
२०८२ बैशाख ६ गते ,पोखरा
पोखराको साहित्यीक संस्था गीताञ्जली साहित्य परिवार पोखराको २६८ औं श्रड.खलाको साधना प्रभात एवम नियमित रचना वाचन कार्यक्रम सम्पन्न भएको ।
पोखरा रामघाट स्थित गितामन्दिर परिसरमा प्रत्येक महिनाको पहिलो शनिवार नियमित रुपमा रचना वाचन तथा साधना प्रभात कार्यक्रम संचालन हुदै आएको छ ।
पोखरेली साहित्यकारहरुको साहित्यीक जमघट हुने थलोका रुपमा गीताञ्जली साहित्य परिवार रहेको र प्रत्येक महिनाको पहिलो सनिवार नियमित रुपमा कार्यक्रम आयोजना गर्ने गरिएको हुंदा कार्यक्रममा बाल, नवोदित साहित्यकार देखि बरिष्ठ साहित्यकारहरुको समेत जमघट हुने गरेको छ ।
कार्यक्रममा साहित्यकारहरुले, मानव जीवन, समाज, देशको बर्तमान राजनैतिक अवस्था लगायतका बिषयमा रचनाहरु पस्केर कार्यक्रममा रौनकता थपेका थिए ।
कार्यक्रममा साहित्यकारहरु, भानुभत्त भण्डारी “क्षितीज” ,धर्मराज पौडेल “अल्पायु”, शंकर ज्ञवाली, नरेन्द्र रानाभाट, तुलसी राम सुवेदी, नारायण प्रसाद बराल, रुद्र बहादुर थापा , गोविन्द प्रसाद पराजुली,बिष्णु प्रसाद पराजुली, नन्दमाया सुवेदी पौडेल,राज पौडेल साथै बालसाहित्यकारहरु प्रमिला सुनार लगायतका साहित्यकारहरुले आआफ्नो रचना बाचन गरेका थिए ।
साथै कार्यक्रमका प्रभात नायकका रुपमा राज पौडेल भावुक रहेका थिए । संस्थाका अध्यक्ष भानुभक्त भण्डारी क्षितीज को अध्यक्षतामा संचालित कार्यक्रमको संचालन सचिव नरेन्द्र रानाभाटले गरेका थिए भने कार्यक्रमा स्वागत उपाध्यक्ष शंकर ज्ञवाली,ले गरेका थिए । कार्यक्रममा कास्कीका १२ जना सहित्यकारहरुको जमघट रहेको थियो ।






