नेकपा एमाले को ११ औं महाधिबेशन पोखरामा हुने , संसद पुनस्थापनाको जनमत तयार गर्ने जस्ता निर्णय

-


     केन्द्रीय आवाज    
     कार्तिक १ गते २०८२ मा प्रकाशित


३१ असोज पोखरा

नेकपा एमालेको जारी केन्द्रीय समितिको बैठक पार्टीको ११ औं महाधिबेशन पोखरामा गर्ने र संसद पुनस्थापनाको लागि जनमत तयार गर्ने लगायतका २२ बुँदे समसामयिक प्रस्तावहरू पारित गर्दै सकिएको छ । शुक्रबार सम्पन्न बैठकले पार्टीको ११ औ महाधिवेशन आगामी मंसिर २७–२९ गते पोखरामा गर्ने निर्णय गरेको बैठकपछि जारी बिज्ञप्तिमा जनाइएको छ ।
नेकपा एमालेको केन्द्रीय कमिटीको दसौँ पूर्ण बैठकले सामाजिक सञ्जालको निर्बाध सञ्चालन, भ्रष्टाचारको विरोध र सुशासन लगायत विभिन्न माग राखेर जेनजी युवाहरुले भदौ २३ गते गरेको प्रदर्शनका क्रममा भएको जनधनको क्षतिबाट नेकपा (एमाले) स्तब्ध भएको ठहर गरेको छ आन्दोलनको क्रममा जीवन गुमाउने युवाहरु एवं कर्तब्य पालनाको सिलसिलामा अराजक समूहहरुद्वारा बर्बर हत्या गरिएका सुरक्षाकर्मी र नागरिकहरुप्रति श्रद्धाञ्जली अर्पण गर्नुको साथै घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्ने निर्णय पनि पार्टीको बैठकले गरेको छ ।
बैठकमा पार्टीका अध्यक्ष एबम पुर्ब प्रधानमन्त्री केपी शर्मा ओलीले पेस गरेको विशेष प्रस्ताव सुझाव सहित सर्वसम्मतिले पारित गरेको छ । बैठकमा सहभागी केन्द्रीय कमिटी, पोलिटब्युरो सदस्य, स्थायी कमिटी सदस्य, केन्द्रीय सचिवालय सम्बद्ध केन्द्रीय पदाधिकारीले पार्टी संगठन बलियो बनाउन बिभिन्न किसिमका सुझाव सहितको मन्तव्य राखेका थिए ।
तीन दिनको बैठकमा केन्द्रीय कमिटीका २ सय ३३ जना, प्रदेश कमिटीका अध्यक्ष ८ जना, पोलिटब्युरोका ४६ जना, स्थायी कमिटीका २१ जना, केन्द्रीय निकायका ३ जना र पदाधिकारी १७ जनाले सदस्यले सुझावसहितको मन्तव्य राखेका बैठक पछि प्रचार विभागका प्रमुख राजेन्द्र गौतमले संचारकर्मीहरुलाई जानकारी दिए । बैठकमा चारवटा आयोगका अध्यक्षहरू क्रमशः अनुशासन आयोगका अध्यक्ष केशव बडाल, सल्लाहकार परिषद्का अध्यक्ष अमृतकुमार बोहरा, लेखा परीक्षण आयोगका अध्यक्ष डा पुष्प कँडेलले आफ्नो मन्तव्यसहित सुझाव राखेका थिए ।
स्तावमा भदौ २३ गते आयोजित जेनजी प्रदर्शन, संसद् भवनमा आगजनी, गोली प्रहार र हत्या, भदौ २४ को त्रासदीपूर्ण घटना, वर्तमान अन्तरिम सरकार, प्रतिनिधिसभा विघटन, छानबिन आयोग सम्बन्धमा दुष्प्रचार, नियोजित षड्यन्त्रका सम्बन्धमा, निर्वाचनका सम्बन्धमा जोखिमपूर्ण बन्दै गएको, शान्ति सुरक्षाको स्थिति, भ्रष्टाचार नियन्त्रण र सुशासन नवयुवा पुस्ताको सरकार, लोकतान्त्रिक शक्तिहरूलाई सहयोगका लागि आह्वान पार्टीको आन्तरिक एकतालाई थप सुदृढ र उच्च बनाउनुपर्ने, देशलाई संविधान र लोकतन्त्रको मार्गमा फर्काउन जनआन्दोलनको विकल्प नरहेकोले संविधान र लोकतन्त्रका पक्षधर राजनीति दलहरु र आमनागरिकलाई आह्वान गरिएको
बैठकको समापनको अबसरमा बोल्दै पार्टी अध्यक्ष केपी शर्मा ओलीले अहिले देखापरेको राजनीतिक सङ्कटको समाधान गर्न, लोकतन्त्रको रक्षा गर्न, संविधानलाई लिकमा लान पनि प्रतिनिधिसभाको पुनस्र्थापना आँफुहरुको मुख्य माग रहेको स्पष्ट पारे । साथै उनले निर्वाचन देखाउने दाँत मात्र भएको भन्दै सरकार व्यवहारतः निर्वाचनको पक्षमा नभएको दाबी गरेका थिए ।