सौर्य एयरलाइन्स को विमानमा दुर्घटना,बिमानमा सवार १८ जनाको मृत्यु, क्याप्टेनको जीवितै उद्दार

-


     केन्द्रीय आवाज    
     श्रावण ९ गते २०८१ मा प्रकाशित


श्रावण ९ गते,काडमाड.डौ
सौर्य एयरलाइन्सको जहाज दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले १८ जनाको मृत्यु र एक जना घाइते भएको जनाएको छ ।


प्राधिकरणको खोज तथा उद्धार समन्वय केन्द्रले जारी गरेको विज्ञप्तिमा आगलागी नियन्त्रणमा लिई १८ शव संकलन गरिएको उल्लेख छ । उनीहरु सौर्यका इन्जिनियर तथा प्राविधिकहरु रहेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।
जाहजका क्याप्टेन मनिष शाक्यलाई भने घाइते अवस्थामा उद्धार गरेर उपचारका लागि काठमाडौं मेडिकल कलेज (केएमसी) सिनामंलमा लगिएको बताइएको छ ।


दुर्घटनाग्रस्त जहाज इन्जिन परीक्षणका लागि पोखरा उडेको खुलेको छ । यो जहाजको इन्जिनको पूर्ण मर्मत (सी–चेक)का लागि पोखरा जाने क्रममा थियो । यो जहाज पोखरास्थित ह्यांगरमा एक महिना राखेर मर्मत गर्ने तयारी थियो ।