समाचार

पोखरा १५ बृहत खेलकुद महोत्सवः विद्यालय स्तरीय ५ किमि दौडमा बिजय र समृद्धि बिजयी

९ माघ पोखरा । पोखरा महानगर वडा नं १५ को आयोजनामा जारी वृहत खेलकुद महोत्सवमा शुक्रबार विद्यालय स्तरीय छात्रछात्रा दौड सम्पन्न भएका छन । जसअन्तर्गत छात्रा तर्फको दौडको उपाधि सेन्ट फ्रान्सिका बिजय बिकले हात पारेका छन । निर्धारित दुरी पाँच कि.मि. ८ मिनेट ४० सेकेण्ड २४ मिलिसेकेण्डमा पार गर्दै बिकले दौडको उपाधि जितेका हुन । दौडमा सेन्ट फ्रान्सिसकै राज परियारले निर्धारित दुरी ८ मिनेट ५४ सेकेण्ड ५४ मिलिसेकेण्डमा पार गर्दै दोस्रो भए । त्यसैगरी केल्स एकेडेमीका आनन्द कुँवरले निर्धारित दुरी… पुरा पढौ

छैटौं टाइगर कप आज देखि सुरु, एपीएफ, आर्मी र न्यू डायमण्डको विजयी सुरुआत

९ माघ पोखरा छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लव च्याम्पियनसिप सुरु भएको छ । टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा पोखरा रंगशालास्थित भलिबल कोर्टमा सुरु भएको च्याम्पियनसिपको उद्घाटन गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले गरेका हुन् । च्याम्पियनसिपको पहिलो दिन शसस्त्र प्रहरी बल (एपीएफ), त्रिभुवन आर्मी क्लब र न्यू डायमण्ड स्पोट्र्स क्लबले विजयी सुरुआत गरेका छन् । पहिलो खेलमा महिलातर्फ न्यू डायमण्डले आर्मीलाई ३–० को सोझो सेटमा पराजित ग¥यो । न्यु डायमण्डले पहिलो सेट २५–१३, दोस्रो सेट २५–१६ र… पुरा पढौ

पोखरा १५ ः वडा स्तरीय खेलकुद महोत्सवमा डोरी तान र ब्याडमिन्टन तर्फको खेल सम्पन्न

पोखरा । पोखरा महानगरपालिका वडा नं १५ द्धारा आयोजित वडा स्तरीय खेलकुद महोत्सवमा बुधवार डोरी तान र ब्याडमिन्टन तर्फको खेल सम्पन्न भएका छनभने भलिवल, यूनि हक्की र फुटवल प्रतियोगिता जारी रहेका छन । बुधवार आयोजित डोरी तान प्रतियोगितामा जनजागृति र संगम बीचको खेलमा जनजागृती आमा समुह प्रथम भएका छन । प्रतियोगितामा सानी मजुवा आमा समुह बसुन्धरा मार्ग तृतीय भएका छन । पोखरा १५ मितेरी बहुद्देश्यीय भवन मितेरी टोलमा सम्पन्न ब्याडमिन्टन प्रतियोगितामा सिंगल पुरुषतर्फ तल्लो नयाँगाउँ टोल बिकास संस्थाका हरिबहादुर आले… पुरा पढौ

पोखरा महोत्सव जारी भोली छेलो प्रतियोगिताको फाइनल

७ माघ पोखरा । पोखराको अमरसिंह खेल मैदानमा जारी १४ औं संस्करणको पोखरा महोत्सव नवौं दिनमा आइपुग्दा दर्शकको उल्लेख्य सहभागीता रहेको छ । महोत्सवमा दर्शकको सहभागीता संगै महोत्सवमा रहेका स्टलहरुमा समेत कारोवार दिन प्रतिदिन वढ्दै गइरहेको छ । महोत्सवमा राखिएको घरायसी सामाग्री, लत्ता कपडा, विभिन्न अर्गानिक खानाका परिकारका स्टल, कृषिका स्टल संगै वाल उद्यानतर्फ दर्शकको विशेष आकर्षण रहेको छ । महोत्सवमा दर्शकहरुलाई मनोरन्जन दिन हरेक दिन राष्ट्रिय स्तरमा ख्याति प्राप्त कलाकारहरुको प्रस्तुती समेत रहने गरेको छ । बुधवार महोत्सवमा चर्चित… पुरा पढौ

पोखरा महोत्सवको छैठौ दिन समीक्षा अधिकारीले नचाईन पोखरेली दर्शकहरुलाई ।

४ माघ पोखरा । पोखराको अमरसिंह खेल मैदानमा जारी पोखरा महोत्सवको छैठौ दिन समीक्षा अधिकारीले नचाईन पोखरेली दर्शकहरुलाई । अधिकारी संगै लोकदोहोरी कलाकारहरु राजन कार्की, चोलेन्द्र पौडेल, माया गुरुङ, शिव शर्मा, कमला गैह्रे, अनिल चापागाईं लगायतको प्रस्तुतीमा दर्शकहरुले भरपुर मनोरन्जन लिए । साँझको लाइभ कन्सर्टमा दुर्गेश थापाको प्रस्तुतीमा युवाहरु झुमे । महोत्सवको सातौं दिन सोमबार लोकदोहोरी तर्फ अर्जुन सापकोटा, चोलेन्द्र पौडेल, रामजी पौडेल, सरीता सारु मगर, केशव घिमिरे, रमा राना, आयुष परियार, मिलन दुलाल लगायतको प्रस्तुती रहने छभने सांझको लाइभ… पुरा पढौ

माघे संक्रान्ति/माघी पर्वको अवसरमा प्रदेश प्रमुखद्वारा शुभकामना

पोखरा, १ माघ गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले माघे (मकर) संक्रान्ति/माघी पर्वका अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ । बिहीबार शुभकामना सन्देश जारी गर्दै प्रदेश प्रमुख भट्टले हाम्रा चाडपर्वले हाम्रो भौगोलिक, धार्मिक, सांस्कृतिक, जातीय र भाषिक विविधतालाई आपसमा गाँसेर सामाजिक सद्भाव, राष्ट्रिय एकता र साझा नेपाली पहिचान, अनेकतामा एकता कायम गर्नमा महत्वपूर्ण योगदान गरेको उल्लेख गर्नुभएको छ । ‘हाम्रा सँस्कृति जोगाउनु हाम्रो कर्तव्य हो, मौलिकता जोगाउन सके मात्रै नेपालीपनको रक्षा गर्न सकिन्छ ।’ प्रदेश प्रमुख भट्टले भन्नुभएको छ – ‘सिंगो नेपाली… पुरा पढौ

नेपाल फोटोग्राफर महासंघको प्रथम ऐतिहासिक महाधिवेशन काठमाण्डौंमा सम्पन्न ।

काठमाण्डौं, २०८२ पौष २१ नेपाल फोटोग्राफर महासंघको प्रथम ऐतिहासिक महाधिवेशन काठमाण्डौंमा सम्पन्न भयो । फोटोग्राफी एकताका लागि २०७५ सालमा स्थापना गरिएको यस संस्थाले २०८१ मा पुर्णता प्राप्त गरे पश्चात आधिकारीक रुपमा पहिलो पटक महाधिवेशनका आयोजना गरिएको हो । यस कार्यक्रम नेपालका वरिष्ठ फोटोग्राफर तथा छायांकार मञ्जुकुमार श्रेष्ठको प्रमुख आतिथ्यतामा आयोजना गरिएको थियो । पानशमा बक्ति बाली कार्यक्रमको समुद्धघाटन गरिएको थियो । कार्यक्रममा संस्थाको भावी कार्ययोजना संस्थाका अध्यक्ष महेन्द्र प्रसाद उपाध्यायले प्रस्तुत गरेका थिए भने आर्थिक प्रतिवेदन प्रस्तुत सहित संस्थाको स्थापना,औचित्य… पुरा पढौ

माछापुच्छ्रे टेनिस , मेन्स सिंगल उपाधी करनलाई, ३५ वर्षमाथि जितेन्द्र च्याम्पियन

पुष १६,पोखरा कास्की जिल्ला टेनिस संघद्वारा आयोजित २२औं संस्करणको माछापुच्छ्रे पोखरा ओपन तथा भेट्रान्स टेनिस प्रतियोगितामा मेन्स सिंगलको उपाधी करन बहादुर थापाले जितेका छन् । बुधबार पोखरा रंगशालामा भएको फाइनल खेलमा आयुषमान हजुर घलेलाई,६–०, ४–६ र ६–३ को सेटमा पराजित गर्दै उनले ८० हजार नगद सहित ट्रफि मेडल प्रमाण पत्र पुरस्कार प्राप्त गरे । दोश्रो स्थानमा चित्त बुझाएका आयुषमानले नगद ४० हजार सहित ट्रफि मेडल प्रमाणपत्र पुरस्कार प्राप्त गरे । त्यसैगरि ३५ वर्ष माथिको मेन्स सिंगल जितेन्द्र परियारले जितेका छन्… पुरा पढौ

माछापुच्छ्रे कप पोखरा ओपन तथा भेट्रान्स टेनिसमा कमल थापालाई दोहोरो उपाधी

पुष १४,पोखरा कमल थापाले पोखरामा जारी २२ औं माछापुच्छ्रे कप पोखरा ओपन तथा भेट्रान्स अन्तर्राष्ट्रिय टेनिस प्रतियोगितामा दोहोरो उपाधी जितेका छन् । थापाले ६५ वर्ष माथिको एकलतर्फ पोखराका पदम गुरुङलाई ४–२, ४–० को सेटमा पराजित गर्दै उपाधी जिते भने ६५ वर्ष माथि छ्याम्बा ढुन्डुपलाई जोडी बनाएका थापाले ध्रुव गुरुङ र बिदुर विष्टको जोडीलाई ४–१, ४–१ को सटेमा पराजित गर्दै दोहोरो उपाधी आफ्नों नाम गराए । कास्की जिल्ला टेनिस संघको आयोजनामा पोखरा रंगशालामा जारी प्रतियोगिता अन्तर्गत मेन्स डबल्स उपाधी प्रदीप खड्का… पुरा पढौ

कास्कीको माछापुच्छ्रे गाउँपालिकाको गाउँ सभाको १८ औं अधिवेशन सम्पन्न ।

२०८२ पुष १४, पोखरा । कास्कीको माछापुच्छ्रे गाउँपालिकाको गाउँ सभाको १८ औं अधिवेशन सम्पन्न भएको छ । गाउँपालिकाका अध्यक्ष मिन बहादुर गुरुङले बैठक प्रारम्भ गरेसँगै सभाले विनियोजन ऐन, २०८२ लाई संयोधन गर्न बनेको विधेयक ‘माछापुच्छ्रे गाउँपालिका, कास्कीको विनियोजन ऐन, २०८२’ बहुमतले पारित गरेको छ । गाउँपालिकाककी उपाध्यक्ष सीता अधिकारीले विनियोजन ऐन २०८२ संशोधन सम्बन्धी प्रस्ताव पारित गरियोस् भन्ने प्रस्तावमा सभा सदस्यहरुको वहुमतले उक्त विधेयक पारित गरेको हो। यो विधेयक सभाबाट पारित भएपछि तुरुन्त प्रारम्भ हुनेछ । माछापुच्छ्रे गाउँपालिका, कास्कीको आर्थिक… पुरा पढौ