फोटोग्राफर संघ गण्डकीको फोटोग्राफी प्रतियोगिता सम्पन्न , पोखराका फोटोग्राफर प्रदिप श्रेष्ठको तस्बिर बन्यो यस बर्षको सर्वोकृष्ठ तस्बिर ।

-


     तुलसी राम सुवेदी    
     मंसिर २ गते २०८१ मा प्रकाशित


गण्डकी प्रदेशका फोटोग्राफर संघको अविभावक संस्था को रुपमा रहेको फोटोग्राफर संघ गण्डकीले आफ्नो चौथोे साधारण सभा तथा अधिवेशनलाई फोटोग्राफी प्रतियोगिता २०८१ को पुरस्कार बितरण गर्दै सम्पन्न गरेको छ । ११ सय तस्विरलाई उछिन्दै पोखराका युवा फोटोग्राफर प्रदिप श्रेष्ठको तस्बिर सर्वोकृष्ठ तस्बिर बन्यो ।
मिराज राष्ट्रिय बैबाहिक फोटोप्रतियोगिता र नेचर एण्ड लैण्डस्केप फोटो प्रतियोगिता गरि २ बिधामा २ सय जना फोटोग्राफरहरुका १ हजार १ सय तस्बिरहरु सहभागि थिए । सर्वोत्कृष्ट फोटोग्राफरलाई रु १५ हजार ५ सय ५५ नगद सहित ट्रफी र प्रमाणपत्र प्रदान गरियो ।
बिबाह सम्बन्धीका पांच अलगअलग बिधा र नेचर एण्ड लैण्डस्केप एक बिधा गरि कुल ६ बिधामा तस्विरहरु प्रतिस्प्रर्धी थिए । तस्बिरहरु अनलाईन माध्यमबाट माग गरिएको थियो ।
नेचर एण्ड लैण्डस्केप बिधा तर्फ पोखराका अर्का युवा फोटोग्राफर सजिनमणि पौडेलको तस्बिर सर्वोत्कृष्ट तस्बिर बन्न सफल भयो । यस बिधा अन्र्तगत अन्य उत्कृष्ट पांचमा पुर्ण बहादुर मौराती, राकेस , एलेक्स नेपाली,, बिस्वास, बव शाई का तस्बिर रहेका थिए ।


त्यस्तै मिराज राष्ट्रिय बैबाहिक फोटोप्रतियोगिता तर्फका अलग अलग पांच बिधा तर्फ प्रोटे«ट बिधा तर्फ नन्दु श्रेष्ठ ,कलरिड. एण्ड रिटचिड. तर्फ अबी घिमिरे,बेक्ट मोमेन्ट क्याप्चर तर्फ सुशील अधिकारी, कपल पोजिड. तर्फ कृष्ण सापकोटा र ट्रिपीकल कल्चर तर्फ प्रदिप श्रेष्ठ का तस्बिर उत्कृष्ट बन्न सफल भएका थिए भने यी बिधाहरुमा अबी घिमिरे,सानुकाजी महर्जन,भुवन श्रेष्ठ,संन्देश थापा नन्दु श्रेष्ठ , सुशील श्रेष्ठ,निरोज भण्डारी, विजय शर्मा,रामजी थापा , फोकस श्रेष्ठ ,आलोक कुमाल,देव पोखरेल,रामचन्द्र पोखरेल, नन्दु श्रेष्ठ,पूरन थापा,बिसाल तामाङ,उदय थुलुङ,अस्मिर थापा,नारायणहरि अधिकारी,अशोक श्रेष्ठ,दिवस लम्सालका तस्बिरहरु अन्य उत्कृष्ट पांच मा पर्न सफल भएका थिए ।
निर्णायक समितिले छनौट गरि सिफारीस गरेका तस्बिरहरुलाई कार्यक्रममा घोषणा सहित पुरस्कृत गरिएकोे हो ।
कार्यक्रमको प्रमुख अतिथि नेपाल फोटोग्राफर महासंघका अध्यक्ष महेन्द्र प्रसाद उपाध्यायले उत्कृष्ट फोटोग्राफरहरुलाई मेडल तथा प्रमाणपत्र ले सम्मान गरेका थिए ।
कार्यक्रमा बिशिष्ट अतिथि बिमला भण्डारी , खडानन्द अधिकारी अतिथि कृष्ण प्रसाद बांस्तोला, दिनेश अर्याल, हरि घिमिरे , प्रेम प्रसाद गौतम, प्रतियोगिता संयोजक भक्त तामाड. निर्णायक राज बुढा, पुरस्कृत फोटोग्राफर प्रदिप श्रेष्ठ लगायतले शुभकामना मन्तब्य राखेका थिए ।
स्वागत सहित संस्थाका गतिबिधि साथै फोटोग्राफी प्रतियोगिताको महत्वका बारेमा संस्थाका अध्यक्ष दुर्गा प्रसाद पौडेल ले प्रष्ट पारेका थिए ।
संस्थाका अध्यक्ष दुर्गा प्रसाद पौडेलको अध्यक्षतामा संचालित कार्यक्रम संस्थाका सचिव तुलसी राम सुवेदीले संचालन गरेका थिए । साथै सनिवार नै फोटोग्राफर संघ गण्डकीका उपाध्यक्ष नारायण बहादुर केसी को अध्यक्षतामा ११ पदेन जिल्ला संयोजक सहित ३१ सदस्यीय नया कार्यसमिति सर्वसम्मत चयन गरियो ।