पोखरामा पटका पड्किँदा एक किशोर घाइते घाइते, उपचारका लागि काठमाडौँ लगियो

-


     केन्द्रीय आवाज    
     कार्तिक १२ गते २०८१ मा प्रकाशित


फाईल तस्वीर

२०८१ कार्तिक १२ पोखरा
पोखरामा पटका बनाउने क्रममा पड्किएर एक किशोर घाइते भएका छन् । सोमबार दिउँसो करिब ३ः३० बजे सो घटना भएको जिल्ला प्रहरीकार्यालय कास्कीले जनएका ेछ । जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार पोखरा महानगरपालिका वडा नं २१ फुर्सेखोला निवासी १७ वर्षीय अशिम परियारले आल्मुनियमको पातामा २० बट्टा सलाइको काँटी प्रयोग गरी पटाका बनाउने क्रममा अचानक पड्किएको जनाईएका छ । सो घटनामा परियारको शरीरका विभिन्न भागमा चोट लागेर गम्भीर घाइते भएका र उनको गण्डकी मेडिकल कलेजमा उपचारपछि थप उपचारका लागि काठमाडौँ लगिएको प्रहरीले जनाएको छ ।