समाचार

पछाडि परेका समुदायलाई शिक्षा र रोजगारी दिएर अगाडि ल्याइनेछ ः प्रधानमन्त्री ओली

मङ्सिर २४ गतेप्रधानमन्त्री केपी शर्मा ओलीले पछाडि परेका समुदायलाई शिक्षा र रोजगारीमा सहज पहुँच दिएर अगाडि ल्याइने बताएका छन् । झापाको गौरादहमा आज आयोजित ताजपुरिया समाज कल्याण परिषद्को २९औँ स्थापना दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पछाडि पारिएको जनता लक्षित साना–साना उद्योग सञ्चालन गरेर रोजगारी सृजना गर्दै उद्यमी बनाउने बाटोमा सरकारले काम गर्ने बताए ।प्रधानमन्त्री ओलीले आफ्नो समाजको कला, संस्कृति र परम्परालाई समसामयिक एवं आधुनिक सोचका साथ निरन्तरता दिन आग्रह गर्दै ताजपुरिया समुदायको मागलाई प्राथमिकताका साथ सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त… पुरा पढौ

फोटोग्राफर संघ गण्डकीको पदस्थापना सम्पन्न ।

मंसिर २३ ,पोखरा फोटोग्राफर संघ गण्डकी प्रदेशको गत मंसिर १ गते सम्पन्न चौथो साधारण सभा तथा दोस्रो अधिबेशन वाट निर्वाचित कार्यसमितिले शनिवार पदभार ग्रहण गरेका छन ।फोटोग्राफर संघ गण्डकी प्रदेशको निर्वाचन समितिले कार्यक्रम संचालन गर्दै पदस्थापना सम्पन्न गरेको हो । संस्थाका सल्लाहाकार तथा निर्वाचन समितिका संयोजक गणेश छविले निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई प्रमाण पत्र प्रदान गरि पदस्थापना गराएका थिए । निर्वाचन समितिमा रेडियो सराङकोटका समाचार प्रमुख कमल प्रसाद पौडेल अथक र नेपाल फोटोग्राफर महासंघका बरिष्ठ उपाध्यक्ष श्रीराम कंडेल रहेका थिए… पुरा पढौ

वडा प्रहरी कार्यालय बैदामको नयाँ भवन शुभारम्भ

मंसिर २१,पोखरावडा प्रहरी कार्यालय बैदाम कास्कीको नवनिर्मित भवनको बिहीबार उद्घाटन सम्पन्न गरिएको छ । प्रहरी प्रमुख प्रहरी महानिरीक्षक (आईजीपी) वसन्तबहादुर कुवँरले एक कार्यक्रममा सो भवन उद्घटन गरेका थिए । उक्त अवसरमा आईजीपी कुँवरले जनलाई अहोरात्र सुरक्षाको प्रत्याभूति दिलाउनेमा कुनै दुईमत नभएको बताए । समाजमा रहेका अराजकता, अवान्छित तथा आपराधिक गतिविधि नियन्त्रणमा कुनै कुसर बाँकी नराख्न उनले निर्देशन समेत दिए । कार्यक्रममा भवन निर्माण कार्यमा सहयोग गर्ने र जग्गा प्रदान गर्न सहयोग गर्नेलाई सम्मान गरिएको थियो । १० करोड ६० लाख… पुरा पढौ

एनपीएलमा पोखराको शानदार जीत

मंसिर २१ पोखरानेपाल प्रिमियर लिग (एनपिएल) मा पोखरा एभेन्जर्सले पहिलो जित हात पारेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा आज भएको दोस्रो खेलमा लुम्बिनी लायन्सलाई १० विकेटले हराउँदै पोखराले पहिलो जित हात पारेको हो । लुम्बिनीले जितका लागि दिएको एक सय ७१ रनको लक्ष्य पछ्याएको पोखराले १६ दशमलव पाँच ओभरमा एक विकेट पनि नगुमाएर पूरा गरेको हो । पोखराको जितमा दुवै ओपनरको सानदार प्रदर्शन रह्यो ।पोखराका लागि एन्ड्रिज गौसले शतकीय पारी खेले । उनले ५५ बलमा पाँच छक्का र १२… पुरा पढौ

अमेरिकी सहायक विदेशमन्त्री लु नेपाल आउँदै

मंसिर १८पोखराअमेरिकाका दक्षिण तथा मध्य एसियाली मामिलासम्बन्धी सहायक विदेशमन्त्री डोनाल्ड लुले यसैसाता नेपालको औपचारिक भ्रमणमा आउने भएका छन् । अमेरिकी विदेश मन्त्रालयका अनुसार आजदेखि उनी दक्षिण एसियाली मुलुकको भ्रमणमा जाँदैछन् । सहायक विदेशमन्त्री डोनाल्ड पहिले श्रीलङ्का, त्यहाँबाट भारत र त्यसपछि नेपालको भ्रमणमा आउनेछन् । उनको दक्षिण एसिया भ्रमण नेपालबाट समापन हुनेछ । नेपाल भ्रमणका क्रममा उनले शीर्ष नेतृत्वसँग पर्यावरण संरक्षण, महिला सशक्तीकरण र दिगो विकासका साथै नेपाल–अमेरिका सम्बन्धका विविध पक्षबारे युवा नेतासँग छलफल गर्नेछन् ।पर्यटन तथा अर्थतन्त्रका मेरुदण्ड मानिएका नेपालका… पुरा पढौ

प्रदेशमाथि उठेका प्रश्नका जवाफ कामबाटै दिनुपर्छ ः मुख्यमन्त्री

मंसिर १७ पोखरागण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेश सरकारले जति काम गर्न सक्यो त्यो नै प्रदेश संरचनामाथि उठेका प्रश्नको जवाफ हुने बताएका छन् । भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले सोमबार आयोजना गरेको समीक्षा कार्यक्रममा उनले यस्तो बताएका हुन् । ‘सरकार, मन्त्रालय र मातहतका सबै कार्यालयले कामबाट प्रदेशमाथि उठेका, उठाइएका प्रश्नको जवाफ दिनुपर्छ’ उनले भने । प्रदेशको धेरै बजेट पूर्वाधारको क्षेत्रमा रहेकाले यस मन्त्रालय र मातहतका कार्यालय बढी जिम्मेवार हुने उनले स्पष्ट पारे । काम छिटो गर्न र क्वालिटीमा… पुरा पढौ

बीसौँ लेखनाथ महोत्सव पुस १८ देखि

मंसिर १७,पोखराबीसौँ लेखनाथ महोत्सव आगामी पुस १८ देखि माघ १ गतेसम्म सञ्चालन हुने भएको छ । महोत्सव पोखरा–२७ तालचोकमा हुनेछ । लेखनाथ उद्योग वाणिज्य संघद्वारा आयोजित महोत्सवको तयारी शुरु भएको छ । महोत्सव सम्पन्न गर्न संघका अध्यक्ष विनोद श्रेष्ठ अध्यक्षतामा मूल आयोजक समिति गठन गरिएको छ । समग्र गण्डकी प्रदेशको आर्थिक, समाजिक, कृषि र पर्यटनको विकासमा टेवा पुर्याउने लक्ष्यसहित महोत्सव आयोजना गरिएको अध्यक्ष श्रेष्ठले बताए । स्थानीय व्यवसायीको पुनरुत्थानमा महोत्सवले महत्वपूर्ण र सकारात्मक भूमिका खेल्ने अध्यक्ष आत्रेयले विश्वास व्यक्त गरे… पुरा पढौ

पेट्रोलको मुल्य बढ्यो

२०८१ मंसिर १५,पोखरानेपाल आयल निगमले पेट्रोलको मुल्य बढाएको छ । इन्डियन आयल कर्पोरेशनबाट आएको नयाँ दरअनुसार निगमले पेट्रोलमा प्रतिलिटर एक रुपैयाँ, हवाई इन्धनमा आन्तरिकतर्फ प्रतिलिटर दुई रुपैयाँ, अन्तर्राष्ट्रियतर्फ काठमाडौँका लागि प्रति किलोलिटर १५ अमेरिकी डलर बढाएको छ । पोखरा र भैरहवाका लागि ब्रेक इभन पोइन्टमा बिक्री मूल्य कायम गरिएको निगमले जनाएको छ ।साथै एलपीजी ग्यास प्रतिसिलिन्डर १४ रुपैयाँ ४९ पैसाले बढेर आए पनि उपभोक्ताको हितका लागि भन्दै पुरानै दर राखिएको छ ।त्यस्तै मट्टितेलको भाउ पनि १ रुपैयाँ ७४ पैसा बढेर… पुरा पढौ

गण्डकीका प्रेस रजिष्ट्रार भण्डारीलाई ‘नेशनल सोसल चेञ्जमेकर अवार्ड’

२०८१ मंसिर १५ पोखरागण्डकी प्रदेशका प्रेस रजिष्ट्रार बिमला भण्डारीले ‘नेशनल सोसल चेञ्जमेकर अवार्ड’ प्राप्त गरेकी थिइन् । नेपाल युवा परिषद्ले भण्डारीलाई अवार्ड प्रदान गरेको हो । गण्डकी प्रदेशलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा चिनाउन महत्वपूर्ण भूमिका खेल्ने व्यक्तिका रुपमा भण्डारीलाई सम्मान गरिएको बताइएको छ । भण्डारीलाई गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अवार्ड प्रदान गरेका हुन् ।सो अवसरमा मुख्यमन्त्रीले समाज परिवर्तनका लागि क्षमतावान युवा सिस्टमबाट आएमा आफूले सहयोग गर्ने बताए । उनले यस्ता सम्मानले युवालाई प्रोत्साहन थप्ने बताए । महिला अधिकार, मानव… पुरा पढौ

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालन गर्न सरकार प्रयासरत ः उपप्रधानमन्त्री सिंह

२०८१ मंसिर १५ पोखराउपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालन गर्न सरकार प्रयासरत रहेको बताएका छन् । नेपाल प्रेस युनियन कास्कीले पोखरामा आयोजना गरेको पत्रकार भेटमा उपप्रधानमन्त्री सिंहले यस्तो बताएका हुन् । अर्काे प्रसंगमा बेल्ट एण्ड रोड इनिसिएटिभ (बिआरआई) अन्तर्गत अनुदान नै उपयुक्त हुने विचार व्यक्त गरे । बिआरआई परियोजनाअन्तर्गत सडक, सुरुङलगायत भौतिक पूर्वाधारका क्षेत्र छनोट गरिनुपर्नेमा जोड दिए । वर्तमान आर्थिक अवस्थाका कारण ऋणका लागि ऋण लिनु उपयुक्त नहुने देखिएको भन्दै उनले परियोजना सम्पन्न… पुरा पढौ