२० औं फेवा नव वर्ष महोत्सव पोखरामा सुरु

-


     केन्द्रीय आवाज    
     चैत्र २९ गते २०८१ मा प्रकाशित


३० चैत्र ,पोखरा

पर्यटकीय राजधानी पोखराको लेकसाईडको सडकमा आजबाट २० औं फेवा नव वर्ष महोत्सव २०८२ सुरु भएको छ ।

पर्यटन, संस्कृति र खानालाई मुख्य आकर्षण बनाइएको यो महोत्सवमा प्रदेशस्तरीय मौलिक तथा रैथाने परम्परागत खानाको प्रदर्शन, सांस्कृतिक कार्यक्रम, मनोरञ्जनात्मक खेलकुद र पर्यटक दौड प्रतियोगिता मुख्य आकर्षणका रूपमा रहेका छन ।

महोत्सवको अवसरमा होटल सङ्घअन्तर्गतका सदस्य होटलहरूले आफ्नो प्रकाशित दररेटमा २० प्रतिशत छुट प्रदान गर्ने घोषणा गरेका छन् । हाल पोखराका होटलहरूमा पर्यटकको अकुपेन्सी ६० प्रतिशत रहेकोमा महोत्सवका कारण यो ९० प्रतिशतसम्म पुग्ने अपेक्षा गरिएको छ ।

पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले महोत्सवको उद्घाटन गरेका छन् । उद्घाटन समारोहमा पर्यटन व्यवसायी, आमा समूह, बाल क्लब, संस्कृति क्लब, प्रहरी, प्रशासनलगायत विभिन्न निकायका प्रमुखहरूको उपस्थिति रहेको थियो । महोत्सवले पोखराको पर्यटन प्रवद्र्धनसँगै स्थानीय संस्कृति र खानाको संरक्षण र प्रचारमा महत्वपूर्ण योगदान पु¥याउने विश्वास गरिएको छ ।