समाचार

आत्मसमिक्षा गरेर काम गर्नुपर्छ ः मन्त्री गुरुङ

कार्तिक १५,काठमाड.डौंनेकपा एमालेका नेता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले पार्टीभित्र गुटबन्दीका कुराहरु उठ्न थालेको बताएका छन् ।नेकपा एमाले बागमती प्रदेश सम्पर्क कमिटीद्वारा शुभ दिपावली २०८१ को अवसरमा आयोजित देउसी भैलो सांस्कृतिक कार्यक्रममा बोल्दै उनले पार्टीभित्र गुटबन्दीका कुराहरु उठ्दै जाँदा पार्टी कमजोर हुँदै जाने बताएका हुन् । उनले भने, ‘पार्टीभित्र गुटबन्दीका कुराहरु उठ्न थालेका छन् । गुटबन्दीका कुराहरुलाई रोक्नुपर्छ र परास्त गरे मात्र पार्टी बलियो हुन सक्छ । हाम्रो पार्टीभित्र अहिले चाँही गुटबन्दीका कुराहरु जुन उठिरहेका छन् त्यो… पुरा पढौ

पोखरामा सहायक स्टुडियो फोटोग्राफी तालिम सुरु ।

१४ कार्तिक २०८१ पोखरापोखरा महानगर पालिका आर्थिक बिकास ब्याबसाय प्रबर्धन महाशाखाको आयोजना र पोखरा फोटोग्राफर संघको प्राबिधिक सहयोगमा निशुल्क फोटोग्राफर सहायक स्टुडियो फोटोग्राफी तालिम सुरु भएकोछ । पोखरा महानगरपालिका भित्रका सहायक फोटोग्राफरहरु लाई लक्षित गरेर आधारभुत फोटोग्राफी तालिम सुरु भएको हो । तालिमको आज पहिलो दिन को सुरुवात गरिएपनि तालिम कार्तिक २६ गते देखि निरन्तर सुरु गरिने सहजकर्ता तथा पोखरा फोटोग्राफर संघका अध्यक्ष भक्त तामाड.ले बताए । तालिममा २० जना सहायक फोटोग्राफरहरुलाई निशुल्क ३ सय ९० घण्टाको तालिम दिईने पोखरा… पुरा पढौ

साफ च्याम्पियनसिपको उपाधिबाट बाहिरियो नेपाल, उपाधि बंगलादेशले लग्यो

१४ कार्तीक,पोखरासाफ महिला च्याम्पियनसिप को उपाधि बंगलादेशले लगातार दोस्रो पटक जिते पछि घरेलु मैदान मै नेपाल स्तब्ध भयो । उपाधीका लागि बंगलादेशले २–१ गोलले नेपाल लाई पराजित पारेको हो । उपाधि जितेपछि बंगलादेशका खेलाडिहरुले दशरथ रंगशालामा खुशियाली मनाईरहेका छन । Saf Khel Saf Khel Saf Khel पुरा पढौ

सहकारी ठगी, अपचलन र हिनामिनामा संलग्न कसैलाई नछाड्ने ः गृहमन्त्री लेखक

कार्तिक १४,पोखरागृहमन्त्री रमेश लेखकले सहकारी ठगी, अपचलन र हिनामिनामा संलग्न कसैलाई नछाड्ने बताएका छन । तथ्य र प्रमाणका आधारमा सरकारले अनुसन्धान र कारबाही अघि बढाएको बताउदै उनले सरकारले कसैको मुख हेरेर नभई तथ्य र प्रमाण का आधारमा अनुसन्धान तथा कारबाही गर्ने बताए । सहकारी ठगीमा प्रमाण भेटिए कांग्रेस उपसभापति धनराज गुरुङमाथि समेत कारबाही हुने उनले बताएका छन् । नेपाल प्रेस युनियन कास्कीले बुधबार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा गृहमन्त्री लेखकले गुरुङमाथि अनुसन्धान हुने र प्रमाण भेटिए कारबाही हुने बताए ।… पुरा पढौ

सडक विस्तारले दमौलीमा गति लिँदैछ

२०८१ कार्तिक १२ गते तनहुँ,निर्माणाधीन मुग्लिन पोखरा सडक योजना अन्तर्गतको सडक विस्तारले तनहुँ सदरमुकाम दमौलीमा गति लिएको छ । अन्य ठाउँमा कामले गति लिइसक्दा पनि दमौली बजारमा काम हुन सकिरहेको थिएन ।दमौली बजारमा डिजाइन सेन्टरबाट २३र२३ मिटरलाई आधार मानेर सडक विस्तार सुरु भएको मुग्लिन पोखरा सडक योजना ९पूर्वी खण्ड० का इन्जिनियर विष्णुप्रसाद पाण्डेले जानकारी दिए । उनका अनुसार दमौली बजार खण्डमा नाला निर्माण भइरहेको छ । पाण्डेले भने, “केही समय पहिला बिजुलीको नयाँ पोलहरु गाडीएको छ । बिजुलीको पोललाई आधार… पुरा पढौ

जलवायुको असरबारे ध्यानाकर्षण गर्न कालापत्थरमा पत्रकार सम्मेलन

२०८१ कार्तिक १२ गते लुक्ला (सोलुखुम्बु),‘दिगो पर्यटनका लागि हिमाल बचाऔँ’ नाराका साथ पहिलो संस्करणको ‘एभरेष्ट टुरिजम अवार्ड, २०२४’ आयोजना हुने भएको छ । आज सर्वोच्च शिखर सगरमाथाको काखमा रहेको कालापत्थर (५,६५३ मिटर उचाइ)मा आयोजित पत्रकार सम्मेलनमा आयोजक एएमएस म्युजिक एण्ड इन्टरटेन्मेन्ट प्रालिका अध्यक्ष सत्यकला तामाङ लामाले अवार्ड कार्यक्रम आगामी डिसेम्बरमा काठमाडौँमा हुने जानकारी दिए ।मुलुकको पर्यटन क्षेत्रको विकास, प्रचारप्रसार तथा प्रवर्द्धनमा उल्लेख्य योगदान पु¥याउने राष्ट्रिय तथा अन्तर्र्राष्ट्रिय क्षेत्रका विभिन्न व्यक्ति तथा संस्थालाई मूल्याङ्कनका आधारमा सम्मान तथा अवार्ड वितरण गरिने उनले… पुरा पढौ

प्रदेश प्रमुख भट्टले कोरला नाका अवलोकन

पोखरा, १२ कार्तिक गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्टले हिमाल पारीको जिल्ला मुस्ताङको उपल्लो भेग कोरला नाका अवलोकन भ्रमण गर्नुभएको छ । प्रदेश अन्तर्गतका जिल्लाका महत्वपूर्ण धार्मिक तथा पर्यटकीय क्षेत्र अवलोकन भ्रमण गर्ने क्रममा मुस्ताङको कोरला नाकासम्म पुगी अवलोकन गर्नुभएको हो ।प्रदेश प्रमुख भट्टले नेपाल–चीन सीमाना छुट्याउने २४ नम्बर पिलरबाट यताका नेपालका भुुभाग निरीक्षण गर्नुभयो । त्यसअघि जोमसोममा मुस्ताङका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालले प्रदेश प्रमुख भट्टलाई कोरला नाका, त्यहाँ नेपाल तर्फका प्रगति विवरण तथा सडकको स्तरोन्नतिका बारेमा जानकारी गराउनुभएको थियो… पुरा पढौ

पोखरामा पटका पड्किँदा एक किशोर घाइते घाइते, उपचारका लागि काठमाडौँ लगियो

२०८१ कार्तिक १२ पोखरापोखरामा पटका बनाउने क्रममा पड्किएर एक किशोर घाइते भएका छन् । सोमबार दिउँसो करिब ३ः३० बजे सो घटना भएको जिल्ला प्रहरीकार्यालय कास्कीले जनएका ेछ । जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार पोखरा महानगरपालिका वडा नं २१ फुर्सेखोला निवासी १७ वर्षीय अशिम परियारले आल्मुनियमको पातामा २० बट्टा सलाइको काँटी प्रयोग गरी पटाका बनाउने क्रममा अचानक पड्किएको जनाईएका छ । सो घटनामा परियारको शरीरका विभिन्न भागमा चोट लागेर गम्भीर घाइते भएका र उनको गण्डकी मेडिकल कलेजमा उपचारपछि थप उपचारका लागि… पुरा पढौ

इजरायलद्वारा इरानमा क्षेप्यास्त्र आक्रमण

कार्तिक १० गते पोखराइजरायलले इरानका विभिन्न सैन्य आधारमा शनिबार हवाई आक्रमण गरेको बताएको छ । इजरायली सेनाले आफ्नो आक्रमणले इरानको मिसाइल उत्पादन केन्द्रलगायत विभिन्न क्षेत्रमा क्षेप्यास्त्र आक्रमण गरेको जनाएको छ ।त्यसैगरी, इरानले राजधानी तेहरान र देशका अन्य सैन्य आधारमा भागमा इजरायली आक्रमण भएको पुष्टि गरेको छ । इजरायलले अक्टोबर १ मा इरानमाथि गरेको क्षेप्यास्त्र आक्रमणको जवाफ दिने वाचा गरेको थियो, जुन इस्लामिक गणतन्त्रले आफ्नो कट्टर प्रतिद्वन्द्वीमाथि गरेको दोस्रो प्रत्यक्ष आक्रमण हो ।“इजरायली सुरक्षा बल (आईएएफ) को विमानले इरानले इजरायली राज्यमा… पुरा पढौ

अनियमितता गर्नेलाई छुट नहुने, पोखरेल

पोखरा १० कार्तीकएमाले कास्कीले आज एक समारोहका बिच शुभकामना कार्यक्रमको आयोजना सम्पन्न गरेको छ । शुभकामना आदानप्रदान कार्यक्रममा सम्बोधन गर्दे नेपाल कम्युनिष्ट पार्टी (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले देशमा अराजकता फैलाउने र सद्भाव खलबलाउने छुट कसैलाई नभएको बताए । साथै उनले भ्रष्टाचार र आर्थिक अनियमिततामा संलग्न जो कोहीलाई कानुन र विधिसम्मत ढंगले कारवाही हुने बतााए । राष्ट्रको आवश्यकताअनुुसार देशका प्रमुख राजनीतिक दल एक ठाउँमा भएको बताउँदै उनले आफूहरू कानुनका पक्षमा रहेको उल्लेख गरे ।हाम्रा चाडपर्वहरू सामाजिक सद्भावका आधार रहेको उल्लेख… पुरा पढौ