अम्बिका माध्यामिक विद्यालयमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

-


     तुलसी राम सुवेदी    
     मंसिर ९ गते २०८१ मा प्रकाशित


९ मंसिर , पोखरा
पोखरा २५ मा अवस्थित श्री अम्बिका माध्यामिक विद्यालयमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भयो । आस्था किड्की एण्ड स्पेशलाइज्ड हस्पिटल प्रा लि .र पश्चिमाञ्चल डाइगोनोस्टिक एण्ड रिसर्च सेन्टर प्रा लि . को प्राविधीक सहयोगमा नेपाल स्वयंसेवी रक्तदाता समाज कास्कीले निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको हो ।

रगत र रक्ततत्वको आकस्मिक व्यवस्थापन सँगै संस्थाले “ स्वास्थ नै सबै भन्दा ठूलो धन हो “ भन्ने नाराका साथ नेपाल स्वयंसेवी रक्तदाता समाज कास्की शाखा ले सामाजिक उत्तरदायित्व अन्तर्गत निः शुल्क स्वास्थ शिविर कार्यक्रम आयोजना गरेको नेपाल स्वयंसेवी रक्तदाता समाज कास्कीका अध्यक्ष दिपेन्द्र अधिकारी ले बताए ।


उक्त शिविरमा अभिभावक, कर्मचारी, शिक्षक, शिक्षिका तथा विद्यार्थी गरि जम्मा १६० जनाले रक्त परिक्षण परिक्षण गरेका थिए भने २२५ जानाले विशेषज्ञ सेवा लिनएको जनाईएको छ ।
उक्त कार्यक्रममा डा . रुबल रानाभाट, डा. आयुष तिमिल्सिन, डा. अजुर्न न्यौपाने, रजनि आचार्य, दिपेश आचार्य, करुर्ण पौडेल, सुन्दर श्रेष्ठ , परसुन अधिकारी, सुमन सापकोटा, लेखनाथ रेग्मि, प्रमोध महत्व, अर्जुन कार्की, भेषराज पराजुली, कृष्ण खड्का, मित्रलाल गैहे, कृष्णकान्त सापकोटा, देबेन्द्र धिताल, रमेश थपलिया को प्राबिधिक सहयोग रहेको थियो । साथै शिविरमा विद्यालयलाई आवश्यक प्राथमिक स्वास्थ्य उपचार सेवा सामाग्रीहरु विद्यालय व्यवस्थापन समिति अध्यक्ष दिपक बहादुर थापालाई ले हस्तान्तरण गरीएको थियो ।
संस्थाका अध्यक्ष दिपेन्द्र अधिकारीको अध्यक्षतामा संचालित कार्यक्रमको संयोजन महादेव अधिकारीले गरेका थिए भने संस्थाका सचिव बिशाल अर्याल ले कार्यक्रम संचालन गरेका थिए ।