कैलाश सहकारी संस्थाको अधिवेशन सम्पन्न अध्यक्षमा पुनःअधिकारी निर्बिरोध निर्वाचित ।

-


     तुलसी राम सुवेदी    
     पौष ७ गते २०८१ मा प्रकाशित


पोखरा,७ पुष
पोखराका फोटोब्यवसायीहरु द्धारा संचालित कैलाश बचत तथा ऋण सहकारी संस्थाको १३ औं वार्षिक साधारणसभा तथा छैटौं अधिवेशन सम्पन्न भयो । सञ्चालक समिति अध्यक्षमा खडानन्द अधिकारी पुनः दोस्रो कार्यकालका लागि निर्विरोध निर्वाचित भएका छन ।
सनिवार सम्पन्न संस्थाको १३ औं वार्षिक साधारणसभा तथा छैटौं अधिवेशनले अधिकारीको नेतृत्वमा ३ वर्षको लागि नयाँ सञ्चालक समिति सर्व सम्मत निर्वाचित गरेको हो ।


समितिको उपाध्यक्षमा विनोदराज ढकाल, सचिवमा विष्णुहरी अधिकारी, कोषाध्यक्षमा नविन ढुंगाना रहेका छन भने सदस्यहरुमा घनश्याम पौडेल, ज्ञानेन्द्र पौडेल,प्रदिप नापित,पूर्ण कुमारी थापा,कपिल सापकोटा चयन भएका छन् ।
त्यसैगरि लेखा सुपरीवेक्षण समिति संयोजकमा विजय पाहारी र सदस्यमा जनक तिवारी र देवी तिवारी चयन भएका छन ।
पूर्व अध्यक्ष शिवहरी अधिकारीको निर्वाचन समितिको संयोजकत्वमा संचालन भएको कार्यक्रमको सदस्यमा संस्थाका पूर्व अध्यक्ष दुर्गा प्रसाद पौडेल र जिवन ढुंगाना रहेका थिए ।
यसअघि आयोजित संस्थाको साधारणसभाको उद्घाटन सहकारी डिभिजन तथा प्रशिक्षण कार्यालय गण्डकी प्रदेशका रजिष्टार भेषराज रिजालले गरेका थिए । यति बेला सहकारीहरुका बारेमा देशभर नै नराम्रा सन्देशहरु फैलिएको अवस्था र आर्थिक मन्दीको बेलामा सहकारीले सहकारीको मूल्य मान्यता र नीति अनुरुप कार्यसम्पादन गदै आएकोमा कैलास सहकारी संस्थालाई बधाई ज्ञापनका साथै आगामी दिनमा शेयर सदस्यको हितमा र आर्थिक उन्नयनमा अझै सक्रिय रुपमा लाग्नु पर्ने कुराका बारेमा सुझाव दिए ।


कार्यक्रममा पामे सहकारीका उपाध्यक्ष खिमनाथ तिमिल्सेना , हितैषि सहकारीका अध्यक्ष मदन प्रसाद आचार्य, सिद्धार्थ टोल बिकास संस्थाका अध्यक्ष सिमा कोइराला, शुभकामना महिला विकासका कोषाध्यक्ष, ,पर्वत फोटोग्राफर संघका अध्यक्ष विजय शर्मा, अन्नपूर्ण सहकारीका अध्यक्ष ईन्द्र प्रसाद पौडेल ,पोखरा फोटोग्राफर संघका अध्यक्ष भक्त तामाङ, फोटोग्राफर संघ गण्डकीका अध्यक्ष नारायण बहादुर के.सी,लक्की ग्रुप एण्ड कम्पनिका सिइयो दिनेश अर्याल,
सल्लाहकारहरु दुर्गा प्रसाद पौडेल जिवन ढुंगाना,शिवहरी अधिकारी लगायतले शुभकामना मन्तब्य राखेका थिए ।
लेखा संयोजक परशुराम आचार्यले लेखासमितिको प्रतिवेदन प्रस्तुत गरेका थिए भने संस्थाका सचिव बिष्णुहरी अधिकारीले सहकारीको प्रगती प्रतिवेदन तथा कोषाध्यक्ष नबिन ढुंगानाले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
सहकारीमा हाल १९६ शेयर सदस्य रहेका छन भने संस्थाको शेयर पुंजी रु ३ करोड १२ लाख ७५ हजार बचत रु ९ करोड ९ लाख र ऋण लगानी ९ करोड १३ लाख रहेको छ ।
संस्थाले फोटो फ्रेम उद्योग,कलरल्याव साथै फोटोग्राफरहरुलाई आवश्यक पर्ने सबैखाले सेवा सुबिधा उपलब्ध गराउर्दैै आएको छ । कार्यक्रममा संस्थाले वर्ष भरीमा उत्कृष्ट कारोवारी, असल कारोवारी,उत्कृष्ट वचत, उत्कृष्ट वाल वचत उत्कृष्ट कर्मचारी लगायतलाई सम्मान समेत गरेको थियो । साथै फोटोग्राफर संघ गण्डकीका नव निर्वाचित कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुलाई बधाई सहित सम्मान समेत गरिएको थियो ।
अध्यक्ष खडानन्द अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तब्य उपाध्यक्ष विनोदराज ढकालले गरेका थिए भने कार्यसमिति सदस्य तथा महिला उपसमिति संयोजक पूर्ण कुमारी थापा सहकारीका सात सिद्धान्त वाचन गरेकी थिईन । त्यसैगरि कार्यक्रम सञ्चालन संस्थाका सचिव विष्णुहरि अधिकारीले गरेका थिए ।