यातायात व्यवासायीको आन्दोलन ः पोखरामा दुई पत्रकारलाई कुटपिट

-


     केन्द्रीय आवाज    
     श्रावण १३ गते २०८१ मा प्रकाशित


तुलसी राम सुवेदी ,श्रावण १३ पोखरा

राइड एण्ड सेयरिङलाई वैधानिकता दिने गण्डकी प्रदेश सरकारको कदमविरुद्ध आन्दोलमा होमिएका सार्वजनिक यातायात यवसायीले पोखरामा दुई पत्रकारमाथि आक्रमण गरेका छन् ।


व्यवसायीको आन्दोलनको समाचार संकलनका लागि भिडियो खिचिरहेका पत्रकारद्वय सुरज थापा र विना थापामाथि पोखराको पृथ्वीचोकमा आक्रमण भएको हो । अन्दोलनकारीले ग२०प ३९७३ को स्कुटरसमेत तोडफोड गरेका छन् ।
पत्रकार सुरज थापाले पृथ्वीचोकमा व्यवसायी बीच नै झगडा भएको र सो क्रममा आफूहरुले भिडियो खिच्न लाग्दा आक्रमण गर्दै क्यामेरा समेत खोसेको बताए ।


पत्रकार माथि भएको आक्रमणको पत्रकार सम्बद्ध संघसंगठनहरुले भर्सना गरेका छन ।
यता यातायात व्यवसायीले आफूहरुको आन्दोलनमा घुसपैठ भएको जनाएका छन् । पत्रकारलगायत कसैमाथि पनि आक्रमण गर्ने आफूहरुको उद्देश्य नरहेको व्यवसायीले स्पष्ट पारेका छन् ।
यातायात व्यवसायीका आन्दोलनका कारण आज बिहानै देखि पोखरा सहित गण्डकी प्रदेश भर यातायात सेवा ठप्प भएको छ ।
आफूहरुका सात बुँदे माग पूरा नभएसम्म आन्दोलन नरोकिने उनीहरुको चेतावनी छ ।
सो घटना पश्चात पृथ्वीचोक आसपासमा सुरक्षा कडा परिएको छ ।