समाचार

इन्द्रेणी एकीकृत विकास केन्द्रमा भानु ।

मंसिर २ गते पोखरापोखरा महानगरपालिका वडा नं १ स्थित ईन्द्रेणी एकीकृत विकास केन्द्रको अध्यक्षमा भानुभक्त अधिकारी चयन भएका छन् । संस्थाको ५५ औं साधारणसभा एवं २५ औं अधिवेशनले अधिकारीलाई सर्वसम्मत अध्यक्षमा निर्वाचित गरेको हो ।संस्थाको उपाध्यक्षमा निरजविक्रम राणा, महासचिवमा वसन्त बास्तोला, कोषाध्यक्षमा वेदप्रसाद वस्ती र सचिवमा दुर्गाप्रसाद अधिकारी रहेका छन् । कार्यसमिति सदस्यमा दुर्गादत्त भुगाई, मीनबहादुर घले, हरिप्रसाद अधिकारी, निर्देशनकुमार चुल्याजु, शिशिर शर्मा, सरस्वती दाहाल र पार्वती खनाल छन् । त्यसै गरि संयोजकहरुमा रुद्रप्रसाद लुइँटेल, दानबहादुर श्रेष्ठ, केदार पौडेल, कृष्ण… पुरा पढौ

सीमापार अपराध र तेस्रो मुलुकका नागरिकको अवैध प्रवेश रोक्ने प्रस्ताव

मङ्सिर २ गते काठमाडौंनेपाल–भारतको सीमा सुरक्षासम्बन्धी दुई देशका अधिकारीहरूको उच्चस्तरीय बैठक शनिबारदेखि सुरु भएको छ । सोमबारसम्म सञ्चालन हुने बैठकमा सीमापार अपराध नियन्त्रण तथा तेस्रो मुलुकका नागरिकको अवैध प्रवेश निषेध गर्ने विषयमा साझा निष्कर्ष निकालिने सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले जानकारी दिए ।महानिरीक्षक अर्यालले प्रस्तुत गरेको सीमा सुरक्षासम्बन्धी संयुक्त एजेण्डामा छलफल जारी छ । “सीमा क्षेत्रमा हुने अपराध नियन्त्रण, त्यसनिम्ति सूचना आदानप्रदान, राजस्व चुहावट नियन्त्रण, मानव बेचबिखन र तेस्रो मुलुकका नागरिकको अवैध प्रवेश नियन्त्रणलगायत विषय नेपालका तर्फबाट प्रस्ताव प्रस्तुत भएको… पुरा पढौ

आजदेखि निर्वाचन आचारसंहिता लागू, उल्लङ्घन गरे कारबाही हुने

मङ्सिर २ गते पोखराआसन्न स्थानीय तह उपनिर्वाचनका लागि आजदेखि निर्वाचन आचारसंहिता लागू भएको छ । निर्वाचन आयोगले आइतबारदेखि उपनिर्वाचन हुने सम्बन्धित जिल्लाभित्र सार्वजनिक पदधारण गरेका व्यक्ति, निकाय तथा अधिकारीलाई निर्वाचन सम्पन्न नभएसम्म आचारसंहिता लागू गर्ने निर्णय गरेको आयोगका सहसचिव एवं प्रवक्ता नीता पोखरेल अर्यालले जानकारी दिईन ।आयोगका अनुसार नेपाल सरकार र मन्त्री, प्रदेश सरकार र प्रदेशमन्त्री, संवैधानिक निकाय र सोका पदाधिकारी, नेपाल सरकार वा प्रदेश सरकारका निकाय र सोका पदाधिकारी, स्थानीय कार्यपालिका र सोका सदस्य, सङ्घ, प्रदेश र स्थानीय तहका… पुरा पढौ

फोटोग्राफर संघ गण्डकीको फोटोग्राफी प्रतियोगिता सम्पन्न , पोखराका फोटोग्राफर प्रदिप श्रेष्ठको तस्बिर बन्यो यस बर्षको सर्वोकृष्ठ तस्बिर ।

गण्डकी प्रदेशका फोटोग्राफर संघको अविभावक संस्था को रुपमा रहेको फोटोग्राफर संघ गण्डकीले आफ्नो चौथोे साधारण सभा तथा अधिवेशनलाई फोटोग्राफी प्रतियोगिता २०८१ को पुरस्कार बितरण गर्दै सम्पन्न गरेको छ । ११ सय तस्विरलाई उछिन्दै पोखराका युवा फोटोग्राफर प्रदिप श्रेष्ठको तस्बिर सर्वोकृष्ठ तस्बिर बन्यो ।मिराज राष्ट्रिय बैबाहिक फोटोप्रतियोगिता र नेचर एण्ड लैण्डस्केप फोटो प्रतियोगिता गरि २ बिधामा २ सय जना फोटोग्राफरहरुका १ हजार १ सय तस्बिरहरु सहभागि थिए । सर्वोत्कृष्ट फोटोग्राफरलाई रु १५ हजार ५ सय ५५ नगद सहित ट्रफी र प्रमाणपत्र… पुरा पढौ

‘लेक टु लेक साइकल ट्र्याक’ को गुरुयोजनाका लागि छलफल

कार्तिक २९ पोखरापोखरा महानगरपालिकाभित्रका तालहरुलाई जोड्ने गरी निर्माण गर्न लागिएको ‘लेक टु लेक साइकल ट्र्याक’को गुरुयोजनाका लागि छलफल गरिएको छ । विकास साझेदार एसियाली विकास बैङ्कको आर्थिक सहयोगमा निर्माण हुने उक्त ट्र्याकको रुटका विषयमा सरोकारवालासँग छलफल गरिएको हो । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले ८५ किमी लम्बाइको लेक टु लेक जोड्ने साइकल ट्र्याक पोखराका लागि महत्त्वपूर्ण पर्यटकीय पूर्वाधार बन्ने विश्वास व्यक्त गरे । उनले भने, ‘यसले संसार भरीका साइकल प्रेमीलाई पोखरामा आकर्षण गर्नेछ, पर्यटकलाई हिमाल हेर्दै तालको किनारमा गरिने साइक्लिङको… पुरा पढौ

फ्रान्सका राजदूत र पोखरा महानगर प्रमुखबीच भेटवार्ता

कार्तिक २९ पोखरानेपालका लागि फ्रान्सकी राजदूत भर्जिनी कोर्टेभाल र पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यबीच भेटवार्ता भएको छ । पहिलो पटक पोखरा आएकी राजदूत कार्टेभाल र नगरप्रमुख आचार्यबीच दुईपक्षीय हितका विषयमा छलफल भएको हो । अन्नपूर्ण हिमाल आरोहणको ७५औँ वर्षका अवसरमा पोखरामा विशेष कार्यक्रम आयोजना गर्ने सन्दर्भमा छलफल केन्द्रित भएको नगर प्रमुख आचार्यले बताए ।उनका अनुसार भेटमा राजदूत कोर्टेभालले सन् २०२५ मा हिमाल आरोहणको ७५औँ वर्षगाँठमा पोखरामा विशेष कार्यक्रम आयोजना गर्ने फ्रान्सेली सरकारको चाहाना रहेको बताएकी थिइन् ।फ्रान्सेली नागरिक मौरिस हर्जोगले… पुरा पढौ

झाँक्री प्रकाश भुजेलको गाडीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

कार्तिक २९ पोखरा काठमाडौंको शंखरापुर नगरपालिका–९ साँखु–थली सडक खण्डमा झाँक्री प्रकाश भुजेलको गाडीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका बागमती प्रदेश–०२–०१८ प ६८७५ नम्बरको मोटरसाइकलका चालक कागेश्वरी मनोहरा नगरपालिका–२ का नारायण नगरकोटीको उपचारको क्रममा मृत्यु भएको हो ।ठक्कर दिने बा.१९ च २६९५ नम्बरको गाडीका चालक सिन्धुपाल्चोक घर भई जोरपाटी बस्ने झाँक्री भुजेललाई प्रहरीले पक्राउ गरेको छ । दुर्घटनापछि फरार भएका उनलाई प्रहरीले बुधबार साँझ पक्राउ गरेको हो । मोटरसाइकलमा सवार चालककी पत्नी किसानुमाया नगरकोटी घाइते… पुरा पढौ

नारायणगढ–बुटवल सडक निर्माणमा भएको ढिलाइबारे प्रधानमन्त्रीको चासो

कार्तिक २९ पोखराप्रधानमन्त्री केपी शर्मा ओलीले पूर्व–पश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल सडकखण्डको निर्माणमा भएको ढिलाइका विषयमा छिट्टै टुङ्गोमा पुगिने बताएका छन् ।प्रधानमन्त्री निवास, बालुवाटारमा आज उक्त सडक खण्डमा हाल निर्माणको काम रोकिएको विषयमा सम्बन्धित मन्त्री, मन्त्रालयका अधिकारी, रुपन्देही, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), नवलपरासी (बर्दघाट सुस्ता पूर्व) का सांसद, जनप्रतिनिधिलगायतसँगको छलफलमा प्रधानमन्त्री ओलीले आउँदो मङ्सिरभित्र काम सुरु नभएमा बाध्यतावश ठेक्का तोड्नुको विकल्प नहुने बताए ।विश्वसनीयरुपमा काम गर्छ भने जिम्मेवारी लिएको निर्माण कम्पनीलाई काम लगाउन उचित हुने उल्लेख गर्दै प्रधानमन्त्री ओलीले काम गर्ने जिम्मा… पुरा पढौ

आजदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक १० घण्टा बन्द

२०८१ कार्तिक २३ पोखरा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टीआइए)आजदेखि करिब पाँच महिना दैनिक १० घण्टा बन्द भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का अनुसार विमानस्थलको स्तरोन्नतिका लागि आजबाट दैनिक १० घण्टा उडान बन्द गरेर विस्तारको काम गर्न लागिएको हो ।प्राधिकरणअन्तर्गतको हवाई यातायात क्षमता अभिवृद्धि आयोजनाले विमानस्थलको दक्षिण–पश्चिमतर्फ समानान्तर ‘ट्याक्सीवे’, उत्तरतर्फको ‘इन्टरनेशनल एप्रोन’ र विमानस्थलको पूर्वतर्फको ‘ह्याङ्गर एप्रोन’लगायत विस्तार गर्नेछ । यी काम पूरा गर्न रु १५ अर्ब खर्च हुने आयोजनाले जनाएको छ । स्तरोन्नतिका क्रममा राति १०ः०० देखि बिहान ८ः००… पुरा पढौ

साढे पाँच किलो सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तीनजना पक्राउ

२०८१ कार्तिक २१ गते काठमाडौंपाँच किलो सुन सहित तीनजना विदेशी नागरिक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंबाट पक्राउ परेका छन् । हिजो साँझ उनीहरु एयर अरेबियाको उडानबाट काठमाडौं आएका थिए ।उनीहरु एयर अरेबियाको उडान नं. जी ९५३० मा शारजाहबाट काठमाडौं आएका थिए । उनीहरुलाई भन्सार ब्यागेज क्षेत्रमा रिचेक( पुनः जाँच ) गर्ने क्रममा लगेज भित्र राखेको १२ थान स्पिकरमा लुकाइराखेको अवस्थामा सुनसहित पक्राउ परेका हुन् ।पक्राउ पर्नेहरुमा चिनियाँ र म्यानमारका नागरिक हुन् । शारजाहबाट उनीहरुले स्पिकरमा सुन लुकाएर ल्याएको पाइएको छ ।उनीहरुलाई… पुरा पढौ