नेपाल फोटोग्राफर महासंघको प्रथम ऐतिहासिक महाधिवेशन काठमाण्डौंमा सम्पन्न ।

-


     केन्द्रीय आवाज    
     पौष २१ गते २०८२ मा प्रकाशित


काठमाण्डौं, २०८२ पौष २१
नेपाल फोटोग्राफर महासंघको प्रथम ऐतिहासिक महाधिवेशन काठमाण्डौंमा सम्पन्न भयो । फोटोग्राफी एकताका लागि २०७५ सालमा स्थापना गरिएको यस संस्थाले २०८१ मा पुर्णता प्राप्त गरे पश्चात आधिकारीक रुपमा पहिलो पटक महाधिवेशनका आयोजना गरिएको हो ।
यस कार्यक्रम नेपालका वरिष्ठ फोटोग्राफर तथा छायांकार मञ्जुकुमार श्रेष्ठको प्रमुख आतिथ्यतामा आयोजना गरिएको थियो । पानशमा बक्ति बाली कार्यक्रमको समुद्धघाटन गरिएको थियो ।
कार्यक्रममा संस्थाको भावी कार्ययोजना संस्थाका अध्यक्ष महेन्द्र प्रसाद उपाध्यायले प्रस्तुत गरेका थिए भने आर्थिक प्रतिवेदन प्रस्तुत सहित संस्थाको स्थापना,औचित्य आवश्यकताका बारेमा संस्थाका कोशाध्यक्ष तुलसी राम सुवेदीले प्रकाश पारेका थिए । कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष महेन्द्र प्रसाद उपाध्यायले गरेका थिए भने संचालन महासचिव डिगम्बर राजबंशीले गरेका थिए ।
कार्यक्रमका सम्योजक तथा संस्था का बरिष्ठ उपाध्यक्ष श्री राम कंडेलले सम्पुर्ण अतिथि तथा सदस्य हरु लाई स्वागत गरेका थिए ।
कार्यक्रममा संस्था स्थापनामा महत्वपुर्ण भूमिका निभाएका संस्थापक , पदाधिकारी तथा केन्द्रिय सदस्य साथै कार्यक्रमलाई बिशेष सहयोग पु¥याउने सहयोग दाताहरुलाई मायाको चिनोले सम्मान गरिएको थियो ।
साथै देश का २० जिल्लाका १ सय २२ जना महाधिवेशन प्रतिनिधिहरु बिचमा ८२८४ दुई बर्षका लागि नयां कार्यसमिति सर्व सम्मत चयन गरियो । निर्वाचन प्रकृयाबाट ३९ जना केन्द्रिय पदाधिकारी तथा सदस्यहरु सर्वसम्मत चयन गरियो । जस अन्र्तगत अध्यक्षमा महेन्द्र प्रसाद उपाध्याय, वरिष्ठ उपाध्यक्षमा श्रीराम कंडेल, उपाध्यक्षहरूमा दुर्गा प्रसाद पौडेल, बसन्त जोशी, भुवनराज जोशी, डिगम्बर राजवंशी, विष्णु प्रसाद भुषाल र पप्पु शाह चयन भएका छन् ।
त्यसैगरि महासचिवमा विक्रम न्यौपाने, सचिवहरूमा तुलसीराम सुवेदी, गणेश कुमार दंगाल, र मोतीबहादुर बोगटी, कुल राज चौधरी, कोषाध्यक्षमा जीवन ढुंगाना र सहकोषाध्यक्षमा टोप प्रकाश वि.क र बिजय शर्मा जैसी रहेका छन् । साथै देशका सबै सक्रिय जिल्लाको प्रतिनिधित्व रहने गरि नेपाल भरिबाट २५ जना केन्द्रीय सदस्य समेत चयन भएका छन ।
संस्थालाई अझ मजवुत बनाउनका लागि महासंघको संसोधीत बिधान मस्यौदा समेत परित गरिएको छ भने संसोधन पश्चात सवै प्रदेश र जिल्लाका फोटोग्राफरहरुलाई समेटी जिल्ला संघहरूको स्वाधीनता रक्षा गर्दै व्यवसायिकता मजबुत बनाउने, युगसापेक्ष परिवर्तन अनुसार फोटोग्राफरहरूलाई बदल्ने योजना अघि बढाउने योजना रहेको नवनिर्वाचित महासचिव बिक्रम न्यौपानेले जानाकारी गराए ।
काठमाण्डौं, फोटोग्राफर संघको स्थानिय सहयोगमा संचालन गरिएको कार्यक्रममा फोटो कन्सर्न प्रा.लि.काठमाण्डौं, क्यानोन हाउस चितवन , प्रीतिका क्यामेरा काठमाण्डौं ,फोटोसंसार प्रा.लि काठमाण्डौं., शिवराम ट्रेर्डस कम्पनी काठमाण्डौं, हेभिहेल्प लिङ्क प्रा.लि. काठमाण्डौं, एसटिसी नेपाल, जि.के.ट्रेड एण्ड सप्लायर्स बुटवल , क्यामेरा जोन काठमाण्डौं, ड्रोन हाउस काठमाण्डौं लगायत का ब्यबसायीक प्रतिष्ठानहरु को सहयोग रहेको थियो ।