
१७ असार,पोखरा
पोखरा फोटोग्राफर संघ पोखरा नेपालले, नेपालका फोटोग्राफरहरुको छाता सस्था नेपाल फोटोग्राफर महासंघले आधिकारीकता प्राप्त गरेको अवसरमा महासंघका पदाधिकारीहरुलाई सम्मान सहित अन्तरक्रिया कार्यक्रम सम्पन्न ग¥यो ।
ब्यवसायीक एकता र अभिभावकत्वका लागि महासंघ अनिवार्य रहेको हुंदा फोटोग्राफरहरुको छाता संगठनका रुपमा लैजानमा सवै फोटोग्राफर संघ संगठनहरुको सहकार्यमा सफल भईएको महासंघका अध्यक्ष मह््ेन्द्र प्रसाद उपाध्यायले बताए ।
२०७५ सालमा बुटवलमा भएको फोटोग्राफरहरुको भेलाले आफुलाई संयोजकका रुपमा अगाडी सारेको र सवैको साथ र सहयोगले महासंघलाई आधिकारीकता प्राप्त गर्न सफल भएकोमा सवैलाई धन्यवाद सहित आभार ब्यक्त गरे ।

साथै उनले पोखराले आयोजना गरेको महासंघका पदाधिकारीहरु सम्मान सहितको अन्तरक्रिया कार्यक्रमका लागि हार्दिक आभार ब्यक्त गरे ।
सस्थाले आधिकारिकता प्राप्त गरे संगै पोखरामा पोखरा फोटोग्राफर संघ पोखराले अन्तरक्रिया सहित महासंघका पदाधिकारीहरुलाई बधाई तथा सम्मान कार्यक्रमको आयोजना गरेको कार्यक्रमा रबिनाथ दाहाल, बिजय शर्मा , घनश्याम पौडेल,मदन सुव्वा, जनक राज तिवारी ,नन्दकला पौडेल, कमला पन्थ तिवारी,मनिष पन्थ,रामजी थापा,जीवन ढुंड.गाना, लगायतले फोटोग्राफरहरुका समस्या र महासंघले उठाउनुुपर्ने बिषयका बारेमा आआफ्नो धारणा प्रस्तुत गरेका थिए ।
अन्तरक्रियामा उठान भएका बिषयहरुमा महासंघका कोषाध्यक्ष तुलसी राम सुवेदी , उपाध्यक्ष दुर्गा प्रसाद पौडेल र बरिष्ठ उपाध्यक्ष श्री राम कंडेलले बिषयगत रुपमा सहजिकरण गरेर महासंघको धारणा प्रस्तुत गरेका थिए ।

नेपाल फोटोग्राफर महासंघका अध्यक्ष महेन्द्र प्रसाद उपाध्यायको बिशेष अतिथ्यतामा कार्यक्रम संचालन भएको थियो । पोखरा फोटोग्राफर संघ पोखरा नेपालका अध्यक्ष राम चन्द्र पोखरेलको सभापतित्वमा संचालन भएको कार्यक्रमको संस्थाका सचिव देवानन्द पोखरेलले संचालन गरेका थिए भने स्वागत मन्तब्य संस्थाका उपाध्यक्ष भक्त तमाड.ले गरेका थिए ।
प्रारम्भिक चरणमा नेपालफोटोग्राफर महासंघमा मेची देखि महाकाली सम्मका सातै प्रदेशका १७ जिल्लाहरुका फोटोग्राफी ब्यवसायीका जिल्ला संघहरुकोे प्रतिनिधित्व रहेको छ र महासंघले देशभर ७७ वटै जिल्लामा आफ्नो नया शाखा बिस्तारको चरणमा छ ।




