फोटोयात्रामा पोखराका महिला फोटोग्राफरहरु ।

-


     तुलसी राम सुवेदी    
     श्रावण २७ गते २०८१ मा प्रकाशित


श्रावण २७ पोखरा

चुलो ,चौका र घर भित्रको काम मात्र महिलाले गर्नुपर्छ भन्ने कुरालाई चुनौती दिदै पोखराका महिला फोटोग्राफरहरुले फोटोप्रतियोगितामा सहभागिता जनाउनैका लागि फोटो यात्रा सम्पन्न गरेका छन् ।


पोखरा फोटोग्राफर संघ महिला उपसमितिको आयोजनामा तथा पोखरा फोटोग्राफर संघ पोखराको ब्यवस्थापनमा यहि श्रावण २६ गते शनिबारका दिन पोखरा देखि पुम्दिभुम्दी कालाबाङ घडेरी होमस्टेबाट पैदल पुम्दिकोट, शान्ति स्तुपा हुँदै पोखरा सम्मको फोटो यात्रा आयोजना गरिएको थियो ।
फोटो यात्रा पोखरा फोटोग्राफरसंघ द्धारा संचालन गरिएको चौथो पोखरा फोटोग्राफी अवार्ड लाई लक्षीत गरिएको र महिलाहरु पनि सक्षम छौँ , अवार्डमा हामी पनि भाग लिई पुरस्कृत हुन सक्छौ भन्ने उद्येश्यका साथ कार्यक्रमको आयोजना गरिएको पोखरा फोटोग्राफर संघ महिला उपसमितिकी संयोजक रिता पौडेलले जानाकारी दिईन ।


फोटोग्राफी यात्रा आफैमा रमाईलो पनि भएको र महिलाले पनि पुरुषले सरह हरेक काम गर्न सक्छन ,उनीहरुमा पनि हिम्मत र आंट छ भने भन्ने कुराको उदाहरण पनि फोटो यात्रा भएको पोखरा फोटोग्राफर संघ महिला उपसमितिकी नि.संयोजक शान्ति सुवेदीले बताईन ।
पुम्दिभुम्दी कालाबाङ घडेरी होमस्टेमा फोटोग्राफी यात्रामा कसरी उत्कृष्ट फोटोग्राफी गर्ने भन्ने बिषयमा अन्तरक्रिया समेत गरेर पदयात्राको शुभारम्भ गरिएको थियो ।
यस अन्तरक्रिया तथा फोटो यात्रा कार्यक्रमको पोखरा फोटोग्राफर संघका अध्यक्ष रामचन्द्र पोखरेल, पोखरा फोटोग्राफर संघका सल्लाहकार तथा फोटोग्राफर संघ गण्डकीका अध्यक्ष दुर्गा प्रसाद पौडेल तथा पोखरा फोटोग्राफर संघका सल्लाहकार तथा फोटोग्राफर संघ गण्डकीका शिक्षा तथा तालिम संयोजक घनश्याम पौडेल, साथै फोटोग्राफर संघ गण्डकीका कोषाध्यक्ष जीवन ढुंगानाले सैद्धान्तिक तथा व्यवहारिक ज्ञानका बारेमा सहजिकरण गरेका थिए ।


कार्यक्रमको ब्यवस्थापनमा पोखरा फोटोग्रफर संघका सचिव देवानन्द पोखरेल तथा कोषाध्यक्ष नन्दकला पौडेलले सहयोग गरेका थिए ।
पदयात्रामा १५ जना महिला फोटोग्राफरहरुको सहभागिता रहेको थियो ।