भलिबलमा नेपालको सुखद् सुरुआत, श्रीलंका सोझो सेटमा पराजित

-


     केन्द्रीय आवाज    
     श्रावण १७ गते २०८१ मा प्रकाशित


श्रावण १७ पोखरा
आजदेखि सुरु भएको काभा महिला भलिबल नेसन्स लिग प्रतियोगितामा नेपालले श्रीलङ्कालाई पराजित गर्दै प्रतियोगितामा सुखद् सुरुआत गरेको छ ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भर्खरै सम्पन्न खेलमा नेपालले श्रीलङ्कालाई ३–० को सोझो सेटमा पराजित गरेको हो ।
नेपालले श्रीलङ्कामाथि पहिलो सेट २५–१९, दोस्रो सेट २५–१८ र तेस्रो सेट २५–१९ ले पाखा लगाउँदै विजयी भयो ।
सोही प्रतियोगिताअन्तर्गत आजै हुने अर्को खेलमा इरान र भारतबीच प्रतिस्पर्धा हुनेछ ।
यस जितसँगै नेपालले तीन अङ्क जोडेको छ । अब नेपालले आफ्नो दोस्रो खेल शनिबार भारतसँग खेल्नेछ ।