समाचार

एमसिसी उपाध्यक्ष बरुक्सद्वारा अर्थमन्त्री पुनसँग भेट

काठमाडौँ, २२ जेठनेपालको भ्रमणमा रहनुभएका मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) उपाध्यक्ष जोनाथन बरुक्सले अर्थमन्त्री वर्षमान पुनसँग भेटवार्ता गरेका छन् । उपाध्यक्ष बरुक्स नेतृत्वको टोलीले मन्त्री पुनसँग आज सिंहदरबारस्थित मन्त्रालयमा शिष्टाचार भेट गरेका हुन । भेटमा मन्त्री पुनले एमसिसी परियोजनाको काम पूर्वनिर्धारित मितिमै सम्पन्न गर्न सरकार प्रतिबद्ध रहेको बताए । उनले आयोजना समयमै सम्पन्न गर्न मन्त्रालयबाट सम्पादन हुनुपर्ने काममा सहयोग र समन्वय गर्ने प्रतिबद्धता व्यक्त गरे । “एमसिसी कम्प्याक्टका आयोजना समयमा नै पूरा गर्न सरकार प्रतिबद्ध छ ,” अर्थमन्त्री पुनले भने ।… पुरा पढौ

उत्तेजक अभिव्यक्ति नदिन महानगरप्रमुख शाहलाई सांसद भट्टराईको सुझाव

काठमाडौँ, २२ जेष्ठनेपाल कम्युनिष्ट पार्टी (एमाले) सांसद योगेश कुमार भट्टराईले राजनीतिक नेतृत्व प्रति उत्तेजक अभिव्यक्ति नदिन काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहलाई आग्रह गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा नेता भट्टराईले काठमाडौँ महानगर प्रमुख शाहले राजनीतिक व्यवस्था परिवर्तनको संवाहक राजनीतिक दलका नेताहरुको जेलजीवनको उपहास गरेकामा आपत्ति जनाए । “हामी काठमाडौँ महानगरपालिकाका प्रमुखलाई सहयोग गर्न तयार छौँ । एमालेका अध्यक्ष केपी शर्मा नेतृत्वको सरकारले काठमाडौँको फोहोर व्यवस्थापनका लागि सहयोग गरेको हो,” सांसद भट्टराईले प्रमुख शाहप्रति लक्ष्य गर्दै भने, “काठमाडौँलाई अझ… पुरा पढौ

आगामी आर्थिक वर्षको बजेट प्रभावकारी कार्यान्वयनमा जोड

जेठ २१ गते ,काठमाडौँ,राष्ट्रियसभाको आजको बैठकमा सांसदहरुले आर्थिक वर्ष २०८१÷८२ को बजेट प्रभावकारी कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका छन् । आर्थिक वर्ष २०८१÷८२ को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलका क्रममा सांसद कमला पन्तले अर्थतन्त्रलाई चलायमान बनाउन र आर्थिक मन्दीको समाधन खोज्न बजेट कार्यान्वयन चुनौतीपूर्ण भएको बताइन् । “सन् २०२५ लाई पर्यटन वर्ष मनाउनेसम्बन्धी कुनै विषय उल्लेख गरिएको छैन, के सरकार यस्ता प्रतिबद्धताबाट पछि हटेको हो ? हामी स्पष्ट हुन चाहान्छौँ”, उनले प्रश्न गरिन् । सांसद मायाप्रसाद शर्माले आगामी आवको बजेट… पुरा पढौ

कतारमा कार्यरत नेपालीलाई ‘केएमसी’मा उपचार गर्दा ५० प्रतिशत छुट ।

२०८१ जेठ २१ गते,काठमाडौँ,सङ्घीय सांसद डा सुनिलकुमार शर्माले कतारमा कार्यरत नेपाली श्रमिक तथा उनिहरुका आश्रित परिवारका सदस्य बिरामी भई उपचार गर्दा काठमाडौँ मेडिकल कलेज (केएमसी) मा सहुलियतमा उपचार गर्ने व्यवस्था मिलाएका छन् । कतारस्थित नेपाली राजदूतावासमा आज भएको कार्यक्रममा गैरआवासीय नेपाली सङ्घ, राष्ट्रिय समन्वय परिषद्, कतार र नेपाली जनसम्पर्क समिति कतारबीच त्यहाँस्थित नेपाली राजदूत डा नरेशविक्रम ढकालको उपस्थितिमा काठमाडौँ मेडिकल कलेजले सम्झौता गरेको हो । सम्झौताअनुसार अब कतारमा बसोबास गर्दै आएका सम्पूर्ण गैरआवासीय नेपाली तथा वैदेशिक रोजगारको सिलसिलामा कतारमा काम… पुरा पढौ

नेकपा एमाले पोखरा महानगर अध्यक्षमा जीवन आचार्य ।

२०८१ जेष्ठ २१ गते पोखरा । नेकपा एमालेको पोखरा महानगरमा जीवन आचार्य विजयी भएका छन् । आचार्यले २ सय ७७ मत ल्याउँदा उनका प्रतिष्प्रर्धी दीपक पौडेलले २ सय १० मत पाएका छन् ।नेकपा एमालेको पोखरा महानगरको नेतृत्वका लागि आज विहान ८ बजेबाट दिउसो १ बजे सम्म मतदान भएको थियो । अधिवेशनमा ४ सय ९८ मतदाता रहेका थिए । पुरा पढौ

पर्बत फोटोग्राफर संघ को एघारौं साधारण सभा तथा तेस्रो अधिबेशन सम्पन्न अध्यक्षमा बिजय सर्वसम्मत ।

२० जेष्ठ,पर्वतपर्बत फोटोग्राफर संघ को एघारौं साधारण सभा तथा तेस्रो अधिबेशन सम्पन्न भयो ।नेपाल फोटोग्राफर महासंघका संयोजक महेन्द्र प्रसाद उपाध्यायको प्रमुख आतिथ्यतामा संचालित कार्यक्रमको सभापतित्व संस्थाका अध्यक्ष नारायण बहाद्ुर केसी ले गरेका थिए ।कार्यक्रममा भक्त तमाड.,कुशाल अधिकारी,आलोक कुमाल,नारायण प्रसाद गौतम,ध्रुव सापकोटा,रामचन्द्र पोखरेल,पाण्डव बहादुर श्रेष्ठ,विनोद बिक्रम पोखरेल,दिनेश अर्याल,सन्तोष थापा ,बसन्त जोसी,केदार नाथ शर्मा ,ठाकुर बि.पौडेल,दुर्गा प्रसाद पौडेल लगायत ले शुभकामना मन्तब्य राखेका थिए ।कार्यक्रममा स्वागत मन्तब्य पर्बत फोटोग्राफर संघ का सदस्य आर.सी पौडेल ले गरेका थिए भने कार्यक्रम संचालन सचिव बिजय… पुरा पढौ

बिजय नेपाललाई चलचित्र पत्रकारिता पुरस्कार ।

जेष्ठ २० पोखरापत्रकार विजय नेपाल ‘जितप्रसाद द्वा चलचित्र पत्रकारिता पुरस्कार(२०८०’ बाट पुरस्कृत भएका छन् । उद्योगपति तथा समाजसेवी जितप्रसाद द्वा परिवारले स्थापना गरेको उक्त पुरस्कार चलचित्र पत्रकार संघ कास्कीले सञ्चालन गर्दै आएको छ । संघको शनिबार छैटौं साधारणसभा अवसरमा पोखराका मेयर धनराज आचार्यले नगद ३५ हजार रुपैयाँ र सम्मानपत्रसहित पत्रकार नेपाललाई पुरस्कृत गरे । पाल्पा रिब्दीकोट ७, मैनादीका नेपाल २० वर्षदेखि पत्रकारितामा क्रियाशील छन् । संघका पूर्वसहसचिव उनी राजधानी र आदर्श समाज दैनिकमा समेत कार्यरत छन् । उनले अंग्रेजी साहित्यमा… पुरा पढौ

यार्साले लियो ज्यान , यार्सा सङ्कलन गर्न गएका मुगुका चारजनाको लेकलागेर मृत्यु, एक सिकिस्त ।

जेठ २० गते मुगुबितेका दुई दिनमा मुगुमा यार्सागुम्बा सङ्कलन गर्न गएका चारजनाको मृत्यु भएको छ । लेक लागेर उनीहरूको मृत्यु भएको जनाईएको छ । लेक लागेर सिकिस्त भएका एकजनाको उपचारका लागि जिल्ला अस्पताल ल्याउने क्रममा शनिबार मृत्यु भएको र अन्य एकजनाको स्थानीय स्वास्थ्यचौकीमा उपचार भइरहेको छ । मुगुका प्रमुख जिल्ला अधिकारी टोपेन्द्र केसीका अनुसार शनिबार मुगु स्वास्थ्यचौकीमा उपचार हुन नसकेपछि जिल्ला सदमुकाम गमगढीतर्फ ल्याउँदा छायानाथ रारा नगरपालिका–१० तल्लेख गाउँका दुईजना सिकिस्त बिरामी जीवन बुढा र देवराज बुढामध्ये २० वर्षीय देवराज… पुरा पढौ

सैनिक भुपजीत राईलाई मरणोपरान्त राष्ट्रसङ्घको सम्मान ।

जेठ १८ गते ,न्युयोर्कसंयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले राष्ट्रसङ्घीय शान्ति सेनामा खटिएका नेपाली सुरक्षाकर्मी भुपजीत राईलाई मरणोपरान्त डयाग ह्यामरसोल्ड पदक प्रदान गरेका छन् । अन्तर्राष्ट्रिय शान्तिसैन्य दिवसका अवसरमा आज संयुक्त राष्ट्रसङ्घको प्रधानकार्यालयमा आयोजित कार्यक्रममा महासचिव गुटेरेसले राईलाई प्रदान गरिएको उक्त पदक संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापालाई हस्तान्तरण गरे । त्यस अवसरमा कर्तव्य निर्वाहका क्रममा दिवङ्गत हुनुभएका राईको साहस, प्रतिबद्धता र बलिदानको चर्चा गर्दै महासचिवले उनी शान्ति स्थापनामा खटिएका सबैका निम्ति प्रेरणाका रूपमा रहिरहने विश्वास व्यक्त गरे ।… पुरा पढौ

परमादेश पछि पाण्डे गण्डकीको मुख्यमन्त्री नियुक्त, विश्वासको मत पाउने सम्भावना क्षीण ।

पोखरा १६ जेष्ठगण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे नियुक्त भएका छन् । गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले नेपालको संविधानको धारा १६८ को उपधारा ३ बमोजिम प्रदेश सभामा सबैभन्दा ठूलो दलको हैसियतमा नेता पाण्डेलाई आज मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । सर्वोच्च अदालतले सोमबार ४८ घण्टा भित्र ठूलो दलको हैसियतमा पाण्डेलाई मुख्यमन्त्रीमा नियुक्त गर्न परमादेश दिएको थियो ।सर्वोच्च अदालतको परमादेशअनुसार पाण्डेलाई मुख्यमन्त्री नियुक्त गरिएको हो । मुख्यमन्त्री पाण्डेले आजै साँझ पद तथा गोपनीयताको सपथ लिए । । यसअघिका… पुरा पढौ