
पोखरा, ९ माघ
पोखरा फोटोग्राफर संघ कास्कीले आफ्ना सदस्यहरुका लागि दुई दिने ईन्टरनेटमा आधारित सेवा सम्बन्धी अधिमुखीकरण कार्यक्रम आज देखि सुरु गरेको छ ।
आज सम्पन्न कार्यक्रममा प्रमुख अतिथि कैलास बचत तथा ऋण सहकारी संस्थाका लि.का अध्यक्ष खडानन्द अधिकारीले पानशमा बत्ती बालेर समुद्घाटन गरेका थिए ।
संस्थाकी उपाध्यक्ष तथा अधिमुखीकरण कार्यक्रमकी संयोजक नन्दकला पौडेलले उपस्थित सम्पुर्णमा स्वागत मन्तब्य द्धारा स्वागत गरेकी थिईन । सभाअध्यक्ष ,प्रमुख अतिथि तथा अतिथीहरुलाई महिला उपसमिति संयोजक मीरु लम्साल तथा बविता पौडेलले खादा लगाएर स्वागत गरेका थिए ।
अधिमुखीकरण कार्यक्रमकार्यक्रमको आवश्यकता र औचित्यका बारेमा सहजकर्ता संस्थाका पुर्व अध्यक्ष घनश्याम पौडेलले प्रकाश पारेका थिए ।
पोखरा फोटोग्राफर संघका अध्यक्ष भक्त बहादुर तामाड.को सभापतित्वमा संचालन भएको कार्यक्रमको संचालन संस्थाका सचिव लक्ष्मीपति पौडेलले गरेका थिए ।
कार्यक्रमको सफलताको लागि संस्थाका पुर्व अध्यक्ष तथा सल्लाहकार बलराम शर्मा , संस्थाका पुर्व अध्यक्ष तथा नेपाल फोटोग्राफर महासंघ नेपालका नवनिर्वाचित सचिव तुलसीराम सुवेदी , संस्थाका पुर्व अध्यक्ष तथा नेपाल फोटोग्राफर महासंघ नेपालका नवनिर्वाचित उपाध्यक्ष दुर्गा प्रसाद पौडेल लगायतले शुभकामना मन्तब्य राखेका थिए ।
कार्यक्रमको सहजकर्ता को रुपमा पुर्व अध्यक्ष तथा सल्लाहकार घनश्याम पौडेल तथा केशव लामिछाने रहेका छन । कार्यक्रममा कास्कीका एक सय जना व्यवसायीक फोटोग्राफरहरुको सहभागीता रहेको थियो ।
साथै नेपाल फोटोग्राफर महासंघ नेपालको हालै सम्पन्न प्रथम महाधिवेशनमा कास्कीबाट नव निर्वाचित पदाधिकारी तथा केन्द्रिय सदस्यहरुलाई सम्मान समेत गरिएको थियो ।
नेपाल फोटोग्राफर महासंघ नेपालको हालै सम्पन्न प्रथम महाधिवेशनमा कास्कीबाट नव निर्वाचित पदाधिकारीहरुमा उपाध्यक्ष दुर्गा प्रसाद पौडेल , सचिव तुलसी राम सुवेदी,कोषाध्यक्ष जीवन ढुंगाना तथा केन्द्रिय सदस्यहरु घनश्याम पौडेल, राममणि पौडेल,गुरुप्रसाद तिवारी ,रवीनाथ दाहाल,रामचन्द्र पोखरेल तथा पदेन सदस्य संस्थाका बर्तमान अध्यक्ष भक्त बहादुर तामाड.लाई संस्थाको तर्फबाट बधाई तथा शुभकामना सहित सम्मान गरिएको थियो ।






