
२७ चैत्र, पोखरा
नेपालका सर्वाधिक रक्तदान गर्ने प्रेमसागर कर्माचार्यले १ सय ८२ औं पटक रक्तदान गरे । नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं सर्वाधिक स्वयंसेवी शतक रक्तदाता कर्माचार्य ले स्याङ्गजाको पुतली बजारमा आजोजित रक्तदान कार्यक्रममा रक्तदान गरेका हुन । कर्माचार्यले यसभन्दा अगाडी १ सय ८१ औं पटकको रक्तदान नुवाकोट जिल्लामा गरेका थिए ।
रक्तदान पश्चात कर्माचार्य बताउछन “मैले आफ्नो ३÷३ महिनामा गर्ने नियमित रक्तदान कार्यलाई आज स्याङ्गजा जिल्ला अस्पताल, पुतलीबजारमा १८२औं पटको रक्तदान गर्ने मौका प्राप्त गरे । म नियमित रक्तदानको सिलसिलामा जुम्ला, बझाङ्ग, नुवाकोट, सुर्खेत, डडेल्धुरा, लगाएत विभिन्न जिल्लामा रक्तदान गर्दै आएको छु । मैले यो विभिन्न जिल्लामा रक्तदान गर्न जानुको प्रमुख कारण भनेको मानवीय जीवन बचाउनका लागि यूवाहरुमा उत्प्रेरणा जागोस् भन्ने उद्देश्य रहेको छ । त्यसैले म प्रत्येक स्वस्थ यूवाहरुलाई आफ्नो १८ औं जन्मोत्सव सँगै रक्तदान जस्तो महानकार्यमा सरिक हुन अनुरोध गर्दछु ।
कार्यक्रम नेपाल स्वयंसेवी रक्तदाता समाज कास्की जिल्ला शाखाको विशेष संयोजनमा आयोजना गरिएको थियो र कार्यक्रमको सभापतित्व कास्की जिल्ला अध्यक्ष दिपेन्द्र अधिकारीले गरेका थिए ।
रक्त सञ्चार सेवाका प्रमुख साजन सापकोटाको आतिथ्यता एवं प्रविधिक सहयोगमा सम्पन्न कार्यक्रमलाई नेपाल स्वयंसेवी रक्तदाता समाज कास्की जिल्ला शाखाका सचिव विशाल अर्यालद्वारा सहजिकरण गरेका थिए । साथै नेपाल स्वयंसेवी रक्तदाता समाज कास्की जिल्ला शाखाले एक विशेष कार्यक्रम गरि २७ जना नया आजिवन सदस्य बितरण गरि आजिवन सदस्यहरुलाई सम्मान समेत गरेको थियो ।






