
मंसिर ६,पोखरा
पोखरामा पुरुषोत्तम न्यौपाने सांगीतिक साँझ हुने भएको छ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले आगामी पुस २६ गते पोखरा सभागृहमा उक्त कार्यक्रम गर्न लागेको हो ।
कार्यक्रा दिउँसो ३ बजेबाट शुरु हुने प्रतिष्ठानकी अध्यक्ष रीता थापा मगरले उल्लेख गरेकी छन् । बर्सेनि कार्यक्रम गर्दै आएको प्रतिष्ठानले २०८० भदौ १५ मा पनि ‘नारायण रायमाझी सांगीतिक साँझ’ गरेको थियो ।
प्रतिष्ठानका पूर्वअध्यक्षसमेत रहेका न्यौपानेका सरर पानी घट्टामा, घामजस्तो चम्किलो जुन हुँदैन, रुन्छ नि मन किन रुँदैन, आज मुग्लिन झरौं, कुर्था सुरुवाल लाउँदा, ऐना हेरेर, मायाले मा¥यो, मिर्मीमुनि काली थुनेको, ढुंगेधारामा, झिलमिल सितारा, मलेवा सरर, देउरालीमा धजालगायत गीत चर्चित छन् ।




