समाचार

अस्थायी, करार कर्मचारी अब सामाजिक सुरक्षा योजनामा

२०८२ बैशाख २ काठमाडौं सरकारी निकायका कार्यरत अस्थायी, करार कर्मचारी अब सामाजिक सुरक्षा योजनामा सहभागी हुन पाउने भएका छन् । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका निमित्त सचिव डण्डुराज घिमिरेका अनुसार नयाँ वर्ष, २०८२ को पहिलो दिन राजपत्रमा सोसम्बन्धी सूचना प्रकाशित गरिएको छ । सरकारी कोष, नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहको पूर्ण वा आंशिक स्वामित्व भएका संस्थान, निगम, बोर्ड, प्राधिकरण, प्रतिष्ठानमा कार्यरतले सो योजनामा सहभागी हुन पाउने उनले जानकारी दिए । सामाजिक सुरक्षा कोषमा योगदानकर्ताका रुपमा सूचीकृत गरी… पुरा पढौ

वैदेशिक रोजगार व्यवसायी संघको अध्यक्षमा गुरूङ निर्वाचित

चैत ३० काठमाडौं वैदेशिक रोजगार व्यवसायीहरूको छाता संस्था नेपाल वैदेशिक रोजगार व्यवसायी संघको अध्यक्षमा भुवनसिंह गुरूङ निर्वाचित भएका छन् । संघको आज बिहान सम्पन्न मतपरिणममा गुरूङले अर्का उमेदवार नरेश गेलाललाई ६१ मतान्तरले पराजित गर्दै विजयी भएका हुन् । अध्यक्षमा गुरूङले ४२८ मत प्राप्त गरे भने गेलालले ३६७ मत प्राप्त गरे । गुरूङ संघको पूर्व द्वितीय उपाध्यक्ष एवं गुरूङ म्यानेजमेन्ट प्रालिका सञ्चालक हुन् । प्रथम उपाध्यक्षमा सुजित कुमार श्रेष्ठ, द्वितीय उपाध्यक्षमा देवकुमार खोखाली र तृतीय उपाध्यक्षमा बैकुण्ठप्रसाद पौडेल निर्वाचित भएका छन्… पुरा पढौ

२० औं फेवा नव वर्ष महोत्सव पोखरामा सुरु

३० चैत्र ,पोखरा पर्यटकीय राजधानी पोखराको लेकसाईडको सडकमा आजबाट २० औं फेवा नव वर्ष महोत्सव २०८२ सुरु भएको छ । पर्यटन, संस्कृति र खानालाई मुख्य आकर्षण बनाइएको यो महोत्सवमा प्रदेशस्तरीय मौलिक तथा रैथाने परम्परागत खानाको प्रदर्शन, सांस्कृतिक कार्यक्रम, मनोरञ्जनात्मक खेलकुद र पर्यटक दौड प्रतियोगिता मुख्य आकर्षणका रूपमा रहेका छन । महोत्सवको अवसरमा होटल सङ्घअन्तर्गतका सदस्य होटलहरूले आफ्नो प्रकाशित दररेटमा २० प्रतिशत छुट प्रदान गर्ने घोषणा गरेका छन् । हाल पोखराका होटलहरूमा पर्यटकको अकुपेन्सी ६० प्रतिशत रहेकोमा महोत्सवका कारण यो ९०… पुरा पढौ

सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था जनताको चाहनाअनुरुप , मुख्यमन्त्री पाण्डे

३० चैत्र दमौली गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था जनताको चाहनाअनुरुप स्थापना भएको वास्तविकता सुनाउँदै त्यसविरुद्ध जाने जोकोही सजायको भागीदार हुने बताएका छन् । व्यास नगरपालिकाको दमौलीमा आयोजित ३३औँ स्थापना दिवस कार्यक्रममा उनले लामो सङ्घर्ष र बलिदानबाट स्थापित सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाविरुद्ध जानेलाई कारबाही गरिने चेतावनी दिए । मुख्यमन्त्री पाण्डेले राजनीतिक अस्थिरता अन्त्य गर्दै वर्तमान व्यवस्थाबाट नै देशलाई आर्थिक उन्नतिको बाटोमा अगाडि बढाउनुको विकल्प नभएको बताए । उनले तीनवटै तहका सरकारको सहकार्यमा देश विकास सम्भव… पुरा पढौ

कास्कीमा एमालेको बृहत् जागरण सभा, ज्ञानेन्द्र तीनकुने घटनाको मास्टरमाइन्ड ः ईश्वर पोखरेल

पोखरा, ३० चैत कास्कीमा एमालेको बृहत् जागरण सभा सम्पन्न भयो । नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले काठमाडौंको तीनकुने घटनाको योजनाकार पूर्वराजा ज्ञानेन्द्र शाह भएकाले उहाँलाई कारबाही गरिने बताएका छन । कास्कीमा शनिबार आयोजित जागरण सभालाई सम्बोधन गर्दै पोखरेलले प्रक्रिया अनुसार पूर्वराजा शाहमाथि छानबिन हुने बताएका छन । त्यो कार्यक्रम हत्या, हिंसा, तोडफोड, आगजानी गर्ने उद्देश्यका साथ आयोजना गरिएको बताउदै , सम्पूर्ण कामको जवाफदेही, त्यसको योजनाकार, मास्टरमाइन्ड पूर्वराजा ज्ञानेन्द्र रहेको र अब यथोचित प्रक्रियाबाट छानबिन हुने पोखरेलले बताए । अराजकताबादलाई… पुरा पढौ

रक्तनायक कर्माचार्यले गरे १ सय ८२ औं पटक रक्तदान ।

२७ चैत्र, पोखरा नेपालका सर्वाधिक रक्तदान गर्ने प्रेमसागर कर्माचार्यले १ सय ८२ औं पटक रक्तदान गरे । नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं सर्वाधिक स्वयंसेवी शतक रक्तदाता कर्माचार्य ले स्याङ्गजाको पुतली बजारमा आजोजित रक्तदान कार्यक्रममा रक्तदान गरेका हुन । कर्माचार्यले यसभन्दा अगाडी १ सय ८१ औं पटकको रक्तदान नुवाकोट जिल्लामा गरेका थिए । रक्तदान पश्चात कर्माचार्य बताउछन “मैले आफ्नो ३÷३ महिनामा गर्ने नियमित रक्तदान कार्यलाई आज स्याङ्गजा जिल्ला अस्पताल, पुतलीबजारमा १८२औं पटको रक्तदान गर्ने मौका प्राप्त गरे । म… पुरा पढौ

चैते दसैँको अवसरमा बाग्लुड.कालिका मन्दिरमा धर्मालम्बीहरुको धुईचो

चैत २० गते ,पोखराचैते दसैँ सुरु भएसँगै बाग्लुड. कालिका मन्दिरमा धार्मिक पर्यटकको बढेका छन् । आइतबारदेखि नवरात्र सुरु भएको छ । चैते दसैँसमेत भनिने यस पर्वमा दुर्गा भवानीको पूजा उपासना गरिन्छ । चैते दसैँमा बागलुङ कालिका मन्दिरमा भने विशेष पूजाआराधना हुने भएकाले टाढा–टाढाबाट भक्तजन आउने गर्दछन् । चैतको नवरात्रमा बागलुङ कालिकाको पूजाआराधना र बलि दिइँदा आँटेको पुग्ने जनविश्वास छ । गण्डकी प्रदेशको मुख्य शक्तिपीठका रूपमा मन्दिरमा अहिल भक्तजनको भीड लागेको कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले बताए ।“चैते… पुरा पढौ

अन्नपूर्ण आधार शिविरमा पुग्न थाले आरोही

चैत १९ गते पोखराअन्नपूर्ण हिमाल आरोहणका लागि आरोहीहरू आधार शिविरमा पुग्न थालेका छन् । आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमाल आरोहण गर्ने आधार शिविर म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङको भूगोलमा पर्दछ ।चालु वसन्तयाममा अन्नपूर्ण हिमाल आरोहणका लागि आएका आरोही, शेर्पा, पथप्रर्दशक, मजदुर र पर्यटकहरूको आधार शिविरमा चहलपहल बढेको अन्नपूर्ण गाउँपालिका–४ का वडासदस्य श्याम पुर्जाले बताउनुभयो ।“अन्नपूर्ण आधार शिविरमा आरोहण टोलीले टेन्ट टाँगेर गाउँ जस्तै बनाएका छन्”, उहाँले भन्नुभयो, “आरोहण टोलीका साथै आन्तरिक तथा बाह्य पर्यटकहरूको पनि आगमन सुरु भएको छ… पुरा पढौ

गण्डकीका मन्त्री थापाको तलबभत्ता सामाजिक सेवामा खर्च

चैत १९ गते पोखरागण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले राज्यबाट प्राप्त सम्पूर्ण सेवा–सुविधा जनताको हितमा खर्च गर्दै आएका छन् । मंगलबार नेपाल प्रेस युनियन कास्कीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री थापाले आफ्नो पहिलो कार्यकालदेखि नै सेवा–सुविधाको रकम स्थानीय जनताका आवश्यकताअनुसार रचनात्मक कार्यमा लगाउँदै आएको उल्लेख गरे ।“जनताको प्रतिनिधि भएपछि तिनको आवश्यकतालाई सम्बोधन गर्नु मेरो कर्तव्य हो। मैले पाएको सेवा–सुविधा बापतको रकम सामाजिक कार्यमा खर्च गर्दै आएको छु”, मन्त्री थापाले भने।मन्त्री थापाका अनुसार २०७४ सालदेखि… पुरा पढौ

गणतन्त्र र राजसंस्थाको समर्थनमा काठमाडौँमा प्रदर्शन, बानेश्वर क्षेत्रमा झडप ।

१५ चैत्र काठमाडौँराजसंस्थाका पक्षधरहरु र गणतन्त्रका पक्षधरहरुले काठमाडौँमा छुट्टाछुट्टै स्थानमा शुक्रबार आयोजना गरेको प्रदर्शनका कारण काठमाडौँ उपत्यकाको जनजिबन प्रभावित हुनुको साथै ट्रफिक ब्यबस्थापन अस्तव्यस्त हुन पुगेको छ । काठमाडौँको तीनकुनेमा राजावादी हरूको प्रदर्शन सुरु भएको छ भने भृकुटीमण्डपमा गणतन्त्रबादीहरुको प्रदर्शन शुरु भैसकेको छ।काठमाडौँको तिनकुनेतर्फबाट राजावादी प्रदर्शनकारीहरु बानेश्वरतर्फ अघि बढेपछि प्रहरीले लाठीचार्ज गरेको छ । निषेधित क्षेत्र तोडेर प्रदर्शनकारीहरु अघि बढ्न खोजेपछि प्रहरीले लाठीचार्ज गरेको हो । सो क्रममा दुई पक्षबीच घम्साघम्सी चल्दा प्रहरीले लाडीचार्जका साथै केही राउण्ड अश्रुग्यास समेत प्रहार… पुरा पढौ