पाथीभरा देवीको मन्दिरमा कार्तिकमा मात्र ३७ लाख ४४ हजार रुपैयाँ भेटी संकलन

-


     केन्द्रीय आवाज    
     मंसिर ३ गते २०८१ मा प्रकाशित


०८१ मंसिर ३ ताप्लेजुङ
ताप्लेजुङ पाथीभरा मन्दिरमा कात्तिक महिनामा मात्रै ३७ लाख ४४ हजार सात सय ५० रुपैयाँ भेटी संकलन भएको छ । आर्थिक वर्ष सुरु भएयता यो सबैभन्दा बढी रकम हो ।
कार्तिकमा ६१ हजार एक सय ७३ तीर्थयात्री मन्दिर पुगेको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङले जानकारी दिए ।
पाथीभरा मन्दिरमा तीर्थयात्रीले चढाएको भेटी रकम कर्मचारीले संकलन गर्ने गरेका छन् । त्यही रकम सदरमुकाम फुङलिङ ल्याउने र गणना गरेर बैंकमा जम्मा गर्ने गरिन्छ । गणना सकिएपछि समितिले हरेक महिनाको भेटी सार्वजनिक गर्दै आएको छ ।
समितिले सरसफाई अभियानमा सहभागीलाई धन्यवाद दिएको छ । शनिबार काफ्लेपाटीदेखि मन्दिररसम्म बृहत सरसफाई अभियान सञ्चालन गरेको थियो ।

यो पनि हेर्नुस है ।