पोखरामा निरन्तर वर्षा, आज देशका अधिकांश क्षेत्रमा भारी वर्षा हुने

-


     तुलसी राम सुवेदी    
     असार १८ गते २०८१ मा प्रकाशित


हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । जसको प्रभावले पोखरामा पनि गए राति देखि निरन्तर वर्षा भएको छ ।

पोखरामा सोमबार राति सुरु भएको वर्षा ७ः४० बजेसम्म निरन्तर भइरहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार मंगलबार देशभर साधारणतया देखि पूर्णतया बदली रहने जनाएको छ ।

देशैभरका धेरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

साथै गण्डकी, कोशी, बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना छ ।

गण्डकी, बागमती र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना छ ।

ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयका जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न तथा यस बाट ती क्षेत्रमा दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउनु हुन महाशाखाको अनुरोध छ ।