समाचार

पोखरामा निरन्तर वर्षा, आज देशका अधिकांश क्षेत्रमा भारी वर्षा हुने

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । जसको प्रभावले पोखरामा पनि गए राति देखि निरन्तर वर्षा भएको छ । पोखरामा सोमबार राति सुरु भएको वर्षा ७ः४० बजेसम्म निरन्तर भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार मंगलबार देशभर साधारणतया देखि पूर्णतया बदली रहने जनाएको छ । देशैभरका धेरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । साथै गण्डकी, कोशी, बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना छ । गण्डकी,… पुरा पढौ

युवा, विद्यार्थी स्वदेशमै बस्ने वातावरण निर्माणका लागि विश्वविद्यालयको अग्रसरता अपरिहार्य छ ः प्रधानमन्त्री प्रचण्ड

१७ असार,काठमाडौँप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले युवा, विद्यार्थी विदेश जानुपर्ने कारण पत्ता लगाई उनीहरु स्वदेशमै बस्ने वातावरण निर्माणका लागि विश्वविद्यालयहरूको अग्रसरता अपरिहार्य भएको बताएका छन् । पूर्वाञ्चल विश्वविद्यालयसभाको ३९औँ बैठकलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले पछिल्लो समय विदेशिने युवा, विद्यार्थीको सङ्ख्या बर्सेनि बढ्दै गएकाले त्यसलाई रोक्नुपर्नेमा जोड दिए । “युवा, विद्यार्थी विदेश जानुपर्ने कारण पत्ता लगाई उनीहरु स्वदेशमै बस्ने वातावरण निर्माणका लागि विश्वविद्यालयहरूको अग्रसरता अपरिहार्य छ,” प्रधानमन्त्री दाहालले भने, “अतः २१औँ शताब्दीका युवा, विद्यार्थीका चाहना, आवश्यकता र प्राथमिकता बुझेर सोही अनुसारका… पुरा पढौ

बैरागी काइँला र एलपी जोशीलाई पुरस्कृत गरिने

असार १७ पोखराजनकविकेशरी धर्मराज–सावित्री थापा प्रतिष्ठानले २०८० सालको जनकविकेशरी धर्मराज–सावित्री थापा लोक संस्कृति–साहित्य पुरस्कार र जनकविकेशरी धर्मराज–सावित्री थापा लोक गीत–सङ्गीत पुरस्कारका लागि स्रष्टाको नाम घोषणा गरेको छ । प्रतिष्ठानले जनकविकेशरी धर्मराज–सावित्री थापा लोक संस्कृति–साहित्य पुरस्कार आयामिक सिद्वान्तका प्रवर्तकमध्येका एक आयामवादी कवि बैरागी काइँला र जनकविकेशरी धर्मराज–सावित्री थापा लोक गीत–सङ्गीत पुरस्कार लोक संस्कृतिकर्मी एलपि जोशी (लक्ष्मीप्रसाद जोशी)लाई प्रदान गर्ने भएको हो । प्रतिष्ठानका अध्यक्ष मदनराज थापाका अनुसार नेपाली लोक संस्कृति–साहित्यको श्रीवृद्धिमा निरन्तर समर्पित भई राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा योगदान गरेकाले कवि… पुरा पढौ

पोखरामा महासंघका पदाधिकारीहरुलाई सम्मान तथा अन्तरक्रिया सम्पन्न ।

१७ असार,पोखरापोखरा फोटोग्राफर संघ पोखरा नेपालले, नेपालका फोटोग्राफरहरुको छाता सस्था नेपाल फोटोग्राफर महासंघले आधिकारीकता प्राप्त गरेको अवसरमा महासंघका पदाधिकारीहरुलाई सम्मान सहित अन्तरक्रिया कार्यक्रम सम्पन्न ग¥यो ।ब्यवसायीक एकता र अभिभावकत्वका लागि महासंघ अनिवार्य रहेको हुंदा फोटोग्राफरहरुको छाता संगठनका रुपमा लैजानमा सवै फोटोग्राफर संघ संगठनहरुको सहकार्यमा सफल भईएको महासंघका अध्यक्ष मह््ेन्द्र प्रसाद उपाध्यायले बताए ।२०७५ सालमा बुटवलमा भएको फोटोग्राफरहरुको भेलाले आफुलाई संयोजकका रुपमा अगाडी सारेको र सवैको साथ र सहयोगले महासंघलाई आधिकारीकता प्राप्त गर्न सफल भएकोमा सवैलाई धन्यवाद सहित आभार ब्यक्त गरे… पुरा पढौ

एकीकृत समाजवादीको महाधिवेशनमा नजान पार्टीका नेताहरुलाई ओलीको निर्देशन

काठमाडौं, १६ असारनेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली नेकपा (एकीकृत समाजवादी) को महाधिवेशनमा नजाने भएका छन् । एकीकृत समाजवादीको १०औं महाधिवेशन आज (आइतबार) उद्घाटन हुँदैछ । उद्घाटन समारोहमा एकीकृत समाजवादीले संसद्मा रहेका सबै दलहरु र संसद् बाहिरका महत्वपूर्ण घटकहरुलाई समेत निमन्त्रणा पठाइएको छ । एमाले अध्यक्ष ओलीलाई निमन्त्रणा पठाइएको भएपनि उनी महाधिवेशनमा नजाने निश्चित भएको बालकोट स्रोतले बताएको छ । महाधिवेशनमा सहभागी नहुने निर्णयमा पुगेका ओलीले पार्टीका अरु नेताहरुलाई पनि नजान भनेको छन् । एकीकृत समाजवादी सत्ता समीकरणको घटक… पुरा पढौ

पोखरामा छैटौ केन्पो काई राष्ट्रिय प्रतियोगिता सम्पन्न

१६ असार,पोखरा पोखरामा शनिबार छैटौं केन्पोकाई राष्ट्रिय प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा ६ प्रदेशका २ सय भन्दा बढी खेलाडीहरुको सहभागिता रह्यो । महिला र पुरुष विधामा विभिन्न उमेर समूहबीच प्रतिष्पर्धा भएको थियो । पुरुष विधामा खुल्ला तौल समूहतर्फ अनमोल मल्ल प्रथम भए । मनिष पुलामी मगर दोस्रो, रोशन परियार र आर्यन पाण्डे तेस्रो भए । ६० केजी तौल समूहमा सुसिम रानामगर च्याम्पियन बने । मिसन लिम्बु दोस्रो, अप्सन परियार र अरुण लिम्बु तेस्रो बने । ५५ केजी तौलमा सञ्जिव… पुरा पढौ

फणीन्द्र देवकोटा पुनः ऊर्जा मन्त्री नियुक्त

१६ असार, पोखरा ।सर्वोच्चबाट मुद्दा जितेर शुक्रबार संसद छिरेका नेपाल समाजवादी पार्टीका सांसद फणीन्द्र देवकोटा पुनः मन्त्री नियुक्त भएका छन् । देवकोटालाई गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आज यस अघिकै ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्री नियुक्त गरेका हुन् । देवकोटाले सपथ पनि लिइसकेका छन् ।गत जेठ २८ गते माओवादीको निर्णयविपरीत सांसद देवकोटालाई मुख्यमन्त्री पाण्डेलाई विश्वासको मत दिलाएको भोलिपल्टै मन्त्री नियुक्त भएका थिए । माओवादी चुनाव चिह्नबाट विजयी भई माओवादी संसदीय दलकै सदस्य भएर ह्वीप उल्लंघन गरेको भन्दै माओवादीले पदमुक्त गर्ने… पुरा पढौ

पोखरामा ‘असार १५ रोपाइँ महोत्सव मनाईयो’

१५ असार , पोखरा आज असार १५ मानो रोपेर मुरी उब्जाउने दिन पोखरामा बिभिन्न कार्यक्रम सहित पोखराका बिभिन्न स्थानमा रोपाई महोत्सव सम्पन्न भएका छन ।हेमजाको देवीस्थान सेवा समाज हेमजाको आयोजनामा हेमजा, नेपाल किसान महासंघ कास्कीको आयोजनामा बिरौटा,राममन्दिर बिरुवा फाँट,काहुंखोला,लेखनाथ लाआचोक लगायतका स्थानहरुमा आआफ्नै तरिकाले रोपाई महोत्सव मनाए । महोत्सवमा हिले फुटबल, हिले दौड, रस्साकस्सी, घैँटो फुटाउने, कृषि झाँकी प्रदर्शनी, विद्यालय स्तरीय धान रोपाइँ, उत्कृष्ट किसान सम्मान, हलगोरु तथा जोडी दौड, आमा समूह बीच असारे भाका, म्युजिकल बेलुन, हिलोमा भाले तथा… पुरा पढौ

ज्येष्ठ नागरिकलाई राष्ट्रिय परिचयपत्र बनाउन सास्ती

१३ असार पोखराअसार महिनाको उखरमाउलो गर्मी र त्यसपछिको हावाहुरी सहितको झरिलो दिनमा नागरिकले राष्ट्रिय परिचयपत्र बनाउन सास्ती खेप्नुपरेको छ । आगामी आर्थिक वर्षदेखि सामाजिक सुरक्षा भत्ता लिन राष्ट्रिय परिचयपत्र अनिवार्य गरिए संगै जिल्ला प्रशासन कार्यालय कास्कीमा परिचयपत्र बनाउनेको भीड लागेको छ । विगत दुई हप्ता बढी समयदेखि सयौँका सङ्ख्यामा ज्येष्ठ नागरिकको प्रशासनमा भीड लागेको छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले पहिलो चरणमा २८ वटा जिल्लामा आगामी साउनदेखि सामाजिक सुरक्षा भत्ता नवीकरण गर्न राष्ट्रिय परिचयपत्र अनिवार्य गरेको छ । राष्ट्रिय… पुरा पढौ

पोखराको अमरसिंह माबिको विद्यालय भवन निर्माणका लागि भारतीय दूतावासले रु २० करोड सहयोग गर्ने

असार १३ पोखरानेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तले नेपाल–भारतबीचको प्राचीन सम्बन्धलाई कायमै राख्नुपर्नेमा जोड दिएका छन् । पोखरा–१२ रामघाटस्थित अमरसिंह माविको अवलोकन गर्दै राजदूत श्रीवास्तवले विद्यालय भवन निर्माणका लागि दूतावासले रु २० करोड सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । भारतको रक्षाका लागि गोर्खा सैनिकहरुको योगदान रहेको स्मरण गर्दै उनले नेपालमा भारतीय भूपु नेपाली सेना मार्फत विभिन्न खानेपानी, शिक्षा, स्वास्थ्य र सडकलगायत क्षेत्रमा सहयोग उपलब्ध गराउँदै आएको र आगामी दिनमा पनि सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता जनाए । नेपाल र भारतबीचको मैत्री… पुरा पढौ