
१४ कार्तिक २०८१ पोखरा
पोखरा महानगर पालिका आर्थिक बिकास ब्याबसाय प्रबर्धन महाशाखाको आयोजना र पोखरा फोटोग्राफर संघको प्राबिधिक सहयोगमा निशुल्क फोटोग्राफर सहायक स्टुडियो फोटोग्राफी तालिम सुरु भएकोछ ।


पोखरा महानगरपालिका भित्रका सहायक फोटोग्राफरहरु लाई लक्षित गरेर आधारभुत फोटोग्राफी तालिम सुरु भएको हो । तालिमको आज पहिलो दिन को सुरुवात गरिएपनि तालिम कार्तिक २६ गते देखि निरन्तर सुरु गरिने सहजकर्ता तथा पोखरा फोटोग्राफर संघका अध्यक्ष भक्त तामाड.ले बताए । तालिममा २० जना सहायक फोटोग्राफरहरुलाई निशुल्क ३ सय ९० घण्टाको तालिम दिईने पोखरा महानगरपालिकाका आर्थिक बिकास महाशाखा प्रमुख मनोहर कडरियाले जनाएका छन ।




