्थामा व्यावसायिक मनोवल वृद्धि र व्यावसायिक वातावरण निर्माणमा सञ्चार माध्यमको भूमिका महत्वपूर्ण हुुने औंल्याए ।
गण्डकी प्रदेशका प्रेस रजिस्ट्रार विमला भण्डारीले प्रदेश सरकारका गतिविधिलाई आमजनताबीच पु¥याउन राससको भूमिका महत्वपूर्ण हुने जनाइन् । राससको समाचार सेवालाई सबैको पहुँचमा पु¥याउनुपर्ने आवश्यकतामा जोड दिँदै उनले पछिल्लो समय राससले सुरु गरेको २४ घण्टा सेवा, मातृभाषामा समाचार लगायतको प्रशंसा गरिन् ।
राससका पूर्वकार्यकारी अध्यक्ष कोमलनाथ बरालले राष्ट्रिय अन्तर्राष्ट्रि«य महत्वका विषयमा सरकारको धारणा के हो भनेर बुझ्नका लागि रासस समाचार खोजी हुने गरेको सुनाए । पत्रकारको कलम र माइक्रोफोनले देशमा समृद्धि कायम गर्न सघाउने भएकाले खोजमूलक समाचारलाई प्राथमिकता दिन उनले आग्रह गरे ।

‘राससले खोजमूलक समाचार दिन सक्नुपर्दछ । खोजमूलक पत्रकारिताले जनताका भोगाइ सरकारसम्म ल्याउन सहयोग पुग्दछ र यसले विकास र समृद्धि हासिल गर्न सहयोग पुग्दछ’, पूर्वअध्यक्ष बरालले भने । राससको तत्कालीन पश्चिमाञ्चल क्षेत्रीय कार्यालयका प्रमुख एवं पत्रकार महासंघ कास्की शाखाका पूर्वअध्यक्ष नारायण कार्कीले राससको महत्व बढाउन यसलाई स्वायत्त संस्थाका रूपमा विकास गरिनुपर्ने धारणा राखे ।