समाचार

भारतबाट आउने तरकारीका कारण नेपाली किसान समस्यामा

मङ्सिर ९ गते सुनसरी भारतमा उत्पादित तरकारी नेपाली बजारमा सस्तोमा बिक्री हुने गरेका कारण स्थानीय किसानले तरकारीको उचित मूल्य पाउन सकेका छैनन् । नेपालमा उत्पादन लागत बढी लाग्ने गरेका कारण तरकारीको मूल्य भारतीय तरकारीभन्दा महँगो पर्छ । भारतमा सस्तोमा बीउ तथा मलखाद पाउने भएकाले उत्पादन लागत कम हुँदा त्यहाँबाट आउने तरकारी सस्तोमा बिक्री हुने गरेको स्थानीय किसान गुलाबचन मेहताले बताए ।“नेपालमा मलखाद, बीउबिजनदेखि सिँचाइसम्म महँगो पर्ने भएकाले भारतीय तरकारीसँग प्रतिस्पर्धा गर्न सकिएको छैन”, उनले भने ।इनरुवा–४ का रामदेव मेहताले दैनिकरूपमा… पुरा पढौ

अम्बिका माध्यामिक विद्यालयमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

९ मंसिर , पोखरापोखरा २५ मा अवस्थित श्री अम्बिका माध्यामिक विद्यालयमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भयो । आस्था किड्की एण्ड स्पेशलाइज्ड हस्पिटल प्रा लि .र पश्चिमाञ्चल डाइगोनोस्टिक एण्ड रिसर्च सेन्टर प्रा लि . को प्राविधीक सहयोगमा नेपाल स्वयंसेवी रक्तदाता समाज कास्कीले निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको हो । रगत र रक्ततत्वको आकस्मिक व्यवस्थापन सँगै संस्थाले “ स्वास्थ नै सबै भन्दा ठूलो धन हो “ भन्ने नाराका साथ नेपाल स्वयंसेवी रक्तदाता समाज कास्की शाखा ले सामाजिक उत्तरदायित्व अन्तर्गत निः शुल्क स्वास्थ… पुरा पढौ

पोखराको लेकसाइडमा बालिका राखेर यौन धन्दा सञ्चालन, तीन युवती पक्राउ

२०८१ मंसिर ७ पोखरापोखराको लेकसाइडमा बालिकाहरुलाई जबरजस्ती यौनकार्यमा लगाउने तीन जना युवती पक्राउ परेका छन् । पक्राउ पर्नेमा गोरखाको पालुङ्टार नगरपालिका वडा नं ४ घर भई हाल पोखरा–६ लेकसाइडस्थित होटल स्नोल्याण्डमा डेरा गरी बस्ने १९ वर्षकी ममता तामाङ, मकवानपुरको बाग्मती गाउँपालिका वडा नं ८ घर भई हाल काठमाडौँको बुढानीलकण्ठ–७ कपन बस्ने २३ वर्षकी रीना तामाङ र नवलपुरको मध्यबिन्धु नगरपालिका–१० स्थायी घर भई हाल पोखरा–६ लेकसाईड बस्ने १९ वर्षकी जस्मिन ठकुरी छन् ।बिहीबार राति १० बजे पोखराको लेकसाइडस्थित होटल स्नोल्याण्डको भिसा… पुरा पढौ

पोखरामा पुरुषोत्तम न्यौपाने सांगीतिक साँझ हुने

मंसिर ६,पोखरापोखरामा पुरुषोत्तम न्यौपाने सांगीतिक साँझ हुने भएको छ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले आगामी पुस २६ गते पोखरा सभागृहमा उक्त कार्यक्रम गर्न लागेको हो ।कार्यक्रा दिउँसो ३ बजेबाट शुरु हुने प्रतिष्ठानकी अध्यक्ष रीता थापा मगरले उल्लेख गरेकी छन् । बर्सेनि कार्यक्रम गर्दै आएको प्रतिष्ठानले २०८० भदौ १५ मा पनि ‘नारायण रायमाझी सांगीतिक साँझ’ गरेको थियो ।प्रतिष्ठानका पूर्वअध्यक्षसमेत रहेका न्यौपानेका सरर पानी घट्टामा, घामजस्तो चम्किलो जुन हुँदैन, रुन्छ नि मन किन रुँदैन, आज मुग्लिन झरौं, कुर्था सुरुवाल लाउँदा,… पुरा पढौ

नेपाल–क्यानडा संसदीय आदानप्रदानमा जोड

मङ्सिर ६ गते पोखराक्यानडाका लागि नेपालका राजदूत भरतराज पौड्यालले त्यहाँको तल्लो सदनका सभामुख ग्रेग फेरगुससँग ओटावास्थित उनको कार्यकक्षमा शिष्टाचार भेट गरेका छन् ।बुधबार अपराह्न भएको भेटमा नेपाल–क्यानडा सम्बन्धका साथै आपसी हित र साझा चासोका विषयमा छलफल भएको ओटावास्थित नेपाली राजदूतावासले जनाएको छ ।दुई मुलुकबीच आर्थिक साझेदारी विस्तार तथा नेपाल र क्यानडाका संसद्बीच सहकार्यका साथै संसदीय आदानप्रदानमा राजदूत पौड्यालले जोड दिएका थिए । पुरा पढौ

काठमाडौँ विश्वकै १७ औँै प्रदुषित शहरको सूचिमा, भारतको राजधानी नयाँदिल्ली विश्वकै सबैभन्दा धेरै वायु प्रदूषण भएको सहर ।

२०८१ मंसिर ३ ,पोखरानेपालको राजधानी काठमाडौँ विश्वकै प्रदुषित शहरमध्ये १७ औँ स्थानमा परेको छ । आईक्यू एयरका अनुसार सोमबार बिहान काठमाडौँको प्रदुषण एक्यूआई एक सय २७ मापन गरिएको बताइएको छ ।यसैगरी भारतको राजधानी नयाँदिल्ली विश्वकै सबैभन्दा धेरै वायु प्रदूषण भएको सहर बनेको छ । पाकिस्तानको लाहोरलाई समेत उछिन्दै दिल्लीले शीर्ष स्थान कब्जा गरेको जनाईएको हो । आईक्यू एयरका अनुसार सोमबार बिहान दिल्लीको वायुको गुणस्तर नौ सय ३१ एक्यूआई रहेको थियो । यो अवस्थालाई निकै खतरनाक अवस्था मानिन्छ । दोस्रो स्थानमा… पुरा पढौ

कर्णालीमा आठ पदमा ४४ उम्मेदवारको मनोनयन दर्ता

२०८१ मङ्सिर ३ गते पोखरा कर्णाली प्रदेशका विभिन्न स्थानीय तहमा रिक्त आठ पदमा ४४ जना उम्मेदवारले मनोनयन दर्ता गराएका छन् । निर्वाचन आयोग नेपालको कार्यतालिका अनुसार यही मङ्सिर १६ गते रिक्त पदका लागि हुने उपनिर्वाचनमा ४४ जनाले उम्मेदवारी दिएका हुन् ।कर्णालीमा नलगाड नगरपालिकाका उपप्रमुख, महावु गाउँपालिका दैलेखका अध्यक्ष, सर्केगाड गाउँपालिका उपाध्यक्षका साथै विभिन्न स्थानीय तहमा पाँच वडाध्यक्षको निधन भएपछि रिक्त रहेको पदमा उपनिर्वाचन हुन लागेको हो ।नगर उपप्रमुखका लागि छ, गाउँपालिका अध्यक्ष र उपाध्यक्ष पदका लागि सात÷सात पाँच वडाध्यक्ष पदका… पुरा पढौ

ऊर्जा मन्त्रालयले ‘कन्टिन्जेन्सी रकम खर्च गर्नेसम्बन्धी कार्यविधि’कार्यान्वयनमा ल्यायो

मङ्सिर ३ गते काठमाडौँ,सरकारले निर्माण कार्यको अनुमगन, सुपरिवेक्षण, सञ्चालन तथा परामर्श सेवाका लागि आवश्यक पर्ने अस्थायी प्रकृतिको जनशक्ति व्यवस्थापनका लागि ‘कन्टिन्जेन्सी रकम खर्च गर्नेसम्बन्धी कार्यविधि, २०८१’ कार्यान्वयनमा ल्याएको छ ।ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले मन्त्रिस्तरीय निर्णयमार्फत सो कार्यविधि कार्यान्वयनमा ल्याएका हुन । सो कार्यविधि यही मङ्सिर २ गते मन्त्रालयले स्वीकृत गरेको छ । मन्त्रालयका सहसचिव इन्दिरा दाहाल संयोजक रहेको एक कार्यदलले सो कार्यविधि तयार पारेको थियो ।कार्यदलमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका उपसचिव मुना शर्मा, जलस्रोत तथा… पुरा पढौ

पाथीभरा देवीको मन्दिरमा कार्तिकमा मात्र ३७ लाख ४४ हजार रुपैयाँ भेटी संकलन

०८१ मंसिर ३ ताप्लेजुङताप्लेजुङ पाथीभरा मन्दिरमा कात्तिक महिनामा मात्रै ३७ लाख ४४ हजार सात सय ५० रुपैयाँ भेटी संकलन भएको छ । आर्थिक वर्ष सुरु भएयता यो सबैभन्दा बढी रकम हो ।कार्तिकमा ६१ हजार एक सय ७३ तीर्थयात्री मन्दिर पुगेको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङले जानकारी दिए ।पाथीभरा मन्दिरमा तीर्थयात्रीले चढाएको भेटी रकम कर्मचारीले संकलन गर्ने गरेका छन् । त्यही रकम सदरमुकाम फुङलिङ ल्याउने र गणना गरेर बैंकमा जम्मा गर्ने गरिन्छ । गणना सकिएपछि समितिले हरेक महिनाको… पुरा पढौ

पूर्वसभामुख ढुंगानाको निधनमा आज सार्वजनिक बिदा

२०८१ मंसिर ३ पोखरासरकारले पूर्वसभामुख दमननाथ ढुंगानाको निधनमा राष्ट्रिय शोक मनाउने निर्णय गरेको छ ।सोमबार बिहान बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले ढुंगानाको निधनमा राष्ट्रिय शोक मनाउँदै आज सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुंगका अनुसार आज सरकारी कार्यालयमा राष्ट्रिय झन्डा आधा झुकाउने निर्णय पनि गरेको छ ।सरकारले प्रतिनिधिसभाका पूर्व सभामुख दमननाथ ढुंगानाको निधनमा गहिरो शोक र भावपूर्ण श्रद्धाञ्जली तथा परिवारमा समवेदना व्यक्त गरेको छ ।कलेजोसँग सम्बन्धित समस्याका कारण केही समयदेखि उपचाररत पूर्वसभामुख… पुरा पढौ